• पावर ईन्जिनियरिङका नेपाली विधार्थी

  • अङ्ग्रेजी अनलाइन एटाइम्स (एशिया टाइम्स)डटकममा ‘पावर ईन्जिनियरिङ अनर्स गर्दै दुई नेपाली महिला’ भन्ने  शिर्षकको समाचार प्रकाशित भएपछि स्थानीय नेपाली निकैजनाले शेयर गरे । समाचार शेयर भएका वालमा बधाईका शब्दहरु पनि पोखिएका छन् । नेपाली समुदायकै समाचार भएकोले केही थपौं भनेर खोजि गरियो । सोधीखोजी गर्ने क्रममा भेटिएकी अजिता राईले कुरा कोट्याउनासाथ न्युजमा ‘मिक्समाक्स’ भएको बताइन् ।

    एटाइम्स डटकमकाे समचार हेरौं

    www.atimes.com/article/nepalese-women-take-hong-kong-power-engineering-honors

    पावर ईन्जिनियरिङ अनर्स गर्दै दुई नेपाली महिला

    एशिया टाईम्स

    सुरक्षा र अजिता सीएलपी पावर एकेडेमीले आयोजना गरेको पावर ईन्जिनियरिङ एन्ड एजुकेशन प्रोग्राम पूरा गर्ने पहिलो ब्याचका प्रथम दुई नेपाली विद्यार्थी बनेका छन् ।

    सुरक्षा पाँच वर्षअघि हङकङ आएकी हुन् । नेपालमा होटेल म्यानेजमेन्ट गरे पनि हङकङमा उनले वेट्रेस भन्दा अरू काम पाईनन् । राम्रो अवसर खोजीरहेकी सुरक्षा बुवाको प्रोत्साहनमा सीएलपी पावर हङकङ लिमिटेड अन्तर्गतको एकेडेमी र भोकेसनल ट्रेनिङ काउन्सिल (भीटीसी) ले सञ्चालन गरेको प्रोफेसनल डिप्लोमा इन पावर ईन्जिनियरिङ कार्यक्रममा भर्ना भईन् ।

    अजिताले दुई वर्षे सर्टिफिकेट फर जुनियर ईलेक्ट्रिसियन कोर्स पूरा गरेकी छिन् ।

    दुवैजना अध्ययनलाई अघि बढाउन चाहन्छन् । पुरूषको वर्चश्व रहेको पावर ईन्जिनियरिङ उद्योगमा आफ्नो स्थान बनाउने उनीहरूको सपना छ ।

    समारोहमा बोल्दै चिफ सेक्रेटरी फर एडमिनिस्ट्रेसन म्याथ्यु च्योङ किन–चुङले सरकारले विभिन्न प्रमुख पूर्वाधार र सार्वजनिक परियोजनाहरूमा लगानी गरेकोले हङकङमा पावर ईन्जनियरिङ प्रतिभाको माग निश्चय पनि वृद्धि हुने बताए ।

    सीएलपी पावरकका अध्यक्ष विलियम मोकाट्टाले शैक्षिक पृष्ठभुमि जुनसुकै भए पनि युवाहरूलाई ईन्जिनियरिङमा क्यारियर बनाउन एकेडेमीले एउटा सिकाइको वातावरण स्थापना गरेको बताए ।

    एकेडेमीले प्रोफेसनल डिप्लोमा इन पावर ईन्जिनियरिङ र सर्टिफिकेट फर जुनियर ईलेक्ट्रिसियन कार्यक्रम सञ्चालन गरेका छन् । यी कार्यक्रमहरूमा सेकेन्डरी तथा सेकेन्डरी थ्री उत्तीर्ण गरेका विद्यार्थीहरूले भर्ना गर्न पाउँछन् ।

    एकेडेमीद्वारा चीमसाचुईमा सोमबार आयोजित ग्राजुएसन समारोहमा उक्त शैक्षिक कार्यक्रम पूरा गर्ने ४० जना विद्यार्थी सहित भर्खर शुरू गरिएको दुई नयाँ कार्यक्रममा ४० जना नयाँ विद्यार्थी पनि उपस्थित थिए ।

    नयाँ कोर्सहरूमा ब्याचलर अफ ईन्जिनियरिङ (अनर्स) इन ईलेक्ट्रिकल ईन्जिनियरिङ र डिप्लोमा इन पावर ईन्जिनियरिङ रहेका छन् ।

    मिक्सम्याक्स के भो ?

    अजिताका अनुसार उ र सुरक्षा (गुरुङ) पावर ईन्जिनियरिङ एन्ड एजुकेशन प्रोग्राम पूरा गर्ने पहिलो ब्याचका प्रथम दुई नेपाली विद्यार्थी हाेइनन् । यसै वर्ष सीएलपी (चाइना लाइट एण्ड पावर)ले शुरु गरेको सीएलपी पावर एकेडेमी अन्तर्गत  प्रोफेसनल डिप्लोमा इन पावर ईन्जिनियरिङको प्रथम व्याचकी एक मात्र नेपाली विधार्थी अजिता राई हुन् । पावर सिस्टम्स स्ट्रिम संकायमा अध्ययन उनको कोर्स आउदो अप्रिलमा मात्र पूरा हुन्छ ।

    सुरक्षा गुरुङ यस वर्षका लागि भर्ना भएकी छन् । यस वर्षका लागि भने उनी एक्लो होइनन्, अरु तीनजना पुरुष पनि भर्ना भएका छन् । उनीहरु चारैजना ब्याच्लर अफ ईन्जिनियरिङ (अनर्स) अन्तर्गत प्लान्ट्स  स्ट्रिम संकायमा अध्ययन गर्ने छन् ।

    अध्ध्यनरत र अध्ध्यनका लागि भर्ना भएकाहरु अर्कै संकायको दीक्षान्त समारोहमा सहभागी बन्दा खिचिएका तस्बिर एटाइम्स डटकममा समाचार बनिएको रहेछ ।

    नेपाल, दमक (झापा)की अजिता सिभिल ईन्जिनियरिङमा  डिप्लोमा गरेर आएकी हुन् । दुई वर्ष अन्यत्र काम गरेकी उनी एक वर्षदेखि सीएलपीको कन्ट्रयाक्टर कम्पनी एक्सेस सर्भिस (एचके) लिमिटेडमा कस्ट कन्ट्रोल अफिसरको रुपमा कार्यरत रहेकी छन् ।

     

  • कमेन्ट गर्नुहोस्