• बालबालिकासँग रमाइला समारोह र स्वास्थ्य

  •  

    उत्सव प्रायः पार्टीसँग जोडिन्छन्, जुन रमाइलो र खानेकुराले भरिएका हुन्छन् । कतिपय पार्टीका खाना तथा पेय पदार्थहरू चिल्लो, नुन र चिनीले भरिएका हुन्छन् । बारम्बार यस किसिमका पदार्थको सेवनले मोटोपना, मधुमेह, उच्च रक्तचाप इत्यादिको जोखिम बढाउँछ । तपाईंका प्रिय बालबालिका र परिवारको स्वास्थ्यको लागि सन्तुलित आहार र ‘तीन न्यून एक उच्च’ (अर्थात् कम चिल्लो, कम सोडियम (नुन), कम चिनी र उच्च फाइबर) सम्बन्धी सिद्धान्तलाई पालना गर्न नबिर्सनुहोस् ! पार्टीका खाना र पेय पदार्थहरूको योजनाका लागि केही सुझावहरू यसप्रकार छन् ।

    स्वस्थ पार्टीका खाना र पेय पदार्थ

    • खानाको सन्तुलित संयोजन गर्नुहोस् । पार्टी भोजमा मुख्यतः अन्न, धेरै सागसब्जी र मध्यम मात्राको मासु र वैकल्पिक खाना हुनु पर्दछ । केही स्वस्थ विकल्पहरू तल सूचीबद्ध छन् ।
    • फाइबर र भिटामिन बी कम्प्लेक्सको बढावाका लागि खैरो चामल, जौ, गहुँजस्ता अन्न चयन गर्नुहोस् ।
    • बालबालिकामा बढी सागसब्जी खाने इच्छा जागृत गराउन टमाटर, फर्सी, मकै, गुलियो खुर्सानी, रातो गोभी, प्याजजस्ता विविध र रंगीन तरकारीहरू छनोट गर्नुहोस् ।
    • चिल्लोको मात्रा कम गर्न पोर्क चप, बोसोरहित बिफ, छालाविहीन कुखुरा, माछा, झिंगे माछा, अण्डा, सुख्खा गेडागुडीजस्ता छनोट गर्नुहोस् ।
    • टमाटर, च्याउ, कागती, लसुनजस्ता प्राकृतिक मसला र जडिबुटिसहित कम तेलको प्रयोगबाट खाना तयार गर्ने विधि जस्तैः बफाउन, पकाउन, पोल्न, उसिन्न मिल्ने भाडा चयन गर्नुहोस् । खराएर भुटेका र अत्यधिक झोल भएका परिकारबाट टाढा रहनुहोस् ।
    • पानीलाई मुख्य पेयपदार्थको रूपमा लिनुहोस् । कम चिल्लो वा तर हटाइएको दुध, क्याल्सियमयुक्त रस, कम चिनीयुक्त भटमासको दुध, चिनी नलगाइएको कागती पानीजस्ता स्वस्थकर पेय पदार्थ संलग्न गराउनुहोस् । क्याफिन वा गुलियो कागती चिया वा अन्य पेय पदार्थ सेवन नगर्नुहोस् ।
    • डिजर्टको रूपमा ताजा फलफूल राख्नुहोस् । तपाईं बालबच्चालाई अभिभावकसँगै मिश्रित फलफूलकाे परिकार बनाउन लगाउन सक्नुहुनेछ । बढी चिल्लो वा चिनीयुक्त डिजर्ट नराख्नुहोस् ।

     

    खाने सुझाव

    • बालबालिकालाई खानाको उचित मात्रा पस्कन लगाउनुहोस् । अत्यधिक फाइबरयुक्त अन्न र सागसब्जीको मात्रा धेरै तथा मासु र यसका वैकल्पिक परिकार कम पस्कन प्रोत्साहित गर्नुहोस् ।
    • चिल्लो, नुन, चिनीयुक्त पदार्थ टेबलमा सीमित राख्नुहोस् ।
    • बालबच्चालाई खेल्दै वा खानाको मात्रा अत्यधिक भएको थाहा नपाउने गरी अलमलिंदै खान नदिनुहोस् । तपाईंका बालबच्चाले पस्किएको जति खाना सकेनन् भने जबरजस्ती नगर्नुहोस् ।

    यसभन्दा बाहेक, पार्टीमा खानाभन्दा खेल वा अन्य गतिविधिलाई प्राथमिकता दिनुहोस् । रमाइलो वातावरण सिर्जना गर्नतिर लाग्नुहोस् ताकि खानामा मात्र ध्यान नजाओस् । आउँदा पार्टीमा यी कुरालाई ध्यान दिने प्रयास गर्नुहोस् ।

    स्वस्थ्य खानासम्बन्धी अन्य जानकारीको लागि कृपया सुझाउनुहोस्ः

    स्टार्टस्मार्ट प्योरन्ट गाइड

    • https://www.startsmart.gov.hk/en/others.aspx?MenuID=64
    • “StartSmart@school.hk” अभियानसम्बन्धी वेबसाइट https://www.startsmart.gov.hk/en/index.aspx

  • कमेन्ट गर्नुहोस्