• सुरक्षित, व्यवस्थित र वैधानिक रुपमा मात्रै व्यवसाय सञ्चालन गरौं

  •  

    सबैलाई स्तब्ध गराउने गरी भएको आगलागीको घटनालाई कसरी लिनुभएको छ ?

    यो अत्यन्त भयानक घटनाले हामी हङकङमा रहेका नेपाली, विदेशी लगायत सम्पूर्ण मानव जातिलाई स्तब्ध तुल्याएको छ । यस्तो अप्रत्यासित घटना अब कहीँ नहोस् भन्ने हामी कामना गर्दछौं । दिवंगत आत्माहरूले चिर शान्ति प्राप्त गरुन्, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना साथै पीडित परिवारमा समवेदना प्रकट गर्न चाहन्छु ।

    अहिलेको घडीमा हामीले सबैको आत्मबल बढाउन, स्वस्थ र सुरक्षित रहन पूर्ण सावधानी अपनाउनु जरुरी छ ।

    यहाँका पुराना घरहरू आगलागीका हिसाबले सुरक्षित छैनन् । त्यहाँ बस्नेहरूले कसरी सुरक्षा अपनाउन सक्लान् ?

    यो कुरा सत्य हो, याउ सिम मोङ एरियामा धेरै पुराना घरहरू छन्, जसमा एउटा साँघुरो सिँढी बाहेक अन्य एक्जिट छैन । यस्तो अवस्थामा रहेका घरहरूमा आगलागीको जोखिम अत्यन्त भयावह रहेको छ । उचित संरक्षण एवं व्यवस्थापन आवश्यक छ ।

    क्लबको रुपमा सञ्चालित खाजाघरमा गएर
    खाजा
    , खाना, पेयपदार्थ सेवन गर्न पनि हङकङको कानूनले दिंदैन ।
    सञ्चालकहरू सबैलाई यसको जानकारी छ,
    तर पनि उहाँहरू परिवर्तन गर्न चाहिरहनुभएको छैन ।

    प्रत्येक अपार्टमेन्टहरूमा फायर एक्स्टिङगेसरको व्यवस्था साथै आगलागीबाट सुरक्षित रहन के–कस्तो ज्ञानको आवश्यकता छ भन्ने कुरा यो एरियामा बसेका सबैलाई काउन्सिलिङ गर्नु आवश्यक छ । जसका लागि यहाँ रहेका संघ–संस्थाहरूले सम्बन्धित निकायसँग समन्वय गरी सबैलाई सुसूचित गर्नु जरुरी छ ।

    नेपाली व्यवसायीहरूले आगलागीबाट बच्न अबका दिनमा के–कस्ता कुरामा ध्यान दिनु आवश्यक छ ?

    यस्तो भयानक मानव विनाशबाट जोगिन सबै व्यवसायीले सर्वप्रथम त व्यवसाय कस्तो ठाउँमा गर्ने, आवश्यक दर्ता प्रक्रिया के–कस्ता हुन्छन्, सबै बुझेर यहाँको नियम, कानूनसँग सम्बन्धित सबै जानकारी लिएर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने हुन्छ । आगलागीबाट बच्ने उपायहरूको अवलम्बन गर्नु नितान्त आवश्यक छ । हाम्रो संस्थाले यसका लागि सधैं आवश्यक सुझाव दिंदै आएको छ र दिंदै जानेछ ।

    क्लबको रुपमा सञ्चालित ‘खाजाघर’हरूलाई व्यवस्थित गर्न चेम्बरले यसअघि के–कस्तो पहल गरेको थियो ?

    क्लबको रुपमा सञ्चालित खाजाघरहरू थुप्रै रहेको हामी पाउथ्यौं । विगत दुई वर्षअघि चेम्बरले यस्ता खाजाघरहरूलाई निरुत्साहित गर्दै आवश्यक मापदण्ड पुगेकालाई रेष्टुरेण्ट खोल्न सुझाव–सल्लाह दिने कार्य गरेको थियो । यस्तो कार्य हङकङ प्रहरीको सहकार्य र समन्वयमा सेमिनारहरू सञ्चालन गर्ने गरिएको थियो । साथै, स्थलगत भ्रमण गरी चेम्बरले सुझावहरू दिएको थियो । जसको फलस्वरुप १०/१२ जति खाजाघरहरू बन्द भएका थिए । त्यस्ता खाजाघरमा गएर खाजा, खाना, पेयपदार्थ सेवन गर्न पनि हङकङको कानूनले दिंदैन । सञ्चालकहरू सबैलाई यसको जानकारी छ तर पनि उहाँहरू परिवर्तन गर्न चाहिरहनुभएको छैन । जतिसम्म चल्छ भन्ने छ, किनकि भाडा पनि सस्तो छ । अनि, बेलुका ग्राहकहरू कामबाट फर्किएपछि भिडभाड र राम्रो आम्दानी हुने गर्छ । सरकारी मापदण्डको झण्झटले पनि होला उहाँहरूले यस्तैलाई राम्रो व्यवसाय ठान्नुभएको छ । तर, यो सही होइन ।

    यो आगलागीको घटनापछि अरु पनि धेरै बन्द भएको सुनेको छु । यदि कसैले सञ्चालन गरे पनि व्यवस्थित, सुरक्षित र वैधानिक रुपमा मात्र सञ्चालन गर्न सुझाव दिन्छु ।

    आवरण रिपोर्ट ‘आगलागीको घाउ’ पढ्न यो लिंक क्लिक गर्नुस् ।

  • कमेन्ट गर्नुहोस्