• पानीमा रुझेको उधौली साकेला

  • पानीको प्रवाह नगरी साकेला नृत्यका सहभागीहरु । तस्बिरः टेरेन्स यम ।

    २३ डिसेम्बर । किरात राई यायोक्खाको आयोजनामा उधौली कार्यक्रम ताइमोसान कन्ट्रिपार्कमा सम्पन्न भएको छ । उक्त अवसरमा परम्परागत साकेला नृत्य प्रस्तुत गरिएका थिए ।

    वर्षाको कारण प्रतिकूल मौसम भए पनि नृत्यमा सहभागीहरुको कमी थिएन । पानीमा रुझदै र छाता ओढेर सिलि टिप्नेहरु उत्साहित देखिन्थे । ढोल–झयाम्टाको तालमा झुम्नेहरु नवयुवादेखि वयस्क र बुद्धासम्म रहेका थिए ।

    उक्त अवसरमा यायोक्खाका अध्यक्ष हरिचन्द्र राईको अध्यक्षतामा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो । उपाध्यक्ष चन्द्रका (माया) राईको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रमुखअतिथि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष किसन राईले दियो बालेर उद्घाटन गरेका थिए ।

    मन्तव्यको क्रममा प्रमुखअतिथि राईले जातीय संघसंस्थाले आफ्नो समुदायमा रहेका विविधतालाई समेट्न आवश्यक रहेकोमा जोड दिएका थिए । नेपाल सरकारलाई समावेशी सिद्धान्त लागू गर्न दवाव दिने आदिवासी जनजातिहरु स्वयंमा समावेशी हुनु पर्ने उनको जिकिर रहेको थियो ।

    औपचारिक समारोहमा सुनुवार समाजका अध्यक्ष श्याकर्ण सुनुवार, तमू ट्हो ह्युलका अध्यक्ष विजयकुमार राई, तामाङ घेदुङका अध्यक्ष विश्वनाथ घिसिङलगायत विभिन्न संघसंस्था र यायोक्खाका भाषिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथि रहेका थिए ।

    उधौली-साकेला २०१८

  • कमेन्ट गर्नुहोस्