• भद्रकला एकल साँझ : राजेश पायलको ट्रयाक रोकिएपछि ……..

  • बिरामीद्वय नितेस लिम्बू र सविता मिजारको उपचार सहयोगार्थ १३ जनवरीमा आयोजित ‘भद्रकला एकल साँझ–२०१९’ मा राजेश पायल राईले नचाए भने डान्सर सोनिका रोकायाले नृत्य संगै हसाए ।

    युवा पुस्ताका चर्चित संगीतकार तथा गायक बादल लिम्बूले ‘माया तिमी बिना…’, ‘ए माया सुनन…’ लगायत आधा दर्जन आङबुहाङद्राद्वारा रचित गीतहरु गाएका थिए भने नायिका मरिस्का पोख्रेलले नृत्य प्रस्तुत गरेकी थिइन् । त्यस्तै गरी युवा पुस्ताकै अर्की चर्चित गायिका प्रविशा अधिकारीले ‘बाध्यताले टाढा भए…’, ‘एक्लो छु…’, ‘यो मेरो…’ लगायतका गीतहरु पस्किएर मनोरञ्जन दिलाएकी थिइन् ।

    युवा पुस्ता माझ हट युट्यूबर तथा डान्सर सोनिका रोकायाले नृत्यसंगै हाउभाउ ‘आँच सोल्टाहरु… ‘का साथ पेट मिचुन्जेल हसाँएकी थिइन् ।

    कार्यक्रमको अन्तमा देखा परेका ‘राई ईज किङ’ राजेश पायल राईले‘न्याउली रोयो त्यो पारी बनमा….’, ‘माया आफै बस्दोरहेछ…’, ‘मैले मायाले दिएको चिनो…’, ‘माया किन अप्ठेरो…’ लगायतका गीतहरु गाएर दर्शकहरुलाई नचाएका थिए ।

    याउमातेई कम्युनिटी सेन्टरमा आयोजित उक्त कार्यक्रममा गीतकार तथा कार्यक्रम आयोजक भद्रकला आङबुहाङको दोस्रो एल्बम ‘माया’को विमोचन गरिएको थियो ।

     

    राजेश पायलको ट्रयाक रोकिएपछि ……..

    राजेशपायल राईले पहिलो प्रस्तुति दिइरहेका थिए ‘न्याउली रोयो त्यो पारी बनमा….’ । उनले स्थायी गाइसकेर प्राविधिकलाई आवाज बढाउन अनुरोध गरे । स्थायी गाएर अन्तराको पहिलो लाइन गाइसक्न लागेका थिए गीतको ट्रयाक रोकियो । उनले सम्झे प्राविधिक गडबडि भयो र भने, ‘हङकङमा पनि यस्तो हुन्छ र ! ……….. ।’ दर्शकहरु कराउन थाले ‘के भयो …… ।’

    प्राविधिकको छेउमा कपाल खौरिएका एक चिण्डे व्यक्ति मञ्चतर्फ इशारा गर्दै कराइरहेका थिए । उनी थिए भद्रकला आङबुहाङका श्रीमान् ओमप्रकाश राई । राजेशले उनलाई मञ्चमा आउन इशारा गरे । उनी मञ्चमा त उक्ले तर राजेशलाई लिएर पर्दा पछाडि गए ।

    केही क्षणपछि राजेश मञ्चमा आए र आफ्नो अडान नछाड्ने भन्दै त्यही गीत शुरुदेखि गाए । त्यसपछि भने भद्रकला आङबुहाङद्वारा रचना गरिएका गीतहरु गाए । ओमप्रकाश राईले श्रीमतीको रचना बाहेकका गीत गाए भनेर ट्रयाक रोकेका रहेछन् ।

    कार्यक्रमपछि राजेशपायल राईसंग घटनाको बारेमा प्रश्न गर्दा भने, ‘भद्रकला एकल साँझ भनेपछि उनकै गीतलाई प्राथमिकता दिइन्छ नै तर उनकै मात्र गाउनु पर्छ भन्ने हुन्न र कुनै सम्झौता पनि थिएन । सांगीतिक कार्यक्रममा चर्चित गीत पनि पस्कनु पर्ने हुन्छ तर भद्रकलाका त्यस्ता गीतहरु छैनन् ।’

    उनका अनुसार कार्यक्रममा यस्तै गीत गाउनु पर्छ भनेर अहिलेसम्म कुनै सम्झौता गरेका छैनन् र भविष्यमा पनि गर्ने छैनन् ।

    ओमप्रकाश राई र भद्रकला आङबुहाङसंग सम्पर्क हुन सकेन तर कार्यक्रम संचालक इन्द्र लक्समका अनुसार  मौखिक रुपमा सम्झौता भएको थियो रे !

  • कमेन्ट गर्नुहोस्