सुनुवारको उधौली ष्याँदर
एभरेष्टखबर
January 11, 2019
३० डिसेम्बर । उधौलीको अवसरमा सुनुवार समाजद्वारा पार्क भ्यू कन्ट्रि पार्कमा ष्याँदर भव्यताका साथ मनायो ।
समाजका सल्लाहकार तथा नासो (पूजारी) समेत रहेका नरेश सुनुवारद्वारा मौलिक संस्कार अनुसार पारमो (पित्री तथा भूमि) अध्यक्ष श्यामकर्ण सुनुवारको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघका महासचिव कृष्णराज लावती रहेका थिए भने विशेष अतिथिमा किरात राई यायोक्खाका अध्यक्ष हरिचन्द्र राई, किरात याक्खा छुम्माका सचिव टोपबहादुर याक्खा, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष समशेर तुम्बाहाम्फे लगायत रहेका थिए ।

सभापति र प्रमुख अतिथिद्वारा पानसमा बत्ति बालेर उद्घाटन गरिएको कार्यक्रममा विशेष अतिथिहरुले उधौलीको शुभकामना मन्तव्य राखेका थिए । औपचारिक कार्यक्रमको समापनसंगै ढोल र झ्याम्टाको साथ शुरु भएको सिली (नृत्य)मा सहभागी सबैले भरपुर मनोरञ्जन लिएका थिए ।

कमेन्ट गर्नुहोस्














