• अनेसासको भानुजयन्ती : बेमौसमी धुन

  •  

     

    एक महिनापछि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) हङकङ च्याप्टरले भानुजयन्ती सम्पन्न गरेको छ । यो बेमौसमी धुन बजाई भयो ! मौसममा बजाइएको धुनको महत्व हुन्छ । दशैंमा मालसिरी, तिहारमा देउसी, उधौली¬–उभोलीमा साकेला, गौरामा देउडाको महत्व हुन्छ । मालसिरी, देउसी, साकेला, देउडा अरुबेला पनि गाइन्छ तर त्यसको खासै महत्व हुन्न । गैर–आवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा सम्पन्न भइसकेको अवस्थामा अनेसासको भानुजयन्ती बेमौसममा बजाइएको धुन बन्यो ।

    हङकङमा भानुजयन्ती हङकङ नेपाली फाउण्डेसनले एक दशक अघिदेखि सम्पन्न गरिरहेको थियो । यसै क्रममा विश्व नेपाली साहित्य महासंघले पनि भानुजयन्ती मनाउने सूचना प्रकाशित गरेपछि फाउण्डेसनले विज्ञप्तिमार्पmत सानो ठाउँ र साहित्यमा संलग्नहरुको संख्या सिमित रहेको परिप्रेक्ष्यमा दुईटा भानुजयन्ती सान्दर्भिक नहुने भएकोले महासंघलाई समर्थन जनाएको थियो । विडम्वना ! महासंघले अर्को वर्षदेखि त्यसलाई निरन्तरता दिन सकेन । तीन वर्ष लगातार भानुजयन्ती हङकङमा मनाइएन ।

    यस वर्षदेखि एनआरएनएले विश्वभर भानुजयन्तीलाई ‘नेपाली भाषा तथा साहित्य दिवस’को रुपमा मनाउन निर्णय ग¥यो । सोही बमोजिम अग्रिम रुपमा सूचना सम्प्रेषण ग¥यो । तोकिएकै मितिमा अनेसासका पदाधिकारीलगायतका साहित्यकर्मी, अनुरागी र प्रेमीकाबीच कार्यक्रम सम्पन्न भयो ।

    भानुजयन्ती सकिएपछि अनेसासले कार्यक्रम गर्ने सूचना प्रकाशित भयो । अनेसासले भानुजयन्ती मनाउन हुन्न भन्ने होइन । प्रमुख कुरा त्यसको औचित्यता हो । तीन–तीन वर्ष शून्य हुँदा चुप लाग्ने अनेसास एनआरएनए जुर्मुराएपछि चलमलाएको देखियो, जुन स्वाभाविक देखिएन ।

    नेपाली साहित्याकाशमा अनगिन्ती नक्षत्रहरु रहेका छन् । एउटै जयन्ती दुई संस्थाले सम्पन्न गर्नु भन्दा छुट्टाछुट्टै कार्यक्रम गर्न सकिएन सुनमा सुगन्ध हुने थियो । फाउण्डेसनले भानुजयन्ती पछि पारिजात जयन्ती मनाउन शुरु गरेको छ । त्यसैगरि दुईटा संस्थाले भानुजयन्ती मनाउनु भन्दा एउटा संस्थाले कुनै अर्को श्रष्टाको जयन्ती मनाए सान्दर्भिक हुने थियो । यसलाई सम्बन्धित संस्थाले मनन गर्न आवश्यक छ ।

  • कमेन्ट गर्नुहोस्