• मैनबहादुर थापा सम्मानित

  • कार्यकारी प्रमुख क्यारी लामबाट सम्मानपत्र ग्रहण गर्दै मैनबहादुर थापा । 

    चिफ एक्जिक्युटिभ्स कमेन्डेसन फर कम्युनिटि सर्भिसबाट मैनबहादुर थापा सम्मानित भएका छन् । हङकङ स्थापना दिवस जुलाई १ का दिन गरिएको घोषणा बमोजिम उनी सम्मानित भएका हुन् ।

    एक समारोहबीच कार्यकारी प्रमुख क्यारी लामले थापासंगै २ सय ८२ जनालाई विभिन्न सम्मान प्रदान गरेका थिए । यस सम्मानबाट सम्मानित हुने उनी बाह्रौं नेपाली हुन् ।

    याउचिममोङ जिल्ला परिषद् अन्तर्गत जातीय अल्पसंख्यक मामिला समितिका सदस्य समेत रहेका उनी सरकारी स्तरमा गठित विभिन्न सामाजिक सहयोगी समूहमा कार्यरत रहेका छन् ।

    विभिन्न सामाजिक संघसंस्थामार्फत सक्रिय थापा नेपाल आदिवासी जनजाति महासंघ हङकङका निवर्तमान अध्यक्ष हुन् । हाल उनी नेपाली सामाजिक सर्भिस हङकङ र मगर बौद्ध समाजका अध्यक्ष रहेका छन् ।

     

  • कमेन्ट गर्नुहोस्