• हाम्रो पार्टीले दलाल पूँजीवादको नेतृत्व गर्छ

    घनश्याम भूसाल, स्थायी समिति सदस्य, ने क पा

  • घनश्याम भूसाल वौद्धिक कम्युनिष्ट नेता हुन् । उनी लेख्न–पढ्न बढी मन पराउने अध्येता र प्रष्ट वत्ताmाका रूपमा चिनिन्छन् । नवगठित नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को स्थायी समिति सदस्य समेत रहेका भूसाल रुपन्देही–३ बाट संघीय संसदमा निर्वाचित सांसद हुन् ।
    भूसाल आवद्ध तत्कालिन नेकपा (एमाले) वा हालको नेकपाले माक्र्सवादी लेनिनवादी सिद्धान्त परित्याग गरेर दक्षिणपन्थी बाटोमा लागेको राजनीतिक विश्लेषकहरू बताउँछन् । तर, भूसाल भने आम मानिसहरूलाई माक्र्सवादी शिक्षा पढाउने अभियानमै लागेका छन् । भूसालको नेतृत्वमा १० हजार युवाहरूलाई माक्र्सवाद पढाउने अभियान गत वर्षदेखि नै जारी छ ।
    अहिले मेडिकल शिक्षामा व्यत्तिाmले पनि लगानी गर्न र नाफा कमाउन पाउनुपर्छ भन्ने कुराले बजार तातिरहेको छ । ने क पा को सरकार पनि सोही अनुकूलको ऐन बनाउने कसरतमा छ । तर, भूसाल भने शिक्षा र स्वास्थयमा लगानी गर्ने कम्युनिष्ट हुनै सक्दैन भनिरहेका छन् ।
    कुनै पनि विषयलाई वौद्धिक ढंगले विश्लेषण गर्ने भूसालले बर्तमान राजनीतिलाई कसरी विश्लेषण गरिरहेका छन् ? अथवा सरकारको काम कारवहीप्रति उनको दृष्टिकोण कस्तो छ ? के अहिलेको सरकारले भन्ने गरेको समाजवादी व्यवस्था तर्फ सरकारका गतिविधि केन्द्रित छन् वा कसरी अगाडि बढिरहेको छ ? यिनै विषयमा हामीले भूसालसँग कुराकानी गरेका छौं ।

    यहाँहरूले समाजवादी व्यवस्थामा जाने कुरा गर्नुभएको छ, संविधानले पनि संविधान उन्मुख व्यवस्थाको कल्पना गरेको छ । ने क पा को सरकारका गतिविधि समाजवाद उन्मुख नै छन् त ?
    राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने दिशा हामीले नवौँ महाधिवेशनमा तय ग¥यौँ । माओवादीले पनि हेटौँडा महाधिवेशनपछि यही भन्यो । अहिले एक भएपछि पनि यही तय गरेका छौँ ।
    गणतन्त्रपछि, संविधानको घोषणापछि, अझ भनौँ, पछिल्लो चुनावपछि कम्युनिस्ट पार्टीको बहुमत आएपछि मेरो मनमा झन् झन् उठिरहेको मूलभूत प्रश्न के हो भने— यो त ठीक भइरहेको छैन । प्रश्न उठिरहेको छ– राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी कसरी गरिरहेका छौँ ? राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्ने पार्टी कस्तो हुनुपर्छ ? हामी प्रश्नैप्रश्नैका जञ्जालमा झाँगिएका छौँ । यस विषयमा छलफल नै हुन सकेको छैन । यसले धेरै कुराको निक्र्यौल गर्छ ।
    राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गरेकै छैनौँ । यो घनीभूत ढंगले छलफल नै हुन सकेको छैन ।

    यसमा छलफल किन केन्द्रित हुन नसकेको ?
    हामीले ऐतिहासिक जीत हासिल गरेका छौँ । अनि हामी ऐतिहासिक जितको रोमाञ्चबाट धरतीमा उत्रिसकेका छैनौँ । हाम्रा भाषण, हाम्रा प्रस्तुति, हाम्रा व्यवहारबाट हेर्दा त्यो देखिन्छ । चार–छ महिना त भयो भन्ने होला । तर, अब गम्भीरतापूर्वक पार्टीमा छलफल हुुनुपर्छ । तर, अब जितको रोमाञ्चबाट धरतीमा आएपछि मात्रै छलफल सुरु हुन्छ जस्तो छ ।
    जित संस्थागत हुनुपथ्र्यो । जित राष्ट्रिय हितमा केन्द्रित हुनुपथ्र्यो । राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको यात्रामा केन्द्रित हुनुपथ्र्यो । सरकार बनेको यति महिनासम्म राष्ट्रलाई, गरिबलाई सम्बोधन गर्ने ठोस कार्यक्रम नआउनु दुःखको कुरा हो ।

    कम्युनिस्ट पार्टीमा त घनिभुत बहस हुनपर्ने होइन र ?
    बहस भइरहेको छ । म आफैँ माक्र्सवादको प्रचारप्रसारमा हिँडिरहेको छु । तर, सरोकारवालामा वहसप्रति विषेध भावना छ । यो म यो वा त्यो पार्टी मात्र भनिरहेको छैन । माथि पुगेपछि वैचारिक बहसलाई खतरापूर्ण देख्ने आमप्रवृत्ति नै हो ।
    कम्युनिस्ट पार्टीको एकल वर्चस्व हुँदा पनि हामी यति गतिहीन हुनु नपर्ने हो । पार्टी पंक्तिमा अहिले वैचारिक बहस भएन भन्ने कुरा तल तलसम्म हुँदैछ । आउने महाधिवेशनमा हामी विचारमा केन्द्रित हुँदैछौँ । पद र पैसाका पछि कुद्नु समाजवाद हैन। सबै कमरेड निजी दाम र नाम कमाउन कुद्ने हो भने समाजवाद कसले ल्याइदिन्छ ? पार्टीलाई सत्यानाश हुनबाट जोगाउन जरुरी छ ।

    संविधानमा, यहाँहरूका घोषणापत्रहरूमा अनि वाम एकताको सहमतिपत्रमा छलफलविनै समाजवादमा जाने भनियो त ?
    छलफललाई निषेध गर्ने परिपाटी यहाँ यो पार्टी र त्यो पार्टीमा मात्र हैन, घरघरमा छ । यो ठूलो विडम्बना हो । हामी गम्भीर हुनुपर्छ । फेरि पनि समाजवाद कसैले अर्कैले ल्याइदिन्न । कर्मचारीतन्त्र, वैदेशिक सहयोग, अनुदान कसैबाट समाजवाद आउने होइन । यो दिशाबाट सोचेर पार्टी लायकको बन्दैन ।

    कम्युनिस्ट पार्टीको सरकार वर्गीय पक्षधरता हुनुपर्ने होइन र, तपाईंलाई सरकारले निमुखाको पक्षमा काम गरिरहेको छ जस्तो लाग्छ ?
    सरकारका कदम निमुखाको पक्षमा नदेखिएको सही हो भन्न डराउनुपर्ने कारण छैन । हामीले यो देखाउन सकेका छैनौँ । हाम्रो चुनौती नै भएन कि ? कांग्रेसको गतिहीनताले पनि हामी बिग्रियौँ कि जस्तो लाग्छ । हाम्रा कमजोरी बढ्नुमा कांग्रेसले पनि सघाएको छ ।

    डा. गोविन्द केसीको अनसनप्रति सरकार कठोर बनेको देखिन्छ, यहाँले चाहिँ कसरी हेरिरहनु भएको छ ?
    शिक्षा–स्वास्थ्य सुलभ हुनुपर्छ भन्नु कम्युनिस्टकै कुरा हो । सैद्धान्तिक रूपमा ठीक छ । जहाँसम्म गोविन्दजीको कुरा सुरुदेखि अलि राजनीतिक भएर आयो । हाम्रो पार्टी पंक्तिमा मनमोहन अधिकारीको विरोधी जस्तो बनेर सुरुमा आयो । उहाँमा माग सम्बोधन गरेर मात्र हामी समाजवादमा जान्छौँ भन्ने होइन । तर हामी कता जान्छौँ भन्ने कुरा तय ग¥यौँ भने उहाँका माग सम्बोधन हुन सक्छन् ।
    नेपालमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा संविधानले भनेजस्तो, हाम्रा घोषणापत्रले भनेजस्तो गर्ने हो भने यो विवादको कुरै हुँदैनथ्यो ।

    नेकपाले वर्गीय पक्षधरता छोडेर शोषक र शोषित, दलाल पुँजीपति र मजदुर, अर्काको पसिना खाने सामन्त र श्रमजीवीबीच वर्ग समन्वयको बाटो लिएको छ भन्ने तर्कसँग सहमत हुनुहुन्छ ?
    दलाल पूँजीवादको नेतृत्व नै यहाँका हाम्रा पार्टीहरूले गरेको देखिन्छ । यही नै सबभन्दा ठूलो विरोधाभास हो । पार्टीका हरेक सदस्यको क्रियाकलाप समाजवादमुखी छ कि छैन ? कमाएर खान्छ कि खान्न, कर तिर्छ कि तिर्दैन ? तिरेको कर सरकारले निमुखाका पक्षमा खर्च गरेको छ कि छैन भनेर चासो दिन्छ कि दिन्न ? यतातिर सोच्नुपर्छ ।

    यसमा सुधार हुनसक्ने सम्भावना देख्नुहुन्छ ?
    म त भन्छु, शिक्षा र स्वास्थ्यमा निजी लगानी गर्नेहरू कम्युनिस्ट पार्टीको सदस्य नै बन्न नसक्ने प्रावधान हुनुपर्छ । सुरुमा केन्द्रीय कमिटी सदस्य अनि यसलाई प्रदेश कमिटीको सदस्यमा पनि लागू गर्न जरुरी छ । हाम्रो शिक्षा स्वास्थ्य कस्तो हुनुपर्छ भन्नेबारे पार्टीको तल्लो तल्लो कमिटीमा बहस–छलफल हुनुपर्ने हो । तर, स्थायी कमिटीमा समेत यसबारे छलफल हुन सकेको छैन । गोविन्द केसीजस्ताका धेरै कुरा यही विन्दुबाट समाधान हुन सक्थ्यो ।

    सरकारलाई दुई तिहाइभन्दा बढी समर्थन प्राप्त छ । प्रतिपक्ष अत्यन्त कमजोर देखिन्छ, सबै कोणबाट काम गर्न अनुकूल परिस्थिति छ, तर सरकारले कामै गर्न सकेन नि ?
    सरकार नियमित दैनन्दिन क्रियाकलाप मात्र सोचिरहे जस्तो देखियो । बजेट, वैदेशिक सम्बन्ध सुधार, भ्रमणहरूमा व्यस्त भएर होला । हाम्रा नेताहरू व्यस्त हुनुहुन्छ । त्यसैले हामी शिक्षा–स्वास्थ्यजस्ता मूलभूत मुद्दामा बहस गर्न समय पाइरहेका छैनौँ । हामीसित यत्रो शक्ति छ । हामीले नगरी यो मुलुक अघि बढ्दैन । यत्रा सपना बाँड्यौँ । जनताले जिताए । अब हामीले जनतालाई जिताउने हो । यत्तिको अनुकूल अवस्थामा पनि जनतालाई जिताउनुको साटो रुवायौँ भने हाम्रो सत्यानाश हुन्छ ।

    कम्युनिष्ट नेताहरू धेरैजसो संघर्षबाट खारिएरै आउँछन् । जेल, नेल, दुःख, कष्ट पनि भोगेकै हुन्छन् । तर पदमा पुग्ने बित्तिाकै आफ्नो धरातल नै बिर्सेर शोषणको पक्षमा लागेको देखिन्छ, किन यस्तो हुन्छ ?
    यसलाई अलि बढी वैश्विक परिवेशमा हेर्नुपर्छ । मजदूरहरूले आन्दोलन गरे, आफैँ मालिक बन्न । किसान आफैँ जमिनदार बन्न पाइन्छ भनेर आन्दोलन गरे । उनीहरू समाजवाद ल्याउन लागेका थिएनन् । नयाँ युग ल्याउनका लागि लागेका थिएनन् । त्यसैले पीडित पछि पीडक बन्छ, ऊ समता र समाजवाद भन्दा ऐस आराममा निर्लिप्त भएको विश्व इतिहास छ । यहाँ पनि यसकै निरन्तरता देखिँदो छ । तर, म निराश भने छैन ।

    एमाले–माओवादी मिलनपछि बनेको नेकपाले कस्को प्रतिनिधित्व गर्छ, यो पार्टी साँच्चै कम्युनिष्ट बन्दैछ कि पूँजीवादी ?
    हिजो एमाले र माओवादी दुवैमा राम्रा कुरा पनि थिए, नराम्रा कुरा पनि थिए । म के देख्दै छु भने हिजो एमालेका कमजोरीहरू, कचेराहरू, एक हिसाबले कम्युनिस्ट पार्टीका हिसाबले हेर्दा अनवान्टेड इलेमेन्ट (अवाञ्छित तत्व), दलाल व्यक्ति र विचारहरू अनि माओवादाीका यस्तै तत्वहरू एक भएर र बलियो भएर गए भने पुरै नेकपा खाइदिन्छन् । तर, दुवै पार्टीका क्रान्तिकारीहरू, समाजवादीहरू, माक्र्सवादीहरू, वैचारिकहरू एक भएर पार्टीमा प्रभुत्वशाली भए भने यो पार्टीको भविष्य असाधारण छ । कसले जित्ने हो, फैसला भएको छैन । फैसला महाधिवेशनमा हुन्छ ।

    कम्युनिष्ट पार्टीमा जसको विचार, उसको नेतृत्व भन्ने चलन छ, केपी ओलीले मेरो विचार अनुसार पार्टी एकता भयो भन्नुहुन्छ, अबको महाधिवेशनमा नेता ओली जी नै हो ?
    म हिजो त्यस्तो उपमहासचिव हुँ, जसलाई पार्टीले केही जिम्मेवारी तोकेको थिएन । अरु सबै साथीका जिम्मेवारी थिए । मेरो थिएन । तर पनि म मेरो हिसाबले सक्रिय नै थिएँ । म हाम्रो कम्युनिस्ट आन्दोलनमा धेरै सम्भावना देख्छु । को के पदमा पुग्यो, को कति सम्पन्न भयो, यस्तो कुराले मलाई असर पार्दैन । म हिजो पनि र आज पनि पदको आकांक्षी छैन ।

    कम्युनिस्ट पार्टीका नेतामा अरुभन्दा बढि नै अुशासन र इमान्दारिता हुनुपर्ने होईन ? नेताहरूमै किन यति धेरै ?
    हाम्रो पार्टीमा तीन थरी मान्छे छन् । पहिलो खालका मान्छेमा उही आदर्श, उही प्रतिबद्धता, उही इमानदारी, उही निष्ठा छ । यी दृश्यमा छैनन् । दबाइएका छन् । अर्को खालकामा उनीहरूले कम्युनिस्ट बन्धन टुटाइसकेका छन् र अन्तै पुगिसकेका छन् । तिनको आदर्श, नैतिकता, मूल्य देखाउने दाँत मात्र हो । तिनको लवाइखवाइ, उठबस, घर जग्गाको संकलन, तिनको सम्बन्ध, पार्टीभित्रै र सरकारभित्रै पनि तिनको अचानकको उडान, कसरी उत्थान भयो भनेर हेर्नुभयो भने तिनको रहस्यमयी, तिलस्मी छ । पार्टी र सरकारमा तिनीहरूको भूमिका निरन्तर बढिरहेको छ । तेस्रो थरी छन्, हिजोका आदर्श छँदै छ, मूल्य सम्झेको पनि छ तर र्ओतिर पार्टीमा बढेका नवधनाढ्यको चकचकी पनि देखिरहेको छ । ती अन्यमनस्क अवस्थामा छन् । ती तेस्रो खाले अन्यमनस्क पंक्ति नवधनाढ्यको पक्षमा लागे भने हामी सकियौँ ।

  • कमेन्ट गर्नुहोस्