युवामाझ असुरक्षित यौन सम्पर्क बढ्दो
विद्यालयमा सुरक्षित यौन सम्पर्क सम्बन्धि उचित ज्ञानको “गम्भिर अभाव” औंल्याउँदै, यौनमा सक्रिय १४ देखि २५ वर्षका हङकङेलीहरुको बढ्दो संख्याले असुरक्षित यौन सम्पर्क राख्न थालेको एचआईभी रोकथामको क्षेत्रमा कार्यरत एउटा गैरसरकारी संस्थाले मंगलबार जनाएको छ ।
जोर्डनस्थित एड्स कन्सर्नको केन्द्रमा एचआईभी वा अन्य यौन रोग परिक्षण गर्न आएका ३ हजार १३ जना युवामा पाँच वर्ष लगाएर गरिएको एक सर्वेक्षणको आधारमा यस्तो निष्कर्ष निकालिएको हो । प्रत्येक वर्ष गरिएको सर्वेक्षणको संख्या उपलब्ध नगराईए पनि, सन् २०१४–१५ यता चार समूहमा – कसैसँग प्रेम सम्बन्धमा रहेकासँग यौन सम्पर्क राख्नेहरु, नियमित साथीसँग यौन सम्पर्क राख्नेहरु, अनियमित साथी (क्याजुअल पार्टनर) सँग यौन सम्पर्क राख्नेहरु र यौनकर्मीसँग यौन सम्पर्क राख्नेहरु – कण्डमको प्रयोगमा कमी आएको देखाएको छ ।
बितेको ६ महिनामा प्रत्येक पटक यौन सम्पर्क राख्दा कण्डमको प्रयोग गरे–नगरेको प्रत्येक व्यक्तिलाई सोधिएको थियो । सन् २०१७–१८ मा, यौनकर्मीसँग यौन सम्पर्क राख्ने ७१ प्रतिशतले कण्डम प्रयोग गरेका थिए । तुलनात्मक रुपमा सन् २०१४–१५ मा ८४ प्रतिशतले मात्रै कण्डम प्रयोग गर्थे । सन् २०१३–१४ मा कण्डम प्रयोग गर्नेहरु ५८ प्रतिशत मात्रै थिए ।
तर अन्य तीन समूहका लागि, सोही अवधिमा कण्डम प्रयोग गर्नेहरुको संख्या पनि ओरालो लागेको छ । अनियमति साथीसँग यौन सम्पर्क राख्दा कण्डम प्रयोग गर्नेहरु ५६ प्रतिशतबाट झरेर ३६ प्रतिशत पुगेका छन् । त्यसैगरी विपरीत लिंगीसँग प्रेमसम्बन्धमा रहेका ४५ प्रतिशतले कण्डम प्रयोग गर्दै आएकोमा झरेर २७ प्रतिशत पुगेको छ, र नियमित साथीसँग यौन सम्पर्क राख्दा कण्डम प्रयोग गर्नेहरु ४५ प्रतिशत रहेकोमा २८ प्रतिशतले मात्रै प्रयोग गर्न थालेका छन् ।
झण्डै ७० प्रतिशत पुरुष रहेका सहभागीहरुले कण्डम प्रयोग नगर्नुको मुख्य कारण, यौन रोग लाग्ने न्युन जोखिम भएजस्तो लागेको र उनीहरुले “मूड पनि बिगार्न” नचाहेको बताएका छन् । सर्वेक्षण गरिएका आधाभन्दा धेरैलाई कण्डम वा गर्भनिरोधक चक्कीजस्ता गर्भनिरोधको विधिबारे ज्ञान भएको एड्स कन्सर्नले जनाएको छ ।
“अर्थात् कुनै वैज्ञानिक आधार नभएको अन्य विधिमा बाँकी रहेका ५५ प्रतिशतले विश्वास गर्ने गरेका छन्,” गैरसरकारी संस्थाको वकालत तथा सामुदायिक अनुसन्धान प्रबन्धक जिम हो क्वुन–हुङले भने ।
“सहभागीहरुमा यौन शिक्षाको गम्भिर अभाव रहेको देखाउँछ, जुन एकदमै चिन्ताको विषय हो ।”
होले सहभागीहरुले दिएको प्रतिक्रियालाई उद्धृत गरेका हुन् । यौनसाथीले वीर्यस्खलन हुनु अघि नै योनीबाहिर झिके, वा महिनावारी चक्रअघि “सुरक्षित अवधि” गणना गरेर यौन सम्पर्क राखे गर्भ नरहने उनीहरुको विश्वास छ ।
सरकारले नयाँ एचआईभी संक्रमण सम्बन्धि पछिल्लो त्रैमासिक तथ्याङ्क सार्वजनिक गरेसँगै एड्स कन्सर्नको यस्तो नतिजा आएको हो । यो वर्षको दोश्रो त्रैमासिकमा १ सय ५४ जनालाई एचआईभी संक्रमण भएको पत्ता लागेको छ । योसँगै यो वर्ष एचआईभी संक्रमितहरुको संख्या २ सय ९६ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा कम्तिमा एक चौथाई कम छ ।
एड्स कन्सर्नका कार्यक्रम निर्देशक म्यान्डी च्योङ हिउ–वाहले यौन शिक्षामा कसरी सुधार ल्याउने भन्ने नै ठूलो मुद्दा भएको बताए ।
“उनीहरु बालबालिका ठूलो भएपछि यौनबारे कुरा गरौं भन्छन्, तर विश्वविद्यालयका विद्यार्थीहरुसँग उचित ज्ञानको पहुँच नभएको घटनाहरु पनि छन्,” च्योङ्ले भने,“यो आनाकानीको विषय हुनुहुँदैन, तर मञ्जुरी लिनेजस्ता वृहत यौन शिक्षाबारे हुनुपर्दछ ।”
ताईवान वा बेलायतजस्तो हङकङका विद्यालयहरुलाई यौन शिक्षा स्वतन्त्र विषयजस्तो पढाउन आवश्यक छैन । अर्थात्, कुनै निश्चित पाठ्यक्रम, वा उक्त विषयमा खर्च गर्नुपर्ने न्युनतम समय तोकिएको छैन । समलैंगिकता र कण्डमको प्रयोगजस्ता केही निश्चित विषयहरु, विशेष गरी धार्मिक संस्थासँग आबद्ध वा पृष्ठभुमि भएका विद्यालयमा संवेदनशील वा विवादास्पद मानिने भएकाले शहरका सबै विद्यालयहरुमा व्यवस्थित रुपले पढाउन कठिन हुनसक्ने होले बताए ।
हङकङको युवा वर्गमा यौन शिक्षा कसरी सुधार गर्नेबारे कम्तिमा सार्वजनिक परामर्श शुरु गर्न उनले सरकारलाई आग्रह गरेका छन् । युनिभर्सिटी अफ हङकङबाट स्नातक सकेका २२ वर्षे युवाले विद्यालयको यौन शिक्षा पर्याप्त नभएको बताए ।
“मैले एक पटक हाईस्कूलमा यौनबारे सिकेको थिएँ, तर त्योसँग सम्बन्धित विभिन्न रोगभन्दा बढी केही थिएन,” गोपनियता चाहने ती पुरुषले बताए ।
“शिक्षकहरु पनि यौनबारे कुरा गर्न अप्ठ्यारो मान्छन् । सर्वसाधारण, विशेष गरी आमाबाबु र शिक्षकहरु, विवाहपूर्वको यौन सम्बन्धलाई राम्रो मान्दैनन्,” उनले भने ।
शिक्षा ब्युरोका एक प्रवक्ताले यौन शिक्षालाई सधैं दुई भिन्न, र प्राथमिक र माध्यमिक विद्यालयहरुमा नैतिक र नागरिक शिक्षामा समावेश गरिएको छ ।
“पाठ्यक्रम विकास निरन्तर चलिरहेको र निरन्तर चल्ने प्रक्रिया हो,” प्रवक्ताले भने,“पाठ्यक्रमबारे समुदायको दृष्टिकोणलाई शिक्षा ब्युरोले नजिकबाट अनुगमन गर्ने र समयसमयमा समीक्षा र सुधार गर्नेछ ।”
-नाओमी ङ/जेन झाङ, एससीएमपी