• हङकङ डिएसइका उत्कृष्टहरू

  • आठ वटा विषयमा उत्कृष्ट ५८८ अंक ल्याएर लासेल कलेजका १८ वर्षीय थोमस वोङ त्सज–हाङले बुधबार इतिहास बनाएका छन् । यस अघि डिप्लोमा अफ सेकेन्डरी एजुकेसन (डिएसई) परिक्षामा यस्तो नतिजा कसैले ल्याएको थिएन । वोङले मेडिकल डिग्री अध्ययन गर्ने र विनम्र भएर कडा परिश्रम गर्ने बताएका छन् ।

    “यो नतिजाबाट मैले सन्तुष्ट हुनुपर्छ जस्तो मलाई लाग्दैन र मैले जीवनमा धेरै सफलता पाउनेछु भन्ने यसले ग्यारेन्टी गर्दैन । म निरन्तर कडा मेहनत गर्नेछु,” युनिभर्सिटी अफ हङकङ र चाइनिज युनिभर्सिटीमध्ये कहाँ अध्ययन गर्नेबारे विचार गरिरहेका वोङले भने ।

    वोङले आमाबाबुलाई सहयोगी भएको र उनको शिक्षाका लागि उनीहरूले “लेसे–फेयर” अर्थात् स्वतन्त्र छाड्ने पद्धति अपनाएको बताए । ग्राजुएसन गरेपछि शहरमै बसेर काम गर्ने उनले बताएका छन् ।

    “मलाई हङकङ असाध्यै मनपर्छ र म यहीं जन्मे–हुर्केको हुँ । म हङकङमै बस्नेछु र यो समाजको सेवा गर्नेछु,” पियानो र चेलो बजाउने प्रतिभा भएका यी युवाले बताए । माध्यमिक तहका विद्यार्थीले विश्वविद्यालयमा प्रवेश दिनेबारे निर्धारण गर्ने शहरकै प्रतिष्ठित परिक्षाको नतिजा बुधबार पाउने ५० हजार ४ सय ४७ जना पूर्र्ण–दिवाकालिन उम्मेदवारमध्ये वोङ पनि एक हुन् ।

    उनले चीनियाँ, अंग्रेजी, गणित र लिबरल स्टडिज – अनिवार्य विषयहरू – र चार वटा ऐच्छिक विषयहरू ः भौतिक विज्ञान, रसायनशास्त्र, जीवविज्ञान र संगीतमा सर्वाेत्कृष्ट अंक ल्याए । बीजगणित र क्यालकुलस केन्द्रित गणितको एक्सटेन्डेड मोड्युलमा पनि उनले ५८८ ल्याएका छन् ।

    पाँच अन्य छात्र र छात्राले पनि सातवटा विषयमा ५८८ अंक ल्याएर उत्कृष्ट नतिजा ल्याएका छन् । वत वर्षको तुलनामा यो वर्ष ६ जनाले उत्कृष्ट नतिजा ल्याएका छन् । मिड–लेभल्सस्थ्ति सेन्ट पल्स को–एजुकेशनल कलेजका तीन जना – माईकल लाम चिङ–वाङ, १८; लुक हेई, १७; र हुबर्ट वोङ चिङ–हो, १६, ले उत्कृष्ट अंक ल्याएका छन् । त्यसै गरी मोङ कोकस्थित डायोसिसन ब्वाइज स्कूलका शुम का–हो, १७ र कजवे बेस्थित क्विन्स कलेजका युएन वाइ–हिम, १८, ले पनि उत्कृष्ट अंक ल्याएका छन् ।

    जोर्डनस्थित डायोसिजन गल्र्स स्कूल (डिजिएस) बाट १८ वर्षीय स्टेफनि ल्योङ त्से–किउ र १७ वर्षिय लाम युएत–यी र वोङ ताइ सिनस्थ्ति गुड होप स्कूलकी १७ वर्षीय चेरिस ली च्योक–यिङले पनि उत्कृष्ट नतिजा ल्याएका छन् ।

    डिएसइ परिक्षा दिनेमध्ये ४२ प्रशितभन्दा केही बढी वा २१ हजार २ सय ६४ विद्यार्थी मात्रै सरकारी लगानीको डिग्री कार्यक्रमको १५ हजार स्थानका लागि योग्य साबित भएको हङकङ एक्जामिनेसन्स एन्ड एसेस्मेन्ट अथोरिटी (एचकेइएए) ले जनाएको छ । अघिल्लो वर्ष २० हजार ८ सय ८५ भन्दा यो संख्या बढी हो । यसले प्रतिष्ठित सरकारी विश्वविद्यालयमा स्थान सुरक्षित गर्ने प्रक्रियालाई एकदमै प्रतिस्पर्धी बनाएको छ ।

    अघिल्लो वर्ष उत्कृष्ट अंक ल्याउने सबैले चिकित्सा विज्ञान पढ्ने निर्णय गरेकोमा यो वर्ष उत्कृष्ट नतिजा ल्याउनेहरूले कानुन र राजनीतिजस्ता विषय रोजेर सामाजिक मुद्दाबारे उनीहरूको गहिरो रुचि व्यक्त गरेका छन् । सर्वाेत्कृृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई पत्रकारहरूले प्रश्न गरिरहँदा उनीहरूले राजनीति र समसामयिक विषयवस्तुबारे आ–आफ्नो दृष्टिकोण पनि राखेका छन् ।

    सरकारी कर्मचारी आमाबाबु भएकी डिजिएसकी ल्योङले कार्यकारी प्रमुख क्यारी लाम चेङ युएत–ङोरको प्रशंसा गरेपछि यस्तो भनिन्, “प्रजातन्त्रको सुधार र सुरक्षा गर्ने सवालमा, उनले गर्छु भनेर दाबी गरेका प्रयासहरूले खासै ठोस परिणाम ल्याएजस्तो देखिदैंन ।”

    शहरमा राजनेता हुने कि भन्ने प्रश्नमा, उनले “भविष्यको राजनीतिक वातावरण” ले तय गर्ने बताइन् । राजनीतिक दर्शनशास्त्र अध्ययन गर्न उनले अक्सफोर्ड विश्वविद्यालयबाट शर्तसहितको एउटा प्रस्ताव पाएकी छिन् ।

    “सन् २०४७ म्यादका रुपमा आईरहेकोले, विश्वविद्यालयबाट ग्राजुएट हुँदासम्म हङकङमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार बाँकी छ कि छैन भनेर मैले हेर्नुपर्छ,” ल्योङले भनिन् । उनले ५० वर्षसम्म “एक देश, दुई प्रणाली” सिद्धान्तको म्याद समाप्त भएसम्म शहरको जनजीवन कायम राख्ने बेईजिङको प्रतिबद्धता औंल्याएकी हुन् ।

    क्विन्स कलेजकी युएन र डिजिएसकी लामले पनि चिकित्सा अध्ययन गर्ने बताए । यूएनले यो पेशाबाट समाजलाई योगदान पु¥याउन सक्ने बताएका छन् । शहरका सरकारी अस्पतालहरूमा लामो समय पर्खिनुपर्ने बाध्यताको तत्काल अन्त्य गर्न लामले आग्रह गरेका छन् ।

    गुड होप स्कूलकी लीले युनिभर्सिटी अफ हङकङको बिजनेस एन्ड ल डबल डिग्री प्रोग्राममा भर्ना पाउने आशा गरेकी छिन् । उनी भविष्यमा सुविधाविहीनहरूलाई सहयोग गर्न चाहन्छिन् ।

    “समाजमा धेरै अन्यायपूर्ण अवस्थाहरू भएकोले, हामीलाई अन्यायको सामना गर्ने व्यक्तिको आवश्यकता छ,” उनले भनिन्, “वकिल बन्नु एउटा तरिका हो ।” उनले पाएको शैक्षिक सफलताका बावजुद, शहरको शिक्षा प्रणालीलाई सुधारको आवश्यकता रहेको लीले बताइन् । यसो गर्दा युवा पुस्तालाई अझ बढी “अवसर र सहयोग” दिन सकिने उनको भनाइ छ ।
    “धेरै युवाहरूलाई अत्यधिक दबाव छ, तर उनीहरूसँग अर्काे विकल्प पनि छैन,” उनले भनिन् ।

    हङकङको चिकित्सा र सामाजिक नीतिबारे वोङले पनि आफ्नो धारणा राखेका छन् । विदेशबाट स्वास्थ्यकर्मीहरू ल्याउनुपर्ने सुझावमा उनले समर्थन जनाए । स्थानीय चिकित्सा समुदायका सदस्यहरूले यस्तो गर्नाले पेशागत मापदण्ड कमजोर हुने दाबी गरेका छन् । यसका साथै उनले विवादास्पद राष्ट्रगान विधेयकको समर्थन गरेका छन् । उक्त विधेयक अक्टोबरदेखि व्यवस्थापिका परिषद्मा टेबल गरिनेछ ।
    “अन्य थुप्रै देशमा यस्तै विधेयकहरू छन्,” उनले भने, “यो सार्वजनिक स्थानमा मात्रै लागू हुनेछ, त्यसैले कुनै नीजि सम्पत्तिलाई प्रभाव नपारेसम्म, यो निजी स्वीकार्य छ जस्तो मलाई लाग्छ ।”

    -पिस चिउ
    थप रिर्पोटिङ ः एरिन च्यान, निकोला च्यान, इभान्ना गुरुङ, जोइ ल, एरिक्सन ली, जोसुवा ली, एलिस त्से, म्यान्डी झेङ

  • कमेन्ट गर्नुहोस्