• सुनसान विमानस्थल

  •  

    संसारकै व्यस्त मध्येको एक हङकङ अन्तर्राष्ट्रिय विमानस्थल । सन् १९९८ जुलाईदेखि सञ्चालनमा रहेको यस विमानस्थल १,२५५ हेक्टरमा पैmलिएको छ । यस भन्दा अघि काइतकमा रहेको विमानस्थल चेकलापकोकमा सारिएको हो । स्थापनाकालमा एउटा टर्मिनल रहेको भए पनि हाल दुई वटा रहेका छन् । यसको तेश्रो रनवे निर्माणाधिन रहेको छ ।

    १२० कम्पनीका विमानहरुले संसारका २२० शहरमा यस विमानस्थलबाट उडान गर्ने गरेको छ । चौबिसै घण्टा खुल्ला रहने यस विमानस्थलबाट यात्रु र कार्गो गरी दैनिक १,१०० उडान हुने गरेको छ ।

    सञ्चालक एयरपोर्ट अथोरिटि हङकङको करिव २,७०० सहित विभिन्न कम्पनीका गरी ७८,००० मानवीय शक्ति परिचालन हुने गरेको छ । ३६९ यात्रु चेक–इन काउण्टर रहेको विमानस्थलमा २३० भन्दा बढी पसलहरु रहेका छन् ।

    कोरोनाभाइरस (कोभिड–१९) माहामारीको रुपमा विश्वभर पैmलिएपछि अधिकांश मुलुक लकडाउनको अवस्थामा रहेका छन् । यसको प्रत्यक्ष असर हङकङ अन्तर्राष्ट्रिय विमानस्थललाई परेको छ ।

    मार्च २५, २०२० का दिनदेखि हङकङका बासिन्दाबाहेक अरु कसैलाई पनि यस विमानस्थलबाट प्रवेश बन्द गरिएको छ । यतिसम्म कि यहाँबाट अन्य गन्तव्यका लागि ट्रान्जिट पनि बन्द रहेको छ । यहाँबाट हङकङ प्रवेश गर्ने जो कोहीले १४ दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने प्रावधान रहेको छ ।

    अहिले अधिकांश मुलुकमा हवाई उडान बन्द रहेकोले हङकङ बाहिर जाने यात्रु अत्यन्त कम छन् । बाहिर रहेका हङकङका बासिन्दा भित्रनलगायतका लागि केही यात्रु उडान र कार्गो उडान भइरहेका छन् । टर्मिनल २ पूरै बन्द गरिएको छ भने टर्मिनल १ को दुईमध्ये १ मात्र डिपार्चर डोर सञ्चालनमा रहेको छ ।

    शब्द/तस्बिरः बाहिङ

     

  • कमेन्ट गर्नुहोस्