• मिसेज हङकङ नेपालको सहयोग हस्तान्तरण

  • सहयोग रकमको नगदसहित र शृङ्खला खतिवडा र करुणा गुरुङ अघिल्लो लहरको दायाँ र बायाँ । तस्बिर श्रोतः फेसबुक ।

    २९ अक्टुबर । चेपाङ बस्तीमा निर्माणाधिन स्वास्थ्यचौकीका लागि प्रथम मिसेज हङकङ नेपाल समूहले रकम हस्तान्तरण गरेको छ ।

    समूहकी प्रतिनिधि करुणा श्रेष्ठले सात लाख रुपैयाँ मिस नेपाल २०१८ शृङ्खला खतिवडालाई हस्तान्तरण गरेकी हुन् । श्रेष्ठको फेसबुकबाट लाइभ प्रसारण गरिएको हस्तान्तरण कार्यक्रम हिडन ट्रेजरको कार्यालयमा सम्पन्न भएको थियो ।

    भिडियो तथा फोटोमा सहयोग रकमको नगद ट्रेमा देख्न सकिन्छ । उक्त सहयोग संकलनका लागि समूहले अगष्ट १९ मा च्यारिटि डिनरको आयोजना गरेको थियो ।

     

  • कमेन्ट गर्नुहोस्