• प्रथम लिंखा मेमोरियल कपको उपाधी एसीईलाई

  • १९ अगष्ट । प्रथम कृष्णबहादुर लिंखा मेमोरियल कपको उपाधी एसीई फुटबल क्लबले हात पारेको छ । व्यावसायी तथा समाजसेवी स्व.कृष्णबहादुर लिंखाको स्मृतिमा पहिलो पटक आयोजित उक्त फुटबल कपको उपाधी नौ हजार डलरसहित ट्रफी तथा मेडल रहेको थियो ।

    ओपनतर्फ १३ र भेट्रानतर्फ ४ गरी जम्मा १७ वटा नेपाली फुटबल क्लबहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा उपविजेता जोर्डन फुटबल क्लबलाई चार हजार पाँच सय डलर सहित ट्रफी र मेडल प्रदान गरिएको थियो ।

    भेट्रानतर्फ सामसेइपु फुटबल क्लब हङकङ डलर चारहजार पाँचसय प्राप्त गर्न सफल भयो भने उपविजेता गोर्खा इन्टरनेशनल फुटबल क्लबले दुई हजार प्राप्त ग¥यो ।

    उत्कृष्ट खेल प्रदर्शन गर्दै रेफ्री, आयोजक तथा दर्शकहरुको समेत मन जित्न सफल खेलाडी सुरेन गुरुङले वेष्ट प्लेयरसंगै वेष्ट गोल किपरको समेत उपाधी हात पारे भने युवा खेलाडी दिपेश मोक्तानले हाइएष्ट स्कोरको उपाधी पाए ।


    युनलङस्थित अन हिङ प्लेग्राउण्डमा आयोजित कार्यक्रमका आयोजक लिङमा कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ लिमिटेडकी प्रोप्राइटर तथा स्व. लिंखाकी श्रीमती माया थुलुङ राई, प्रमुख अतिथि किरात राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र राई र विशेष अतिथिहरु संखुवासभा समाजका अध्यक्ष टोपबहादुर याक्खा, किरात याक्खा छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवान, ब्रिटिश गोर्खा भूपू सैनिक संघका उपाध्यक्ष खडकप्रसाद राई लगायतल पुरस्कार प्रदान गरेका थिए ।

    सन् २०१४ मा अल्पायुमै निधन भएका आफ्ना पति स्व.कृष्णबहादुर लिंखाको स्मृतिमा आयोजित प्रतियोगिता आगामी वर्षदेखि रनिङ कपको रुपमा निरन्तर आयोजना गर्दै जाने श्रीमती माया थुलुङ राईले बताइन् ।

    संखुवासभा, तामाफोक पुख्र्यौली भएका पूर्व ब्रिटिश गोर्खा सैनिक स्वं.कृष्णबहादुर लिंखा लिङमा कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ लिमिटेडका संस्थापक हुन । व्यावसायसंगै उनी समाज सेवामा पनि थिए । उनले पुख्र्यौली लगायत नेपालका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेका थिए ।

  • कमेन्ट गर्नुहोस्