• मिस्टर हङकङ नेपाल–मनिस लिम्बू

  • चन्द्र, मनिस र रिथ बायाँबाट क्रमशः । तस्बिरः टोपबहादुर याक्खा ।

     

    २६ डिसेम्बर । मनिस लिम्बू मिस्टर हङकङ नेपाल २०१८ घोषित भएका छन् । उनले बेस्ट पोजको उपाधी समेत हात पारेका छन् ।

    तीनजना मात्र प्रतिस्पर्धी रहेको प्रतियोगितामा चन्द्र सुनुवार र रिथ मल्ल क्रमश फस्ट रनरअप र सेकेन्ड रनरअप भएका थिए । विजेताहरुलाई ट्रफी र मेडलका साथ नगद पुरस्कार ८, ६ र ४ हजार हङकङ डलर प्रदान गरिएको छ । बेष्ट पोजको नगद पुरस्कार १ हजार डलर रहेको थियो ।

    हङकङ बडिबिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स फेडेरेसनका वङ यी–वाइ, मा ताक–चुन डेरेक र कि विङ–यिन, बेर्री सदस्य रहेको निर्णायक मण्डलका लागि सामु सहभागीहरुलाई एकल तथा सामुहिक प्रस्तुति पेश गरेका थिए ।

    हङकङ नेपाल बडिबिल्डिङ एशोसियसनको आयोजनामा सम्पन्न प्रतियोगिताको यो चौधौं संस्करण हो । सन् १९९८ मा शुरु भएको प्रतियोगिता यस वर्षलगायत केही वर्ष मिस हङकङ नेपालसंग संयुक्त रुपमा भएका छन् ।

    शुरुवातमा दर्जन भन्दा बढी प्रतियोगीहरु रहने भए पनि वर्षेनी घटिरहेका छन् । यस वर्ष ५ जनाले दर्ता गरे पनि दुईजनाले अभ्यासको क्रममा अस्वस्थ रहेपछि सहभागिता जनाउन असमर्थ रहेको जानकारी गराइएको थियो ।

  • कमेन्ट गर्नुहोस्