• अनेसास हङकङको भानु जयन्ती

  • ५ अगष्ट । आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्म दिवसको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, हङकङ च्याप्टरले कार्यक्रमको आयोजना गरेको छ ।

    अनेसासका अध्यक्ष भविन लिम्बूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि साहित्यकार तथा संस्कृति अध्येता अतीत मुखिया रहेका थिए । नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे, साहित्यि साझा श्रृंखलाका संयोजक डी.बी.पालुङवा, समीक्षक समाज हङकङका संयोजक हेम कुमार लावती, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ लगायतका व्यक्तिहरु अतिथिका रुपमा रहेका थिए ।

    कार्यक्रमका सभापति र प्रमुख अतिथिद्वारा चित्रकार रमण गुरुङले बनाएका भानुको चित्र सार्वजनिक गरेसंगै उक्त चित्रमा उपस्थित सबैले खदा र पुष्पगुच्चा अर्पण गरेका थिए । अनेसासका सचिव चित्रकार तथा साहित्यकार दिपेन्द्र राईले भानुको परिचय सहित उनको योगदानको चर्चा गरेका थिए ।

    कार्यक्रमका सभापति तथा अतिथिहरुले मन्तव्यकोक्रममा नेपाली भाषा तथा साहित्यको क्षेत्रमा भानुले पु¥याउँनु भएको योगदानको चर्चा गरिएको कार्यक्रममा अनेसासका सल्लाहकार र कार्य समितिका पदिाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो । उक्त अवसरमा सुनिता गिरी, पूर्णिमा शाह, टोपबहादुर याक्खा, रोजी शेर्पा, युरिया गुरुङ, रन्जिता थापा, राहेन मेरी, विष्णु मुखिया, दिपेन्द्र राई, रेजिना छेन्चुरी, आयुसी पौडेल, कमल पौडेल, डी.बी. पालुङवा, रमण गुरुङ लगायतले सृजना वाचन समेत गरेका थिए ।

    अनेसासका उपाध्यक्ष रमण गुरुङको स्वागत मन्तब्यसंगै शुरु भएको कार्यक्रमलाई महासचिव पूर्णिमा शाहले संचालन गरेकी थिइन् । २००६ मा पसन तमुको अध्यक्षतामा गठित अनेसास हङकङ च्याप्टर केही वर्ष निष्कृय रहे पछि गत साल भविन लिम्बूको अध्यक्षमा पुनर्गठन गरिएको छ ।

  • कमेन्ट गर्नुहोस्