• ‘चट्याङ बाँचेको मान्छे’को लोकार्पण

  • ५ अगष्ट । दार्जिलिङ निवासी कवि तथा गीतकार स्व. नरदेन रुम्बा बारे वृत्तचित्र ‘चट्याङ बाँचेको मान्छे’ नयाँपेजको कार्यालयमा लोकार्पण सम्पन्न भयो ।

    समीक्षक समाज हङकङद्वारा आयोजित उक्त कार्यक्रममा समाजका संयोजक हेम कुमार लावती र स्व.नरदेनसंग सहकार्य समेत गरेका हिमालय टोन्स म्युजिक एकाडमीका अध्यक्ष दिनेश सुब्बाले स्व.नरदेनका बारेमा बोलेका थिए ।

    ‘फूललाई सोधे…’, ‘शुभकामना… ’, ‘बादलुको दरबारमा…’, ‘बाँच्न चाहने मान्छेहरु…’ जस्ता दर्जनौ कालजयी गीतका सर्जक स्व.नरदेन रुम्बा ओझेलमा परेकाले नेपाली गीत, संगीत र साहित्यमा उनको योगदानलाई उझागर गर्ने प्रयास स्वरुप उक्त वृत्तचित्र निमार्ण तथा प्रदर्शन गरिएको आयोजक मध्येका रविन राईले बताए ।


    हिमालय टोन्स म्युजिक एकाडमी र एम ६ फिल्म्सको लागि डोमा शेर्पाद्धारा निर्मित ४९ मिनटको उक्त वृत्तचित्रलाई भास्कर प्रधानले निर्देशन गरेका छन् । केही वर्ष पहिले हिमालय टोन्सले नै हङकङमा ‘नरदेन रुम्बा स्मृति साँझ’ को आयोजना समेत गरेको थियो ।

  • कमेन्ट गर्नुहोस्