• फ्युजन रेष्टुरेण्ट ‘मिग’ ब्राण्डमा

  • अगष्ट १२ । जोर्डनस्थि फ्युजन रेष्टुरेण्ट एण्ड बारलाई मगर इन्भेष्टमेन्ट ग्रुप (मिग)ले सञ्चालन शुरु गरेको छ । नयाँ व्यवस्थापनसंगै रेष्टुरेण्टको नाममा ‘मिग’ ब्राण्ड थप गरिएको छ ।

    आज विभिन्न संघसंस्थाका नेताहरुले सामुहिक रुपमा रिबन काटेर रेष्टुरेण्टको उद्घाटन गरेका छन् । तीन वर्षअघि एवान सुपरमार्केट संचालक भक्त गुरुङलगायतको समूहले शुरु गरेको उक्त रेष्टुरेण्टमा एक वर्षअघि सांग्रिला रेष्टुरेण्ट संचालकको रुपमा भित्रिएको थियो ।


    पहिलेदेखि सञ्चालनमा रहेको अल्फा ट्राभल ‘मिग’को संलग्नतापछि बजार व्यवस्थापन फरक ढंगले अघि बढेको छ । ‘मिग’ले मनि एक्सचेन्ज र रेमिटेन्सका लागि पनि पुरानै कम्पनी वल्र्डलिंक एक्सप्रेसलाई लिएको छ ।

    सामुहिक लगानी संकलनबाट शुरुवात भएको ‘मिग’ले निजी फ्लाट खरिदसंगै व्यावसाय शुरु गरेको हो । संचालकहरुका अनुसार समूहमा अहिले ६ सयजना सदस्यको रुपमा रहेका छन् ।

    मिग फ्युजन रेष्टुरेण्टले कण्टिनेन्टल परिकार पस्कने छ । जेनेरल म्यानेजर भीम थापाका अनुसार नेपाली, भारतीय, थाईलगायतका परिकार उपलब्ध हुने छ । नयाँ सञ्चालनमा इन्टेरर डेकोरेसन पनि परिवर्तन गरिएको रेष्टुरेण्टको सिट क्षमता ७० रहेको बताइएको छ ।

  • कमेन्ट गर्नुहोस्