• नेपाल फाइनान्स सातौं वर्षमा

  • १३ मे । नेपाल फाइनान्स लिमिटेडले छैटौं साधरण सभामा १८ प्रतिशत लाभांश वितरण गरेको छ । यो प्रतिशत स्थापनाको सातौं वर्षमा अहिलेसम्मकै उच्च रहेको छ ।
    सभामा जनरल म्यानेजर शशिमदन राईद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा १६ लाख ४९ हजार २ सय १८ हङकङ डलर मुनाफा देखाइएको छ । स्थापनाको चौथो वर्षदेखि वितरण गरिएको मुनाफा पहिलो वर्ष १२ र दोस्रो वर्ष १५ प्रतिशत देखाइएको छ ।
    साधारण सभाद्वारा पारित आर्थिक प्रतिवेदन अनुसार फाइनान्सको शेयर पुँजी १ करोड २ लाख १९ हजार ४ सय डलर र निक्षेप २ करोड ९ लाख ५७ हजार ९ सय ८८ डलर रहेको छ । ३ करोड २२ लाख १६ हजार १ सय ५१ डलर रिन लगानी गरेको छ ।
    समापन कार्यक्रममा प्रमुख अतिथि नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराईले नेपाल फाइनान्सको अनुकरणीय काम भन्दै प्रशंसा गरेका थिए । सोही समारोहमा हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ र बगैंचा लिमिटेडका अध्यक्ष नरेश सुनुवारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    ब्याङ्क्वेट प्यालेस जोर्डनमा सम्पन्न साधरणसभामा शेयर धनीहरुलाई राइट शेयर प्रमाणपत्र प्रदान गरिएको थियो । उपाध्यक्ष हरिचन्द्र राईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सचिव मगेन्द्र राईले सञ्चालन गरेका थिए ।
    उक्त अवसरमा कार्यकारी प्रमुख धिरजकुमार राईले रिन प्रवाह मात्रै गरिरहेको फाइनान्सले अब रेमिटेन्स पनि शुरु गर्ने बताएका थिए । उनले नेपालको रियल स्टेट क्षेत्रमा पनि लगानी गर्ने सोच रहेको जानकारी गराएका थिए ।

    साधरणसभाको खुल्लासत्रमा अतिथि तथा सञ्चालकहरु टोस्ट गर्दै । तस्बीरः टोपबहादुर याक्खा ।

  • कमेन्ट गर्नुहोस्