• नेपाल वायुसेवा निगम : सुविधासंगै गर्नु पर्ने सुधार

  •  

     

    नेपाल वायुसेवा निगमले भर्खरै भित्राएका नयाँ वाइड बडि विमानबाट हङकङ–काठमाडौं सेक्टरको उडान शुरु गरेको छ । निगमको इतिहासमै सबै भन्दा ठूलो विमान ल्याइएकोले यात्रुलाई सुविधा थप हुने विश्वास गरिएको छ ।

    यस अघि सेवारत विमानको आकार सानो भएकोले चार घण्टा भन्दा बढी उडान समय रहेको यो सेक्टरको यात्रा आरामदायी नरहेको यात्रुहरुको गुनासो रहने गरेको थियो । त्योसंगै पिक सिजनमा आवश्यकीय सिट प्राप्त नहुने समस्या रहेको थियो । अकुपेन्सी बढेसंगै यात्रुको साथमा लगेज नपुग्ने घटना सामान्य बनेको थियो । डिले र क्यान्सल त नेपाल वायुसेवाको लागि पर्याय शब्द नै बनेका थिए । स्तरीय सेवाको अभावमा गैर–नेपालीको त कुरा छोडौ नेपालीलाई पनि यसप्रतिको सोच सकरात्मक बन्न सकेको थिएन ।

    नयाँ विमानका पुरानाको दाँजोमा सिट संख्या झण्डै दोब्बर रहेको छ । बिजिनेस क्लासमा दोब्बर भन्दा बढी रहेको छ । यसले गर्दा सिट अभावको कारणले यात्रुले दुःख पाउनु पर्ने स्थिति नरहला भन्ने अपेक्षा गर्न सकिन्छ । लगेज यात्रुले आपैmसंग पाउने कुरामा पनि विश्वास गर्न सकिन्छ । विमानको संख्या पनि बृद्धि भएकोले डिले र क्यान्सल भन्ने सुन्न नपर्ला भन्ने अनुमान गर्न सकिन्छ ।

    सुविधा थपसंगै अब हङकङमा नेपाल वायुसेवा निगमले व्यवस्थापनमा केही सुधार गर्न आवश्यक छ । सबै भन्दा पहिले त एयरपोर्टको चेक इनमा व्यापक सुधार आवश्यक छ । यो रोग धेरै पुरानो हो । बेलाबेलामा यसको उपचारको प्रयास नभएको होइन । शुरुवातमा हुने गाईजात्रा लाइनको व्यवस्थासंगै सुधार भएको छ । पालो भन्ने नै नरहेको अवस्थामा लाइनको व्यवस्था गरेसंगै केही सुधार भएको छ । सबै भन्दा टाउको दुखाइको विषय भनेको प्रत्येक काउण्टरमा तथाकथित व्यापारीहरुले अड्डा जमाउनु रहेको छ । उनीहरु हात–हातमा पासपोर्टका बिटा बोकेर बसेका हुन्छन् । कुनै पनि यात्रुले सहज ढंगले चेक इन गर्न सक्ने स्थिति रहेको छैन ।

    यो भन्दा अघिको टिमले यसमा केही कडाई गरेको थियो । कडाई गर्ने क्रममा ज्यानको धम्की समेत आउने गरेको र सामान्य झडपसमेत भएको उक्त टिमले बताउने गरेको थियो । तथाकथित व्यापारीका समूहले निगमको नयाँ टिम आउदा र पुराना जाँदा स्वागत र विदाई गर्ने गरेको देखिन्छ । यसले पनि ती दुई समूहको स्वार्थ रहेको उजागार हुन्छ ।

    यसले निगमको साखमा असर पर्छ । नेपाली समुदायले यसलाई खासैे समस्याको रुपमा नलिए पनि अन्य समुदायको लागि यो ठूलो समस्या हो । त्यसको साथै निगमलाई प्रत्यक्ष रुपले आर्थिक घाटा पनि हुन्छ किन कि ती व्यापारीले यात्रुको वेट तलमाथि गरिरहेका हुन्छन् । आशा गरौं, सुविधासंगै व्यवस्थापमा पनि सुधार हुने छ ।

  • कमेन्ट गर्नुहोस्