नेपाली युवाको हिपहप क्रेज
सन् १९७० को दशकबाट अमेरिकाको न्यूयोर्क सिटी स्थित साउथ ब्रोन्सबाट ‘आर्ट मुभमेन्ट’का रुपमा सुरु भएको हिपहप संस्कृतिले अहिले नेपाली युवापुस्तालाई गज्जबले आकर्षित गरेको छ ।
गोरा र काला जातीबीच ग्याङ्फाईट हुन्थ्यो । कति मर्थे, कति रक्ताम्य हुन्थे । यस्ता घटना बढ्न थालेपछि केही युवाहरूले भौतिक होईन मौखिक र कलात्मक लडाई लड्ने सृजनशील आईडिया रचे । त्यसरी शब्द र हाउभाउका माध्यमबाट ‘ब्याटल’ हुन थाल्यो । गरिब कालाजाती अरुले दिएका साईज नमिलेका लुगा लगाउँथे । पछि त्यहि फेशनका रुपमा आयो । त्यसपछि यो विश्वभर फैलिन थाल्यो ।
नेपालमा दुई दशकअघि ¥यापका रुपमा हिपहप भित्रिएको थियो । सुरुमा गिरिश खतिवडाले ‘मिनिङलेस ¥याप’ एल्बम निकालेपछि नेपालमा हिपहपको चर्चा हुन थाल्यो । उनले प्रनिल एल तिमिल्सिनासँग मिलेर गाएको ‘म यस्तो छु’ गीतबाट नेपाली संगीतमा ¥याप चिनिन थाल्यो । त्यसपछि रतन सुवेदीले प्यारोडी ¥याप गाए । निर्णय श्रेष्ठ (निर्णय दा एनएसके)ले ‘म नेपाली’, ‘गाउँले जीवन’, ‘तिमी केटाकेटी जस्तो देखेको’ लगायतका गीत ¥यापमा गाएपछि नेपालीमाझ हिपहप अझै फैलिंदै गयो । नेप्सेडाईज ब्यान्डका मानस घलेले पनि यसलाई निरन्तरता दिए ।
झन्डै एकदशकसम्म नेपालमा हिपहप भनेको ¥याप मात्र बुझिन्थ्यो । तर विस्तारै हिपहप अन्य तत्वहरू डिजेईङ, ग्राफिटी आर्ट र ब्रेक डान्सिङ भित्रिए । विभिन्न संगीतिका धुनहरू मिसाएर बजाईने डिजेइङ नेपाली नाईटक्लबहरूमा जमिरहेकै छ । सहरका भित्ताहरूमा स्पे्र वा मार्कर पेनले पेन्टिङ गरिने ग्राफिटी आर्टपनि देखिन्छन् । पछिल्लो समय ब्रेक डान्सिङ अन्तर्गतका बि बोईङ, बि गर्लिङ, लकिङ, पपिङ डान्समा युवापुस्ता झुम्मिएका छन् ।
हिपहप सर्कलमा ‘बि–गर्ल निशा’ भनेर चिनिने निशा हमाल पाँचवर्षदेखि हिपहप अन्तर्गतको बि–गर्लिङमा सक्रिय छिन् । उनले हिपहप सिक्दा सात जना केटीहरू थिए तर उनिहरू कोहि परिवारका कारण यो क्षेत्र छाडे, कसैले पढाईमा असर पुग्ने ठानेर छाडे निशाले भने हिपहप छाड्न सकिनन् ।
परिवारलाई मनाईन, पढाईलाई पनि सँगै अघि बढाइन् । यसैबाट वर्कशपका लागि थाईल्यान्डसम्म पुगिन् । विवाहपछि पनि निशा नाच्न उत्तिकै सक्रिय छिन् । आफ्नो ‘प्यासन’का कारण अहिले बेग्लै परिचय बनाएकी निशा भविष्यमा डान्स स्कुल खोल्ने योजनामा छिन् । ‘परिवारको ज्वेलरी शपमा काम गरेर दिउँसो तीन बजेपछि टाईम म्यानेज गर्छु । यो फिल्ड छाड्नै सक्दिंन ।’ हाल सोज्सर अफ भाईब क्रुमा रहेकी उनि सुनाउँछिन् ‘गर्लहरूलाई धेरै अफ्ठ्यारो त तर विवाहित वा अविवाहित नारीहरूले आफूमा भएका ईच्छा मार्नु हुँदैन । एकदिन राम्रो समय आउँछ ।’
‘बि–गर्ल जेनिसा’ अर्थात जेनिसा महर्जन पनि सानैदेखि गौतम हाईस्कुल लगनटोलमा नेपाली लोकगीतमा नृत्य गर्थिन् उनि । विस्तारै पप र हिपहप गीत सुन्न थालिन् । यस्ता गीतले ताने उनलाई । त्यसपछि ब्रेकडान्सतिर आकर्षित भईन् । सन् २००८देखि नेपाल हिपहप फाउन्डेसनमा आबद्ध भएर जेनिसा प्रतिष्पर्धा र एक्स्चेञ्ज कार्यक्रम लिएर दुई पटक अमेरिका, एकपटक जर्मनी, फिलिपिन्स लगायतका देशमा पुगिन् । देशका विभिन्न ठाउँमा घुमिन् ।
सुरुका दिनमा यसरी हिपहपमा स्थापित हुन गाह्रो थियो । उनका बुवाले एकदिन ‘नाचेर जिन्दगी चल्दैन’ भनेर सम्झाए । विस्तारै टेलिभिजन र पत्रिकामा छोरीको बारेमा पनि हेरे÷पढेपछि बुवाले सम्झाउन छाडे । अझ उनि यसैबाट विदेश भ्रमणमा जान थालेपछि अहिले परिवार खुसी छन् । उनि भन्छिन् ‘अहिले त यसैबाट मासिक १८–२० हजार कमाउँछु, घरमा पकेट खर्च देऊ भन्नु परेको छैन ।’
यस्तै कथा छ, बि बोई निशान्त भनेर चिनिने निशान्त गौचनको पनि । उनि सानो छँदा टिभीमा फरक शैलीको नृत्य देख्थे र त्यहि हेरेर अभ्यास गर्थे । उनका साथी विशाल गुरुङले ‘यस्तो डान्सलाई बिबोईङ भनिन्छ’ भनेर सिकाए । त्यसपछि निशान्त हरेक दिन अभ्यास गर्न थाले । तर सुरुमा जीउ ‘ब्यालेन्स’ हुँदैनथ्यो। कहिले टाउको ठोक्किने, कहिले हात मर्किने त कहिले घाँटी दुख्ने अझ कहिले त घुँडा पिल्सिने हुन्थ्यो । अर्कातिर घरमा परिवारले सँधै ‘टाउको घुमाएर खान दिन्छ’ भनेर गाली पनि खानु पर्ने । यस्तै कारणले उनका कति साथीहरूले नाच्न छाडे । तर उनको टिममा एकजनासँग पैसा नहुँदा अर्कोले सहयोग गर्थे । दुख र तनाव भए पनि निशान्तले यसैमा निरन्तरता दिए र बिबोईङसँगै बिटबक्सिङ गर्न थाले । पछि त उनका बारेमा पनि पत्रिका र टिभीमा आउन थाल्यो । त्यसपछि परिवारले ‘छोरो लागुऔषधमा फस्न पाउँदैन, राम्रै बाटोमा लागेको रहेछ’ भनेर कुरा गर्न थाले । सन् २००७ देखि हिपहपमा रमाउँदै सन् २००९देखि एभरेष्ट क्रु मार्फत सक्रिय निशान्त नेपालको प्रतिनिधित्व गर्दै थाईल्यान्ड, सिंगापुर, फिलिपिन्स लगायतका देश पुगिसकेका छन् । नेपालका चर्चित बि–बोईमा पर्ने उनि भन्छन् ‘नेपाली समाजले पनि हिपहप बुझ्न थालिसकेको छ । त्यसैले यसमा लाग्नेहरूको भविष्यपनि राम्रो बनिरहेको छ ।’
हिपहपमा लाग्नेहरूको अवश्था पहिला भन्दा राम्रो बनेपनि यसैबाट जीवनयापन गर्न चाहिं अहिलेपनि गाह्रै छ । पाँचवर्षदेखि हिपहपमा सक्रिय निक मगर यहि क्षेत्रमा टिकिरहनका लागि काठमाडौंमा ५ वटा स्कुलमा डान्स सिकाउँछन् । अनाथ गृहमा हुर्किएका निकले गत वर्ष हिपहप इन्टरनेशनलको अलस्टायल क्याटागोरीमा जीते । एक्स्ट्रो रोयल क्रु बनाएका उनि भन्छन् ‘यो नेपालको सान बढाउने क्षेत्र हो तर सरकारले अहिलेसम्म बुझेको छैन । यसैबाट टिक्ने अवस्था भएको भए मैले ५ वटा स्कुलमा टिचिङ गर्नु पर्ने थिएन ।’ तर उनि आगामी पाँच÷सात वर्षमा नेपालले हिपहपमा धेरै राम्रो गर्नेमा आशावादी छन् ।
निशा भाट डान्समै केही गर्ने सोंचले सुदुरपश्चिमबाट काठमाडौं आईन् । सुरुमा परिवारले पढाईमा ध्यान दिन दबाब दिएपछि उनले बुवालाई हिपहपका बारेमा बुझाउनका लागि उनले फिल्म र इन्टरनेटमा हिपहप देखाउन थालिन् । कतिपटक डान्सकै विषयले झगडा प¥यो । बिगर्लिङ र फ्रिस्टाइल डान्स गर्ने निशा सुनाउँछिन् ‘रियालिटी शोहरू देखाएपछि परिवारले बुझ्यो, अहिले यसैमा राम्रो भईरहेको छ ।’
सात वर्षदेखि हिपहपमा रमाईरहेका इजिकेल परियार (इजि) द भाईब (डिएनएफ) स्टुडियो पनि सञ्चालन गर्छन् । यसैमार्फत हिपहपसँगै फिजिकल टे«निङपनि सञ्चालन गरिरहेका छन् । यहि स्टुडियो अन्तर्गत उनले १२ जना सदस्य रहेको ‘सोल्जर अफ भाईब क्रु’पनि सञ्चालन गरिरहेका छन् । उनको अनुमानमा नेपालमा १५देखि २० हजार युवाहरू हिपहपमा प्रत्यक्ष संलग्न छन् भने झन्डै पाँच लाख नेपालीले हिपहप बारे बुझेका छन् । उनि भन्छन् ‘पहिला राम्रो प्लेटर्फम पनि थिएन, घरपरिवारको सपोर्टपनि हुदैनथ्यो ।’
हिपहप भनेको ¥याप मात्र बुझिने समयमा नेपालमा औपचारिक रुपमा मिकी थेवाङको सक्रियतामा सन् २००८मा पहिलो पटक वल्र्डट्रेड सेन्टरमा बिबोईङ ब्याटल भयो । त्यसपछि मिकीकै सक्रियतामा थाईल्यान्डबाट एलेक र ज्याक नामका गुरु आएर प्रशिक्षण दिए । त्यहि समय नेपाल ब्रेकडान्स फाउन्डेसन सुरु भयो । सुरुमा नृत्यमा फोकस फाउन्डेसन पछि हिपहप स्कुलका रुपमा नेपाल हिपहप फाउन्डेसन (एनएचएफ)मा रुपान्तरण भयो । यहि स्कुलबाट सिकेकाहरू अहिले धेरैतिर सक्रिय छन् । यहिं सिकेको कार्टुञ्ज क्रु अहिले नेपाली सांगीतिक क्षेत्रमा व्यवसायिक रुपमा सक्रिय छ ।
फाउन्डेसनले अमेरिकी दुतावाससँग मिलेर सन् २०११ देखि २०१५ सम्म काठमाडौंसँगै पोखरा, धरान, विराटनगर, इटहरी, इलाम, बाग्लुङ, सुर्खेत, धनगढी, बुटवल, चितवन, काभ्रे लगायतका ठाउँमा लागुऔषध र हिंसाका विरुद्ध सञ्चालन ग¥यो । अहिले काठमाडौंका एभरेष्ट, एक्ट्रो ब्वाई, ब्याटल फ्युजन, इपिसी, भक्तपुरमा डिडिएक्स, पोखरामा सोलमेट, धरानमा द पेज, बुटवलमा अफ्स्ट्रक्सन लगायतका क्रुहरू सञ्चालनमा छन् । भने व्यक्तिगत रुपमा बिबोई ओल्ड स्कुल, ह्यापी सु, निशान्त, टिच्यु (पोखरा), बिगर्ल निशा, नेजिसा, आश्मा विश्वकर्मा (कार्टुन्ज क्रु), शिखर सुब्बा लगायत सक्रिय देखिएका छन् ।
सातवर्षदेखि हिपहप लगायतका नृत्य सिकाईरहेको नेपा डान्स एकेडेमीकी चिफ कोअर्डिनेटर रिना महर्जनका अनुसार डान्स सिक्ने आउने नयाँपुस्ता मध्ये अधिकांश हिपहप सिक्न चाहान्छन् । उनि भन्छिन् ‘अहिलेको पुस्तालाई बिबोईङ, लकिङ, पपिङ डान्समा बढि इन्ट्रेष्ट छ ।’
हिपहपको बढ्दो क्रेजसँगै विभिन्न सहरमा ब्याटल (प्रतिष्पर्धा) हुने गरेका छन् । यमबुद्धहरूले भित्रियाएको हिपहप अन्तर्गतकै ‘र बाज’ र बिटबक्सपनि युवापुस्ताको रोजाईमा पर्ने गरेको छ । पछिल्लो समय नेपाली हिपहपलाई अन्तर्राष्ट्रियकरण गर्न विभिन्न संस्थाहरू पनि खुल्न थालेका छन् । अन्तर्राष्ट्रिय स्तरमा हिपहपको ब्याटल गर्दै आएको क्यालिफोर्नियाको ‘हिपहप इन्टरनेशनल’बाट नेपालको अधिकार लिएर स्थापना भएको ‘हिपहप इन्टरनेशनल नेपाल’ले विदेशी जर्जहरू ल्याएरै ट्यालेन्ट छान्ने गरेको छ । तर दुईपटक छानिएकाहरू पनि भिषा नपाउँदा अन्तर्राष्ट्रिय स्पर्धामा जान पाएनन् । ‘हिपहप इन्टरनेशनल नेपाल’का सञ्चालक अनुप सक्सेना सरकारको सहयोग नहुँदापनि आफ्नै बलबुताले नेपाली युवाहरूले हिपहपमा प्रगति गरिरहेको बताउँछन् । उनि भन्छन् ‘अहिले नेपाली युवाहरू हिपहपमा फड्को मारिरहेका छन् ।’
सरकारको बेवास्ता
नेपाली युवापुस्ताहरू मज्जाले नजान्दै÷नबुझ्दै हिपहप संस्कृतिमा प्रवेश गरे र विस्तारै देशमा मात्र होईन अन्तर्राष्ट्रियस्तरमा पनि जम्न थालेका छन् । हिपहप संस्कृतिमा रमिरहेका सबैलाई खुसीको कुरा आगामी सन् २०१८को युथ ओलम्पिकमा बिबोईङ ब्याटलले पनि पहिलोपटक खेलको रुपमा सहभागीता हुने अवसर पाउँदैछ । र समग्र नेपालीका लागि अर्को खुसीको कुरा, त्यो पहिलो ओलम्पिकका लागि नेपालको प्रतिनिधित्व गदैए एभरेष्ट क्रुका रुपेश श्रेष्ठ (बिबोई ट्रिकिटिक्स) ताईवानमा छनोट भएर फाइनल राउन्डको लागि जापान जाँदैछन् ।
तर दुःखको कुरा चाहिं नेपाल सरकारले अहिलेसम्म हिपहपलाई वास्ता गरेको छैन । नेपालबाट युथ ओलम्पिकका लागि पहिलो चरणमा तीन जना छनोट भए । उनिहरू देशको प्रतिनिधित्व गर्दै अर्को चरणकालागि ताईवान जाँदा सरकारी तवरबाट कुनै सहयोग भएन बरु नेपाली हिपहपलाई माया गर्ने बोजिन नामका युवाले तिनै जनाको टिकट र खाने बस्ने व्यवस्था गरेर ताईवान पु¥याए । सरकारको वेवास्ताले दुखी जेनिसा भन्छिन् ‘दुखको कुरा नेपालमा अहिलेसम्म युथ ओलम्पिकको कमिटी नै रहेनछ, अरुदेशमा सरकारले कति ठूलो सपोर्ट गर्छ, हाम्रोमा वास्ता गर्दैनन् ।’
नेपाली युवापुस्ताले हिपहप अन्तर्गतका बिबोईङ÷बिगर्लिङ मार्फत अन्तर्राष्ट्रियस्तरमा फड्को मार्दै देशको नाम समेत चिनाउन थालेपनि सरकारले अझै बुझ्न नसकेको निशान्तको गुनासो छ । कार्यक्रम गर्न स्थानीय निकायहरूले पनि सहयोग नगर्दा काठमाडौंबाहिरका क्रुहरू पनि समस्यामा छन् । धरानको द पेज युनियनका सञ्चालक सौरब श्रेष्ठ भन्छन् ‘अफिसको भाडा गोजिबाट धेरै समय तिरियो,
बन्द गरेर बेलाबेला मात्र कार्यक्रम गरिरहेका छौं ।’