• घरेलु कामदार रोजगार उद्योग र लुकेका तथ्यहरू

  • हङकङको घरेलु कामदार रोजगार उद्योगमा एजेन्सी र कर्जादाताबीच बढ्दो साँठगाँठको आरोपसँगै, अमेरिकी विद्यार्थीहरूको एउटा समूहले, कामदार, कर्मचारी र अधिकारीलाई अझ बढी जानकारी दिने लक्ष्य सहित, कम्पनीहरूबीच – एकदमै अक्षरशः – सम्बन्ध स्थापित गर्न एक जना स्थानीय प्राज्ञसँग काम गरेका छन् ।

    स्ट्यान्फोर्ड विश्वविद्यालयका पाँच विद्यार्थीहरू, एक जना ठगी अनुसन्धाता र युनिभर्सिटी अफ हङकङका एक प्रोफेसर संलग्न उक्त समूहले एउटा डाटा भिजुअलाईजर सार्वजनिक गर्ने भएका छन् जसले – प्रत्येक वर्ष हजारौं घरेलु कामदारलाई रोजगार दिने, र केही घटनामा, ठगि गर्ने – शहरका रोजगार एजेन्सी संलग्न शंकास्पद सम्पर्कहरूको पोल खोल्नेछ ।

    “एजेन्सीबीच सम्भावित शंकास्पद वा चिन्ताजनक सम्बन्धहरू चित्रण गर्नु नै यस्को औचित्य हो, जबकि नीतिगत रुपमा सञ्चालित बजारमा यस्तो हुनुहुँदैन,” अमेरिकी सफ्टवेयर ईन्जिनियर तथा भर्खरै मात्रै स्ट्यान्फोर्ड विश्वविद्यालयबाट ग्राजुएसन गरेका २२ वर्षिय जोनाह बोलोटिनले भने ।

    “केही अस्वभाविक सम्बन्धरु हुनसक्ने हामीले अनुमान गरेका थियौं, तर हाम्रो नतिजाहरू अझ चाखलाग्दा छन् ।”

    अनलाईन मार्पmत् उपलब्ध यो औजारले हङकङमा रहेका विभिन्न रोजगार एजेन्सी र कर्जादाताबीचको सम्बन्ध कति जटिल छ भनेर देखाउँछ । तीमध्ये धेरैले ठेगाना, फोन वा फ्याक्स नम्बर र इमेल ठेगाना साझा रुपमा प्रयोग गरेका छन् ।

    भिजुअलाईजर अनुसार, हङकङमा विदेशी घरेलु कामदारलाई नियुक्त गर्न पाउने अनुमति पाएका १ हजार ४ सय ४८ एजेन्सीमध्ये, कम्तिमा एउटा एजेन्सी वा कर्जादातासँग एउटै तलामा ३ सय ५५ वटा, र कम्तिमा एउटा एजेन्सी वा कर्जातादातासँगै ३ सय २० ले साझा ठेगाना प्रयोग गर्दछन् ।

    एजेन्सीहरूको एउटै ठेगाना भए पनि उनीहरूले गैरकानुनी काम गरेको पुष्टि हुँदैन । तर विज्ञहरूका अनुसार यो एउटा शंकास्पद सूचक हो र यसको अनुसन्धान गर्नुपर्दछ । उदाहरणका लागि, कर्जादातासँग साझा वा नजिकैको ठेगाना भए, एजेन्टले घरेलु कामदारलाई उच्च दरको कर्जा लिन बाध्य बनाउन सक्ने समूहको टिप्पणी छ ।

    “एजेन्सीहरूको यो शंकास्पद प्रवृत्ति नियमन नगरिएको र साँठगाँठ भएको उद्योगमा मात्रै अस्तित्वमा हुन्छ भन्ने तथ्यप्रति हामी सबैको ध्यानाकर्षण गराउन चाहन्छन्,” हङकङमा ठगीका घटनाहरू अनुसन्धान गर्ने टेलर अमारेलले बताए । उनले परियोजनाको संयोजनमा सहयोग गरेका छन् ।

    “यो औजारले तीन प्रकारका मानिसहरूलाई सचेत गराउनेछ भन्ने हाम्रो आशा हो,” अमारेलले भने,“रोजगारदाता, जसले कुनै एजेन्सी प्रयोग गर्नु अघि यो औजार हेर्ने र दुई पटक सोंच्ने; सरकार, जसले यी शंकास्पद वा चिन्ताजनक सम्बन्धको निगरानी गर्नुपर्दछ जुन एउटा वास्तविक प्रतिस्पर्धात्मक बजारमा हुनुहुँदैन; र घरेलु कामदार, जसले, एजेन्सीबारे केही समीक्षासँग यो तथ्याङ्क हेर्न सक्छन् र अझ बढी सुसूचित निर्णय गर्न सक्छन् ।”

    गत वर्ष गरिएको एउटा गोप्य अनुसन्धानमा हङकङका ७० प्रतिशतभन्दा बढी रोजगार एजेन्सीहरूले घरेलु कामदारबाट चर्को शुल्क लिने गरेको, राहदानी कब्जा, वा अन्य गैरकानुनी कार्य गरेको खुलाएको थियो । यो वर्ष, अर्काे अनुसन्धानले चर्काे शुल्क लिने एजेन्सीबारे थप प्रमाण दिएको थियो । धेरै कामदारले कर्जा लिएर बेईमान एजेन्सीलाई भुक्तान गर्दछन् र यसो गर्दा उनीहरूबाट गैरकानुनी रुपमा चर्काे ब्याज लिइन्छ ।

    आधिकारित तथ्याङ्क अनुसार, सरकारले गत वर्ष १ हजार ८ समय ४५ वटा निरीक्षण आयोजना गरेको थियो, तर मात्रै ११ वटा रोजगार एजेन्सीलाई मात्रै सफलतापूर्वक कारवाही गरिएको थियो ।

    हङकङमा ३ लाख ७० हजारभन्दा धेरै घरेलु कामदार छन् । तीमध्ये अधिकांश फिलिपिन्स र ईन्डोनेशियाबाट आउने गर्दछन् ।

    युनिभर्सिटी अफ हङकङका एक जना मुख्य लेक्चरर तथा परियोजनाको नेतृत्व गरेका डेभिड बिशपले डिजीटल औजार नभएको आंशिक कारणले उद्योगको उचित अनुगमन नगरिएको बताए ।

    “उद्योगमा के भईरहेको छ भनेर प्रभावकारी अनुगमन गर्न प्रविधि र तथ्याङ्क विश्लेषण कसरी प्रयोग गर्न सकिन्छ; के सम्म गर्न सकिन्छ भन्ने यो एउटा राम्रो उदाहरण हो,” एशियामा मानव बेचबिखन र बधुँवा मजदुर अन्त्य गर्ने केन्द्रित एउटा सामाजिक संस्था माइग्रेसियाका सहसंस्थापक बिशपले भने,“ठूलो सामाजिक प्रभावको मुद्दाबारे अन्तरसीमा सहकार्यको यो एउटा राम्रो उदाहरण पनि हो ।”

    सार्वजनिक रुपम उपलब्ध तथ्याङ्कका आधारमा तयार गरिएको भिजुअलाईजर सहित बजारको पारदर्शितामा सुधार गर्ने अन्य औजारबारे समूहले काम गरिरहेको थियो ।

    “आउने वर्ष हामीले बजारमा ल्याउने थुप्रै उत्पादनमध्ये एजेन्सी भिजअलाईजर एउटा हो,” स्ट्यान्फोर्ड विश्वविद्यालयमा कम्प्युटर विज्ञान अध्ययनरत २१ वर्षिय जेमी डभेरालले भने,“रोजगार एजेन्सीहरूका अनैतिक अभ्यासहरू ठिक पार्न कडा नीति मात्रौ लागु गरेर हुँदैन भनेर हामीले बुझेका छौं । समय र श्रम लागत जोगाउन उनीहरूको धेरैभन्दा धेरै कामहरू स्वचालित गर्न सक्नुपर्छ ।”

    फिलिपिन्सकी आमा र अष्ट्रेलियाली पितासँगै हङकङमा हुर्किएका डेभेरालले घरेलु कामदारको काम गर्ने वातावरण साथै उनीहरूलाई बुभ्mने तरिकामा सुधार ल्याउनु “जीवनको लक्ष्य” रहेको बताए ।

    “हुर्किदै जाँदा,, मानाङ नेनेथ र मानाङ लिलाबाट अन्य घरेलु कामदारलाई गरिने व्यवहारका डरलाग्दा कथाहरू सुन्ने गगर्थे,” अभैm पनि उनको परिवारसँग रहेका दुई जना घरेलु कामदारलाई उद्धृत गर्दै उनले भने ।

    “क्यानडियन ईन्टरनेशनल स्कूल अफ हङकङको ८ कक्षामा पढ्दा, मैले एउटा वार्षिक भाषण प्रतियोगिता जितें, जसमा मैले मेरा साथीहरूलाई उनीहरूको घरेलु कामदारको अनुभवसँग सहानुभूति राख्न आग्रह गरेको थिएँ, जले विदेशमा काम गर्न र उनीहरूको परिवारलाई पैसा उठाउन सबथोक त्यागेका छन्,” उनले स्मरण गरे ।

    वयस्क भएपछि, हङकङका लागि मात्रै नभएर, धेरै विदेशी कामदारको शोषण हुने मध्यपूर्वजस्ता अन्य बजारका लागि पनि नवीन समाधान पत्ता लगाउने डेभेरालले आशा गरेका छन् ।

    “यी मुद्दाहरूमा कठिन कम्प्युटर विज्ञान लागू गर्नुको शक्ति मैले बुझें । आशा गर्दछु, हामीले यस्ता धेरैभन्दा धेरै कठिन अभ्यासहरू ल्याउन र समस्या समाधान गर्न सक्नेछौं ।”

    -राक्वेल कर्भाल्हो

  • कमेन्ट गर्नुहोस्