• बुद्धको नवौ पुण्यतिथिमा श्रद्धाञ्जली

    नेपाल हङकङ बडी बिल्डिङ एशोसिएसनका अध्यक्ष लोक आङबुङ श्रद्धाञ्जली अर्पण गर्दै । तस्बिर: एभरेष्ट ।
  •  

    अगष्ट १६ । हङकङ नेपाल बडी बिल्डङ एशोसिएशनले सल्लाहकार बुद्ध गुरूङको नवौ पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।

    व्यवसायी तथा विभिन्न संघ संस्थामा आवद्ध स्वर्गीय गुरूङको जीवनी मोर्दी खोला सेवा समिति अध्यक्ष रक्ष गुरूङले प्रकाश पारेका थिए । २० डिसेम्बर १९६७ मा पोखरामा जन्मिएका गुरुङको ८ अगस्त २०२० मा काठमाडौमा निधन भएको थियो । उनको श्रीमतीसहित एक छोरा एक छोरी रहेका छन् ।

    चुम्लुङ हिममा आयोजित कार्यक्रममा एशोसिएशनका अध्यक्ष लोकराज आङबुङले गुरूङको निधनले संस्थाले अभिभावक गुमाएको बताए । सल्लाहकार* तिलक सोमै मगरले संचालन गरेको कार्यक्रममा मौन धारण समेत गरिएको थियो ।

    सङ्गीतकार दिनेश सुब्बा श्रद्धाञ्जली मन्तव्यको क्रममा । तस्बिर: एभरेष्ट ।

    कार्यक्रममा हङकङ नेपाली महासंघका रिता गुरूङ, संगीतकार दिनेश सुब्बा, एशोसिएशनका संस्थापक अध्यक्ष तथा सल्लाहकार रोशन लिम्बू, सल्लाहकारहरु मधुकुमार राई, हेमन्तकृष्ण लिम्बू, तथा विजय घोताने, सुशील नेवालगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।

    *सच्चाइएको ।

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad