• संगीतले हामीलाई जुरायो

  • जुनु रिजाल, गायिका

    हाम्रो भेट गीत रेर्कडिङ गर्ने सिलसिलामा भएको थियो । रामचन्द्र काफ्ले जी र मेरो ६२ सालमा पहिलो भेट रेर्कडिङ स्टुडियोमा भएको थियो । पहिलो चोटी देख्दा आकर्षक व्यक्तित्व रहेछ भन्ने लाग्यो । गीत रेकर्डिङ गरायौं । त्यसपछि आफ्नो आफ्नो घरतिर लाग्यौं । त्यसपछि हाम्रो भेट हुन थाल्यो । कहिले स्टेज कार्यक्रममा कहिले रेकर्डिङमा । भेट भएको छ महिनापछि उहाँले प्रस्ताव गर्नुभयो । उहाँको प्रस्ताव गर्ने शैली पनि एकदम फरक थियो । हामी एउटा गीतको सुटिङ सकेर आईरहेका थियौं । ट्याक्सीमा थियौं उहाँले भन्नुभयो ‘म तिमीलाई फोन गर्छु भन्दा तिमीले गरेकी हुन्छौ, मेसेज गर्छु भनेर सोँचिरहेको बेला तिमीले गरेकी हुन्छौ यो केही संकेत होला । मैले तिमीलाई मिस गरिरहेको बेला तिमीले पनि मलाई मिस गरेको हुन्छौ । मैले तिमीलाई मन पराएँ भने तिम्रो के छ विचार ?’ म चुपचाप लागेँ । त्यसको तीन महिनापछि मात्रै एक्सेप्ट गरेँ । म पनि विराटनगरदेखि आएकी थिएँ । एकदमै मायामा हुर्किएर आएकी थिएँ । यहाँ आएपछि संघर्ष गर्न सक्दिन भन्ने लागिरहेको थिएँ । विराटनगर नै गएर गर्छु भन्ने लाग्न थालेकी थिएँ । तर त्यही बेला उहाँसँग भेट भयो । उहाँको साथ सहयोग पाएँ । यसरी हाम्रो भेट चाँहि संगीतले गराएको हो । संगीतले जुरायो भन्छु ।

    म एकदम परिवारको मायामा हुर्केकी थिएँ । संघर्ष गर्नको लागि अलि गाह्रो थियो । विराटनगरबाट आएको त्यस्तै पाँच छ महिनापछि भेट भएको थियो । म साँगीतिक फिल्डमा संघर्ष गर्न आएकी थिएँ । तर रामचन्द्र जी स्थापित भईसक्नुभएको थियो । उहाँसँग प्रेममा परेपछि उहाँले केयर गर्नुभयो । त्यसले मलाई संघर्ष गर्न प्रेरित ग¥यो । अफेयर भएको तीन चार महिनामा विवाह गर्ने कुरा पनि घरमा भएको थियो । मैले पनि घरमा कुरा गरेँ । मलाई घरमा पनि अफेयरमा पर्दै नपर परेपनि दुई तीन महिनामा विवाह गरिहाल भनिरहनुहुन्थ्यो । त्यही भएर मैले घरमा मेरो अफेयर परेको ममीलाई सुनाएकी थिएँ । त्यसपछि मलाई विवाह गर्ने दबाव आयो । विवाह गर्ने पक्षमा नै हुनुहुन्थ्यो । तर रामचन्द्रजी अचानक अब पाँच वर्ष विवाह नगर्ने भन्न थाल्नुभयो । त्यसले मलाई एकदम अप्ठ्यारो बनायो । अब घरमा पनि सुनाईसकेको थिएँ । घरबाट छिट्टै विवाह गर्ने कुरा आउन थाल्यो । उहाँ त्यसबेला आफ्नो करियरको एकदम ‘पिक पोईन्ट’मा हुनुहुन्थ्यो । ‘राईजिङ स्टार’ हुनुहुन्थ्यो । साथीभाईहरूले पनि अब केही वर्ष विवाह नगर । गर्लफ्रेन्ड छँदैछिन भन्ने सल्लाह दिईरहेका थिए । मलाई पनि त्यस्तै सल्लाह त आउँथ्यो तर म चाँहि घरपरिवारको कारण पनि छिट्टै विवाह गर्ने मुडमा थिएँ । रामचन्द्र जी केहि पछि मात्र विवाह गर्ने भनिरहनुभएको थियो तर म, मेरो परिवार र उहाँको परिवारको पनि दबावले गर्दा हामीले एकवर्षमा नै विवाह गरेका थियौं । विवाह पनि एकदमै साधारण तरिकाले गरेका थियौं । विवाह गरेपछि पनि हाम्रो करियरमा केही अप्ठ्यारो आएन । एक अर्काको साथ र सहयोगले निरन्तरता दिईरहेका छौं । सजिलो भईरहेको छ । जीवन रमाईलो तरिकाले चलिरहेको छ ।

    सामान्य खटपट त भईहाल्छ । तर प्रेममय नै चलिरहेको छ । उहाँलाई झनक्क रिसाईहाल्ने बानी मनपर्दैन । अलि कम रिसाउँ भनिरहनुभएको हुन्छ । फेरि उहाँ चाहि मोबाईल हातमा भएपछि अरु केही देख्नुहुन्न । यीनै साधारण कुरा एक अर्काको चित्त नबुझ्ने हो । उहाँले मेरो हरेक कुरामा सर्पोट गर्नुहुन्छ । गीतसंगीतमा त छँदै छ । मैले एउटा फिल्ममा पनि काम गरेको छु । जुन कुरा रामचन्द्रजीले साथ नदिनु भएको भए सम्भव पनि थिएन । अहिले एक जना छोरी छिन् । खुशी छौं ।

    तस्बिर: फेसबुक

  • कमेन्ट गर्नुहोस्