• हङकङका नेपाली चलचित्र व्यवसायिक यात्रामा

  • हङकङका नेपाली चलचित्रमा ‘बाउण्डलेस लभ’ थपिएको छ । प्रदर्शनीपछि युट्युबमार्पmत सार्वजनिक गरिएको छ । दुई दशक अघिदेखि स्थानीय रुपमा नेपाली चलचित्र बन्न शुरु भएको हो । यस अवधिमा लगभग एक दर्जन चलचित्र बनिएका छन् । पहिलो चलचित्र ‘पोष्ट नं. ६’ पछि ‘चुकेको चुरा’, ‘कहिँ दिन कहिँ रात’ र ‘द प्लान’को प्रदर्शनी भएका थिए भने अन्य युट्युबमार्पmत सार्वजनिक भएका छन् । ‘पोष्ट नं. ६’ निर्माण समूह ‘झटारो’को दोस्रो प्रस्तुति ‘सम्धीजी’ले पूर्णता पाउन सकेन । यही बीचमा म्युजिक भिडियो पनि निकै बनेका छन् । नेपालबाट बनिएका जातीय भाषाकालगायतका केही चलचित्रका केही दृश्य यहाँ पनि खिचिएका छन् । ती चलचित्रमा पनि स्थानीय कलाकारहरुले अभिनय गरेका छन् भने निर्देशकीय भूमिका पनि देखिएका छन् ।

    यस दुई दशकको अवधिमा जति हुनु पर्ने हो त्यति नभए पनि क्रमशः गुणात्मक विकास भइरहेको छ । अभिनय, निर्देशनलगायत प्राविधिक रुपमा पनि स्थानीय नेपाली नै जनशक्तिको रुपमा उत्पादन हुदै आत्मनिर्भर बन्दै गइरहेको छ । पछिल्लो समय यस विषयमा अध्ययन गर्ने क्रम पनि शुरु भएकोले चलचित्र क्षेत्रमा संभावना देखिदो छ । शुरुवातमा रहरका लागि भए पनि यसले बिस्तारै पेशाको स्वरुप ग्रहण गर्न लागेको छ । कलाकारले अहिले नै पारिश्रमिक नपाए पनि प्राविधिक र निर्देशनतर्पm केही पाउन थालिएको सम्बन्धितहरुले बताउने गरेका छन् ।

    प्रविधिको विकासले गर्दा पराम्परागत मान्यताहरु भत्कने र नयाँ बनिने क्रम चलिरहेको छ । हिजो चलचित्र व्यापारका लागि हलमा सार्वजनिक प्रदर्शन गर्नुको विकल्प थिएन । त्यसपछि आएका भिडियो टेप र लेजर डिस्क पनि पुरानो प्रविधि भइसकेको छ । अहिले युट्युबलगायतबाट चलचित्रको व्यापार हुन थालेको छ । औलाको चालमा चलचित्र हेर्न सकिने अवस्था सिर्जना भएको छ । चलचित्र प्रदर्शनका लागि रिल, टेप र डिस्क बोकेर एक ठाउँबाट अर्को ठाउँ जान पर्ने बाध्यता पनि छैन । यसले पनि चलचित्र क्षेत्रलाई सजिलो भएको छ ।

    समाज विकासको मापन गर्ने विषयको रुपमा चलचित्र पनि रहेको छ । नेपाली हङकङका लागि नयाँ आप्रवासी हो । दुई दशक अघि मात्रै प्रवेश गरेको नेपालीले विविध क्षेत्रमा आशालाग्दो गरी प्रगति गरिरहेको छ । व्यापार–व्यावसाय, गीत–संगीत, खेलकुद, शिक्षा, प्रविधिलगायतमा सफलताका मात्रा थपिदो छ । नयाँ प्रविधिसंग खेल्न पनि पारङ्गत नेपाली नयाँ पुस्ताले चलचित्र क्षेत्रमा केही गर्न सक्ने संभावना रहेको छ । आशा गरौं हङकङमा नेपाली चलचित्रको व्यावसायिक यात्रा शुरु हुने छ ।

  • कमेन्ट गर्नुहोस्