• बिहे गरेर ‘गज्जब’ गरेछु लाग्छ

  • पशुपतिजीसँगको भेट एउटा क्याफेमा भएको थियो । खासमा म मेरो साथीलाई भेट्न गएकी थिएँ । भेट्न गएको साथीको साथी हुनुहुँदो रहेछ पशुपति जी । उहाँसँग आउनुभएको रहेछ । त्यही हो हाम्रो पहिलो भेट । म्युचुअल साथी मार्फत भेट भो । त्यस बेला सामान्य चिनजान भयो । परिचय भयो । त्यही भेटले मेरो जीवन नै परिवर्तन भयो । म यसलाई मेरो जीवनको ‘टर्निङ पोईन्ट’ मान्छु । त्यसबेला अहिले जस्तो मोबाईल थिएन झनै फेसबुक, ट्वीटरको त कुरै थिएन ।

    ल्यान्डलाईन फोन थियो । कहिले काँही कुरा हुन्थ्यो । उहाँ काठमाडौं बाहिर जागिरमा नै हुनुहुन्थ्यो । कहिलेकाँही फोनमा हुने हाम्रो कुराकानी कहिले बाक्लियो पत्तै भएन । फोनमा कुराकानी भएको केही समय पछि नै हामी साथी मात्रै होईनौ है भन्ने अनुभूति भएको थियो । फोनमा कुराकानी अलि लामो हुँदै गयो । पछि पछि त घन्टौ कुराकानी हुन थाल्यो । प्राय म दिनभर संगठनको काममा व्यस्त हुन्थे । अबेलासम्म घर बाहिर हुन्थे । छिट्टै कोठामा आएपनि संगठन अथवा अन्य कामले फोन आउन सक्ने भएकोले फोनमा लामो कुरा गर्न मिल्दैन थ्यो । त्यसैले हामी राती दश बजेपछि मात्र फोनमा कुराकानी हुन्थ्यो । घन्टौ फोनमा कुरा गथ्र्यौ । एक घन्टा भएपछि फोन आफै काटिन्थ्यो । फेरि गथ्र्यौ । त्यसबेला फोन गर्ने शुल्क पनि एकदमै महँगो हुन्थ्यो । पछि विस्तारै मोबाईल आयो । अलि सजिलो बनायो । तर मोबाईल आए पनि म जिल्ला तिर हिँड्थे । कतै मोबाईल टिप्दैन थ्यो । रोमिङ चार्ज लाग्थ्यो । एकदम महँगो थियो । टेलिकमलाई पैसा खुबै तिरियो ।

    फोन गर्नको लागि विषय पनि चाहिँदैनथ्यो । समय पनि । जत्तिबेला पनि गरिन्थ्यो । उहाँको कामको सिलसिलामा विभिन्न जिल्लाहरू सरुवा भईरहन्थ्यो । भेट्न सम्भव थिएन । हामीले फोनमा नै कुरा गथ्र्यौ । भेट्नको लागि समय पनि मिल्दैन थियो । त्यसबेला म अखिलको अध्यक्ष थिएँ । जिम्मेवारी बढी थियो । त्यसरी कतै घुम्न जाँदा अप्ठ्यारो होला भन्ने र म फेरि समुहमा हुन्थे । त्यो भन्दा उचित फोनमा नै कुरा गर्न लाग्थ्यो । घुम्नको लागि राती दश बजे पछि जाने कुरा आउँदैन थ्यो । फोनमा भए राती दश बजे पछि कुरा गर्न सकिन्थ्यो । हामी यसरी करिब पाँच वर्षसम्म प्रेम सम्बन्धमा रह्यौं । हामीले एक अर्कालाई प्रेम प्रस्ताव राख्ने पनि भएन । प्रस्तावको जरुरी नै भएन । एक अर्कालाई माया गथ्र्यौं । पाँच वर्ष पछि भने हामी अब विवाह गर्नुपर्छ भन्ने भयो । विवाह ग¥यौं । अहिले बाबु छ । फेब्रुअरी १२ मा हामीले विवाह गरेको आठ वर्ष लागेको छ । हामीले १४ फेब्रुअरीमा विवाह गर्ने योजना बनाएका थियौं तर विभिन्न प्राविधिक कारणले सफल भएन । दुई दिन अघि विवाह ग¥यौं । खुशी छौं । परिवारमा पनि मलाई सबैले माया गर्नुहुन्छ । म मगर उहाँ पुरी भएपनि हाम्रो विवाह गर्ने बेला केही समस्या आएन । विवाह अघि पशुपतिबाबु पुरी र विवाह पछिको पशुपतिबाबु पुरीमा केही अन्तर पाएकी छैन ।

    त्यत्ति नै सहयोगी हुनुहुन्छ । सल्लाह दिनुहुन्छ । परिवारले पनि सहयोग साथ दिईरहनु भएको छ । रामकुमारी विवाह पछि हराई भन्ने पनि भयो । तर संयोगबस विवाह पछि पार्टी भित्रको आन्तरिक कारणले म राजनीतिमा जिम्मेवारी पाउने विषयमा परिन । त्यसले म निस्कृय जस्तै भएँ । तर निस्कृय थिईन । जीम्मेवारी नपाएर मात्र त्यस्तो देखिएको हो । नत्र म सँधै नै सकृय नै छु । बाबु जन्मेपछि केही महिना भने आमा भएर बसेँ । तर केही समयपछि आफ्नो कार्यक्षेत्रमा फर्कि हालेकी थिएँ । त्यही कारणले नै आज मलाई पार्टीले प्रतिनिधी सभा सदस्यमा चुनेको छ । र विवाह पछि पनि मलाई पशुपति जीको साथ र सहयोग हुँदै आएको छ । खुशी छु । हामी बीचको समझदारी बलियो छ । एक अर्कालाई राम्ररी बुझेका छौं । विवाह गरेर ‘गज्जब’ गरेछु भन्ने लाग्छ ।

  • कमेन्ट गर्नुहोस्