सभामुख महराद्वारा तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको अवलोकन
![](https://everestkhabar.com/wp-content/uploads/2019/01/rsslogo.png)
![](https://everestkhabar.com/wp-content/uploads/2019/07/Narayani-Rajaure_Dang_RSS_.jpg)
सभामुख कृष्णबहादुर महराले आज तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्ने तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको छ । सो अवसरमा सभामुख महराले देशमा ठूलो परिवर्तन गर्न सङ्क्राम ब्यारेकले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले तत्कालीन जनयुद्धको सम्झना गर्दै भन्नुभयो, “अब यस ऐतिहासिक ब्यारेक स्थलको विकास हुनु जरुरी रहेको छ ।” सभामुखले स्थानीय, प्रदेश र केन्द्र सरकारबाट बजेटको व्यवस्थापन गर्न आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ऐतिहासिक जनयुद्धको सम्झना र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस ब्यारेकलाई युद्ध सङ्ग्रहालय बनाउने तयारी गरेको सभामुखलाई जानकारी गराउनु भएको थियो । त्यस अवसरमा स्थानीय सङ्क्रामवासीले सडक, बिजुली टेलिफोन र खानेपानीको समस्या भोग्नु परेको भन्दै व्यवस्थापन गर्न माग गरेका थिए ।
कमेन्ट गर्नुहोस्
![](https://i0.wp.com/everestkhabar.com/wp-content/uploads/2018/08/Fruitful-Consultancy-1.gif?fit=1140%2C200&ssl=1)