• चलचित्र ‘घरजम’ हेरेपछि

  •  

    पान्थरको याङवरक र हिलिहाङ गाउँपालिकाका नागी, थर्पु, गोपटोरलगायतका ठाउँमा सुटिङ गरिएको लिम्बुवानको सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक रहन–सहनमा आधारित आफ्नै कथामा कवि, लेखक उपेन्द्र सुब्बाको पद्मश्री अवार्ड विजेता ‘लाटो पाहाड’ पुस्तकका ‘थोते साईलो’ र ‘मानसिंहको चैतदेशै’,  दुईवटा कथालाई समेटरे निर्माण भएको चलचित्र ‘घरजम’ मनोरञ्जनात्मक र यथार्थपरक रहेको छ ।

    चलचित्रका नायिका बेली (सुस्मा खेवा लिम्बू) र उनको बहिनी बबिता सह–नायिका (इसिका लिम्बू)को रमाइलो संवादबाट घरजम शुरु हुन्छ । घरजमले विवाह गर्नु भन्ने बुझाउँछ । नायक रुपमान (कुशल थलङ)लाई दिदी लिला (सिर्जना पन्धाक)ले बिहे गर्न कर गरिरहेकी हुन्छिन् । उनीहरु टुहुरा हुन्छन् । रुपमान माक्सतीको विवाहमा लोकन्दे भएर बेलीको गाउँमा पुग्छन् । बेली विशेष लोकन्दी हुन्छिन् । लगन टिका लगाउँदा लोकन्दी र लोकन्देको पनि चाँडो बिहे खान पाइयोस् भनेर आशीर्वाद दिंदा रुपमानलाई हेर्दै बेली खुसी हुन्छिन् । उनीहरुको चिनजान कहिले भएको थियो भन्ने नदेखाए पनि धेरै पहिले भएको बुझिन्छ ।

    गाउँका युवा नेता गोविन्द/थोते साइलो (बुद्धी तामाङ) घरजम गर्न राजधानीदेखि गाउँ आएका हुन्छन् । उनले भनसुन गरेर बेलीलाई स्कुलमा जागिर लगाइदिएका हुन्छन् । जागिर मिलेपछि धन्यवाद दिन आएकै मौकामा गोविन्दले बिहेको प्रसगं कोट्याउँदै आपूmले प्रस्ताव गरे के भन्नुहुन्छ भनेर प्रश्न सोध्छन् । बेलीले लिम्बूको रीत अनुसार घरमा माग्न आउनु भन्दै बाबु–आमाले दिए ‘एस’ र नदिए ‘नो’ भनेर गोविन्दलाई हिम्मत, आशा, निराशा, सुख र दुःखको भाव झल्काउने एकै वाक्यमा उत्तर दिन्छिन् । (उक्त कुरा चलचित्रको ‘टिजर’मा समेत देखाइएको छ ।)

    बेलीको बाबा सुबेदार (निर्माता किशोर पन्धाक) आमा (निर्मातृ सीता तुम्बापो) र बहिनी बबी हुन्छन् । आमाले छोरीको बिहे गरिदिने कुरा गर्दै ‘अब पढेर सिङ उम्रिदैंन, राखेर ब्याज बढ्दैन’ भन्छिन् । सुबेदार भने लाहुरेलाई मात्र छोरी दिने मानसिकतामा हुन्छन् । घरायसी सल्लाहलाई चलचित्रमा सरल तरिकाले प्रस्तुत गरिएको छ । गोविन्दलाई साथीहरुले ‘नेताज्यू’ भनेर सम्बोधन गर्छन् । साथी महिन्द्रे (रवि शेर्मा) र अर्का साथी लिएर लिम्बूको रीत अनुसार गोविन्द केटी माग्न जान्छन् ।

    बीए पढेको छोरीलाई लाहुरेसँग मात्र बिहे गरिदिने अडानमा सुबेदार हुन्छन् । उमेरको विषयमा गोविन्द र बबीको वादविवाद हुँदा केटाको थोते दाँत देखरे सुबदोरले लाठी–मुगं्री गरेर खेदाएको दृश्य, गोविन्दको दाँत हराएको, प्रेम कहानी, मन्त्री हुने सपना बोकेको दृश्य रमाइलो छ । नहाँसी बस्नै सकिंदैन । लिम्बू समुदायमा सुबदोरले लाठी र मुगं्री गरेर खेदाएको दृश्यमा कहिलेकाहिं बन्दुक समेत प्रयोग भएको पाइन्थ्यो । तर, सुबेदारले अरु नै समयमा बन्दुक सफा गर्दै गरेको दृश्य देखाइन्छ ।

    बेली सरल स्वभावकी हुन्छिन् । उनकोजस्तो सरल चरित्र समाजमा अझै पनि पाइन्छ जसले गर्दा कहिलेकाहिं केटी माग्न जाने दुःख मात्र हुन्छ र निराश भएर फर्कनुपर्ने हुन्छ । धेरै अर्थ लाग्ने शब्दले कहिलेकाहिं केटी आफैं परिबन्दमा पर्ने गरेको पनि समाजमा पाइन्छ । बेली पनि झण्डै फसादमा पर्छिन् । गोविन्दलाई भने ठूलै धोका हुन्छ । समाजमा घटिरहने कथालाई राम्रैसँग समेटेको छ, यो दृश्यले ।

    घरजममा समाजको वैचारिक पक्षलाई मानसिं (यासेली योङहाङ)सँग जोडिएको छ भन्दा फरक पर्दैन । गाउँको जान्ने बुझ्ने आईए पढेको एकमात्र उनको चुरिफुरीको दृश्य झनै रमाइलो छ । कुनै पनि समय नहासी बस्नै सकिंदनै । दुई श्रीमती सहित धेरै छोराछोरी भएको मानसिंले परिवार नियोजन गरेका (उनकै शब्दमा खसी भएको मान्छे)लाई देवता बिथोलिन्छ भन्दै घरभित्र पस्नै दिंदैनन् । “गरिबको धन भनेकै जन हो । सबैको छोराछोरी डाक्टर इन्जिनियर बनाउनुपर्छ भन्ने छैन । छोरा होस् कि छोरी, जन्माउने हो । सके डाक्टर इन्जिनियर बन्छ नसके माओवाद लेलिनवाद पढ्छ क्रान्ति गरेर खान्छ ।” भनेर सुबेदार र गगुनेलाई घरभित्र पस्न नदिई बाहिरबाट फर्काएको दृश्य रमाइलो छ ।

    दुई परिवार भए पनि चाडको अवसरमा मानसिंले भात खानै नपाएको रमाइलो दृश्य छ । दुई भाग मासु किनेर बेंसीको कान्छीकोमा पुर्याएर अर्को भाग बोकरे लेकतिर जेठीकोमा पुग्छ । जेठीले आज यतै बस्ने आग्रह गर्दा साउने सङ्क्रान्तिमा बसौंला नि भन्दै थपनी जाड नखाई कान्छीकोमा पुग्दा खाना खाइसकिएको हुन्छ । तुरुन्तै जेठीकोमा जाँदा बाटोमा सुबेदारसँग भेट हुँदाको संवाद थप रमाइलो छ ।

    जेठीकोमा खाना खाइसकेकोले भन्ज्याङमा पनि साउनीले दुई गिलास मात्र रक्सी दिंदा मुर्मी माइली (बाबा मेन्याङबो)ले मायाले दिन्छ भन्दै गएको दृश्य गाउँघरको कथासँग मिल्दो छ । मुङ्ग्रो लिएर खेदाउँदा खोल्सीमा पुगेर लडेको मानसिंलाई मुर्मी माइलीले मायाले खसी नै हुने गरी हिर्काएको दृश्य त्यत्तिकै रोचक छ ।

    चलचित्रमा एकतर्फी र दोहोरो माया दुवैलाई राम्ररी उतारिएको छ । सुबेदारको दुई छोरीले रुपमानलाई मन पराएको हुन्छ । बहिनी बबिता गायक रुपमानको फ्यान हुन्छिन् । उनले मन पराएको कुरा दिदी र रुपमानलाई धेरै पटक भन्ने कोशिस गरेको दृष्य निकै रोचक छ । गोविन्दले बेलीलाई मन पराएको र काठमाडौं फर्किदां बसमा माया (बबिता फोम्बो)संगको छोटो समयको भेटमा भएको मायाप्रमेको प्रसंग पनि त्यति नै रोचक छ । अर्कोतिर रुपमानको अविभावकको रोल खेलको दिदी लीला र बरबोटे साईला (हेमराज अन्छङबो)को माया पनि उत्तिकै रोचक छ ।

    बेलीसँगको प्रेमको कारण रुपमानको गाउँमा ठूलो कन्सर्ट गर्ने लक्ष्य पूरा नभएको दृश्य दर्शकहरुको लागि के होला अब, के हुने हो भन्ने कौतहुलता जगाउँछ । सुबेदारले बेलीको बिहे सिंगापुरे लाहुरेसँग गरिदिने मिति र कन्सर्ट एकै दिनमा परेको दृश्यले दर्शकको ढुकढुकी बढाउँदै लैजान्छ । जसरी पनि कन्सर्ट गर्ने पक्षमा रहेको रुपमानलाई बेलीले बिहेको अघिल्लो दिन लिन नआए जे पनि हुन सक्ने अन्तिम चेतावनी र आफ्नो अडानमा कटिबद्ध सुबेदारको दृश्यले दर्शकको ढुकढुकीको डिग्री अझ बढाउँदै लैजान्छ । युवा नेता गोविन्दले त्यतिबेला कन्सर्टमा आफूलाई प्रमखु अतिथि नबनाएको, बेली माग्न जाँदा सुबेदारले खेदाएको बदला सहित बेली र रुपमानको प्रेमको उद्धार एकै पटकमा गर्छन् । बेलीको लागि बहिनीले पनि कठोरताको साथ उद्धार गरेको हुन्छ । उनीहरुको प्रेमको उद्धारमा खटिएको बहिनीको पीडा भने न दिदीलाई थाहा हुन्छ न भेना (मनैको आफ्नो प्रेमी)लाई नै । आफ्नो प्रेमको सिकार आफैं हुन्छिन् । सामाजिक परम्परागत संस्कारको पनि सिकार भएको, मनै रुवाउने दृश्य समेत हेर्न पाइन्छ ।

    रोजेको लाहुरे ज्वाईँ केटी लिन आएको हुन्छ । छोरी भागिसकेको हुन्छ, कुटम्ुबलाई के भन्ने । सुबेदार सारै पिरमा परेका हुन्छन् । रिसले चुर भएर बसेको अवस्थामा मानसिं राँको बालेर आइपुग्छ । सुबेदारले २१औं शताब्दीमा छोरा वा छोरी बराबर भनेको कुरा सम्झाउँदै मन परेको केटासँग छोरी गयो त के बिगा¥यो ? भनेर मात्र हुँदनै, व्यवहारमा पनि उतार्न प¥यो नि भनेको दृश्यले समाजको व्यावहारिक पक्षलाई राम्रोसँग जोडेको छ ।

    चलचित्रमा ‘जाँठा’ शब्द धेरै ठाँउमा सहज रुपमा प्रयोग गरिएको छ । जसले त्यो समाजको बोलीचालीमा आउने सरलताको प्रतिनिधित्व गरेको छ । ‘यो जाँठा मानसिंको मुखै हेर्न नपरोस्’, ‘हौ जाँठा काका यता आइज ।’ दोहोरो अर्थ लाग्ने शब्दहरु पनि धेरै ठाउँमा सहज रुपमा प्रयोग गरिएकोले चलचित्रमा मनोरञ्जन थपिएको छ । त्यहाँ कुटुम्बहरुसँग धेरै नजिस्किनु नि दुःख विमार होला, तिम्रो घेम्पोमै हावा पसिसक्यो, ‘तिम्रो हुःवा(उपहार) पनि मिठो हुन प¥यो नि, कि त्यो घोडीलाई थाहा छ कि त्यही साहिलोलाई थाहा छ, मेविनेम्बे जाँठाए’ (दिन्न जाँठा) भन्ने जस्ता सहज प्रयोग भएको शब्दले एकातिर मनोरञ्जनको खुड्किलाहरु थप्ने काम गरेको छ भने अर्कोतिर त्यहाँको सिंगो समाजलाई प्रतिनिधित्व गरेको छ ।

    गाउँघरमा कुरा काट्नेहरुको दृश्य पनि रोचक तरिकाले नै प्रस्तुत भएको छ । बारीमा आलु रोप्दै तीनजना युवा लिला र बरबोटे कान्छाको प्रेमबारे कुरा गरेको दृश्य कम रोचक छैन । “बरबोटे कान्छाको पनि लीलाको बारीमा किला ठोकरै जोवान जाने भो हाउ” भन्ने दोहोरो अर्थ लाग्ने शब्द बोल्नलाई सहज होस् भनेर पुरुष पात्र छानेको हुनुपर्छ निर्देशकले । त्यसमा महिला पात्र भए प्रसंग सहज मेल खान्थ्यो कि । लीलाले बरबोटे कान्छालाई सिधै ‘बोका’ नभनेर “के को ‘अ ब्ब ब’ हाउ बाख्राको पोइ जस्तो” भनेर मनोरञ्जनको अर्को खुड्किला थपेको छ ।

    समाज विकासको क्रममा घरजम गर्ने रीतिरिवाजहरु पनि फेरिने क्रममा छ । लिम्बू समुदायमा पहिला–पहिला घरजम गर्नुलाई वर्गले छेक्दैन थियो । रीतमा छिर्न (पुर्याउन) सके सामान्य परिवारको छोराले धनी परिवारको छोरी मागेर ल्याउने हैसियत राख्थ्यो । माग्न जान नसकेको खण्डमा हाट–बजार, मेला–पात, भोज–भतेरबाट फकाएर, नमाने तानेर वा बोकेर पनि घरजम गर्ने चलन थियो । माक्सतीको विवाहमा बेली (लोकन्दी)लाई रुपमान(लोकन्दे)को समूहले जबरजस्ती तान्दा हातको चुरा नै खुस्केर भुईँमा झरेको दृश्यले स्वीकृतिविना पनि जबरजस्त धान नाच्ने चलन जिवित छ भन्ने कुराको प्रतिनिधित्व गर्छ ।

    घरजमका अधिकांश कलाकार नयाँ अनुहारका छन् । सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, हेमराज अन्छङ्बो, रवि शेर्मा अनुभव अनुसारको उत्कृष्ट भूमिकामा देखिन्छन् । बरबोटे कान्छा र महिन्द्रेको भूमिका अनुसार संवाद अलि कम देखिन्छ । उदाउँदा कलाकार कुशल थलङ, सुस्मा खेवा लिम्बू, किशोर कुमार पन्धाक, सीता कुमारी तुम्बापोको कलाकारिता पनि आशलाग्दो रहेको छ । शैलेन्द्र थेबे जीवन भट्टराई, भरतमणि पौडेलसहित चलचित्रमा देखाइएका पात्रहरु सबैको कलाकारिता सराहनीय छ । जसले स्थानीय भूगोल र समाजलाई नै समेटेको छ ।

    घरजम पुरै सामाजिक चरित्र बोकेको चलचित्र हो । समाजमा भएको वास्तविकतालाई नेपाली कथावस्तुमा उत्कृष्ट ढंगले उतारिएको छ । हङकङमा बसेर चलचित्र घरजम हेर्दा साँच्चिकै नेपाली फिल्म हेरेको महशुस भयो । “फिल्म नेपाली भन्छौ तर पूरै पाकिस्तानी छ त” कुनै समय एक चाइनिज साथीले भनेको याद आयो । हुन पनि नेपाली फिल्म भाषा नबुझ्ने मानिसलाई देखाउँदा कि त इण्डियन भन्छ कि त पाकिस्तानी । तर, घरजम भाषा नबुझ्नेहरुलाई देखाउने हो भने पनि यो नेपाली नै हो भन्ने खालको छ । भरपुर मनोरञ्जनले भरिएको छ । यस्तो चलचित्र बनिरहनु जरुरी छ । घरजम प्रिमियर भव्यताको साथ सफल प्रदर्शन भएकोमा हार्दिक बधाई सहित निर्माता, निर्देशक, कलाकारहरुलाई अझ सफलताको शुभकामना छ ।

    हुङहम स्थित वाम्पो गार्डेनको दोस्रो तल्लाको ४ मध्ये तेस्रो हलमा १५ सेप्टेम्बर २०१९ आइतबार साँझ घरजमको प्रिमियर सो भएको थियो ।

    हङकङ प्रिमियर शोमा बायाँबाट क्रमशः कलाकार हेम अन्छङ्बो, निर्माता किशोर पन्धाक, निर्देशक मौसम इम्बुङ र निर्मात्री सीता तुम्बापो । तस्बिरः रबिन लिङ्देन लिम्बू ।

  • कमेन्ट गर्नुहोस्