• बराहको चौबीसौं वार्षिकोत्सव

  • १५ जुलाई । इन्द्र बराह ज्वेलरीले एक समारोहबीच चौबीसौं वार्षिकोत्सव सम्पन्न गरेको छ । हेनरी जी ल्योङ याउमाते कम्युनिटि सेन्टरमा आयोजित कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डासु राम पराजुली प्रमुखअतिथि रहेका थिए ।
    कार्यक्रमको उद्घाटनका लागि सञ्चालक रीना राई र अतिथिहरुले बेलुन फुटाउदै केक काटेका थिए । उक्त अवसरमा प्रमुख अतिथि, गैर–आवासीय नेपाली संघकी अध्यक्ष राधिका गुरुङ, हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष किसन राई, साहारा क्लवका अध्यक्ष दीपक गुरुङलगायतले शुभकामना व्यक्त गरेका थिए ।
    उपस्थित महिला मध्येबाट तीनजनालाई भाग्यशाली उपहार सुनको औठी प्रदान गरिएको कार्यक्रममा बराह ज्वेलरीमार्पmत भइरहेका कार्यक्रम र योजनाका वृत्तचित्र प्रदर्शन गरिएको थियो । ‘नुनदेखि सुनसम्म’ नारासहित धरानबाट शुरु भएको बराह काठमाडौं हुदै पोखरा, चितवन, हङकङ, बेलायत, दुबईसम्म पुगेको वृत्तचित्रमा देखाइएको छ । वृत्तचित्र अनुसार बराह ज्वेलरीमा मात्र सिमित नभएर डिपार्टमेन्टल स्टोर, यातायात, रेष्टुरेण्ट, कृषी, सङ्गीत, मनोरञ्जन व्यावसाय, सहकारीमा संलग्न रहेको छ ।
    बराहले व्यापार–व्यावसाय बाहेक समाजसेवा पनि गरिरहेको दृष्टान्त वृत्तचित्रमा रहेका छन् । देश–विदेश गरी लगभग हजारजनालाई रोजगार दिइएको उल्लेख गरिएको छ ।

    उद्घाटनको क्रममा प्रमुख अतिथि डासु राम पराजुली (दायाँबाट चौथा)लगायत । तस्बिरः एभरेष्ट ।

  • कमेन्ट गर्नुहोस्