• सरकारी सम्मानमा राजनैतिक सम्बन्ध

  • हङकङ सरकारले प्रदान गर्ने सम्मानका लागि यस वर्ष पनि नेपाली समुदायबाट प्रतिनिधित्व हुने भएको छ । हङकङ स्थापनाको वार्षिकोत्सवमा सार्वजनिक गरिने सरकारी सूचनामा मैनबहादुर थापा चिफ एक्जिक्युटिभ्स कमेन्डेसन फर कम्युनिटि सर्भिसबाट सम्मानित हुने सार्वजनिक गरिएको छ । सर्वप्रथम थापालाई हार्दिक बधाई !

    मैनबहादुर थापा उक्त सम्मानबाट सम्मानित हुने बाह्रौ नेपाली हुन् । विडम्बना ! १२ जना मध्ये ८ जना नेपाली डेमोक्रेटिक एलायन्स फर बेटरमेन्ट एण्ड प्रोग्रेस अफ हङकङ (डीएबी)का सदस्य रहेका छन् । बाँकी ४ जनामा पनि गत एकजना द बिजिनेस एण्ड प्रोफेसनल्स एलायन्स फर हङकङसंगको निकट रहेका छन् । कुनै पनि राजनैतिक निकटता बेगर सम्मानित हुने नेपालीमा ३ जना मात्र रहेका छन् । दुवै राजनैतिक दल सरकार समर्थकको रुपमा रहेका छन् ।

    सम्मानित व्यक्तित्वहरुको समुदायका लागि सेवा कम रहेको छैन तर अहिलेसम्मको अवस्थामा सरकारी सम्मानको लागि सामुदायिक सेवा मात्र पर्याप्त हुन्न कि भन्ने स्थिति सिर्जना भएको छ । सामुदायिक सेवासंगै स्थानीय सरकार समर्थक राजनैतिक पार्टीमा आबद्धता अनिवार्यजस्तो देखिएको छ । सम्मानित हुने व्यक्तित्वहरु धेरैजसो सामाजिक संघसंस्थामा क्रियाशील मात्र देखिएका छन् । थोरै मात्रको पेशागत सेवाको मूल्यांकन भएको देखिन्छ । सामाजिक बाहेक पेशागत कामबाट पनि कतिपयले समुदायको सेवा पु¥याइरहेका छन् । नेपाली समुदायका सेवकहरु धेरैजसो स्थानीय राजनैतिक दलमा आबद्ध रहेका छैनन् ।

    नेपालको सन्दर्भमा हेर्ने हो भने सरकारी सम्मान भनेको सरकारमा रहेका राजनैतिक पार्टी कार्यकर्ताका लागि हो भन्ने देखिएको छ । राजतन्त्रकालमा राजाको स्तुति गाउने र पञ्चायतका भरौटेहरुलाई सम्मान गरिने गरिएको थियो । राजनैतिक परिवर्तनपछि सत्तासिन पार्टीका कार्यकर्ताहरुलाई सम्मान गरिने गरिएको छ । सत्तासिन पार्टीले कार्यकर्ता बाहेक सम्मानका लागि अरु कोही नदेख्ने गरेका छन् । आफ्ना कार्यकर्तालाई सम्मान गर्ने नाममा उसको चरित्र र उसले गरेका फटाहीमा आँखा चिम्लिने गरिएको छ ।

    हङकङको सन्दर्भमा पनि नेपालकै पदचाप पछाइन्छ कि भन्ने द्विविधा सिर्जना भएको छ । सम्मानित कतिपयको कामकार्वाही हेर्ने हो भने स्थानीय कानुन विपरित भएका छन् । कानुनले दण्डित गरेकाहरु पनि सम्मानित भएका दृष्टान्त रहेका छन् । कतिपयले समुदायमा विकृति पैmलाउने काम समेत गरेका छन् । कानुन विपरित कार्य गर्ने र विकृति पैmलाउनेहरु सम्मानित भइरहेकोले त्यसको सन्देश राम्रो प्रवाह भइरहेको छैन नेपाली समुदायमा । नराम्रो काम गर्दा पो सम्मानित भइन्छ भन्ने ठट्टा पनि हुने गरेका छन् ।

  • कमेन्ट गर्नुहोस्