• अक्सफाम ट्रेलवल्क इतिहासमा नयाँ पाना

  •  

     

    हङकङमा हुने ट्रेलवल्कको लागि नेपाली धावकहरु चर्चित रहेका छन् । नेशनल जियोग्राफीको वर्ष साहसिक २०१८ मीरा राईलगायत दर्जनौं नेपालका धावकहरुका लागि हङकङ पानी–पधेरोको रुपमा रहेको छ । उनीहरु विभिन्न प्रतियोगितामा भाग लिन बारम्बार आउने गरेका छन् । यहाँका डाँडा–पाखामा रहेका हरेक ट्रेलवल्कका गोरेटाहरु उनीहरुका लागि परिचित रहेका छन् । नेपालबाट आउने मात्र नभएर स्थानीय नेपाली धावकहरु पनि देखिने गरेका छन् । यमकुमार नुगो, सन्तोष पाख्रिन, दिनानाथ बगालेलगायत पनि स्थानीय ट्रेलवल्कमा उदाइरहेका छन् ।

    वर्षेनी हुने गरेको अक्सफाम च्यारिटि ट्रेलवल्कका लागि नेपाली धावक पर्याय नै बनेका छन् भन्नुमा अतिशयोक्ति नहोला । चारजनाको समूहगत यस प्रतियोगितामा विशेष गरेर नेपाली सेना र प्रहरीका धावकहरुको वर्चस्व रहेको छ । शुरुवातमा सेक्युरिटि कम्पनी जार्डिन पछि जी फोर एसले नेपाली खेलाडीहरुलाई प्रायोजन गर्ने गरेको थियो । पछिल्लो अवस्थामा खेल सामग्री उत्पादक कोलोम्बिया, वोउलगायतका कम्पनीले पनि प्रायोजन गर्ने गरेको छ ।

    हङकङको टे«लवल्कमा रहेको नेपालीको लामो इतिहासमा पुरुष धावकको वर्चस्व रहेको छ । मीरा राई भन्दा अघि केही नेपाली महिला धावक देखिए पनि उनीहरुको निरन्तरता पाइन्न । तर मीरा राई भने आपूmसंगसंगै अरु नेपाली महिला धाविकालाई प्रोत्साहित गरिरहेकी छन् । उनैको प्रयास र संयोजनमा सुनमाया बुढा, हुमी बुढामगरलगायत ट्रेलवल्कमा उदाय र छाइरहेका छन् । उनीहरु एकपछि अर्को प्रतियोगितामा सहभागी बनिरहेका छन् ।

    अक्सफाम ट्रेलवल्कको ३२ वर्षे इतिहासमा यस पटक नयाँ नयाँ पाना थप हुने भएको छ । पहिलो पटक यस प्रतियोगितामा नेपाली महिला धावकहरुले सहभागिता जनाउदैछन् । यसका लागि पनि मीरा राईको प्रमुख भूमिका रहेको छ । उनकै प्रयास र संयोजनमा समूह तयार भएको छ । उक्त समूहबाट भाग लिन हुमी बुढामगर, छेछी शेर्पा, रशिला तामाङ, सुनमाया बुढा र छोकी शेर्पा यहाँ आइपुगेका छन् ।

    त्यसो त अक्सफाम ट्रेलबल्कको इतिहास नै नेपालीबाट शुरु भएको पाइन्छ । तत्कालिन बेलायती गोरखा सैनिकले तालिम लिनका लागि प्रयोग गरिएको गोरेटो नै कालन्तरमा अक्सफाम टे«लवल्कमा परिणत भएको हो । साइकुङस्थित पाक ताम चुङबाट शुरु हुने १०० किलोमिटरको दौड प्रतियोगिता पो लेङ कुक ताइतोङ होलिडे क्याम्प युनलङमा समापन हुने गरेको छ ।

    इतिहासको पाना थप्न तम्तयार नेपाली महिला धावकहरुलाई बधाई ! भाग लिएर एक पाना थप्ने धावकहरु विजयी बनेर अर्को पाना पनि थपुन्, अग्रिम बधाई तथा शुभकामना !

  • कमेन्ट गर्नुहोस्