• साहित्य शृङ्खलामा कल्पना काफ्ले

  • कवि कल्पना काफ्ले सिर्जना वाचनको क्रममा लगायत अन्य । तस्बिरः टोपबहादुर याक्खा ।

    २८ अक्टुबर । हङकङ साहित्यिक साझा शृङ्खलाको ७८ औं संस्करणमा कवि कल्पना काफ्ले सुनिएकी थिइन् । उनले प्रकाशोन्मुक छन्द कविता संग्रह ‘भाव सरोवर’बाट आधा दर्जन बढी कविताहरु सुनाएकी थिईन् ।

    नेपाल वायुसेवा निगमको जागिरकै सिलसिलामा केही दिनका लागि नेपालबाट यहाँ आइपुगेकी कवि काफ्लेलाई शृङ्खलाकोतर्फबाट खदा लगाएर सम्मान गरिएसंगै परिचयात्मक कार्यक्रम राखिएको थियो । नयाँपेजको कार्यालयमा सम्पन्न कार्यक्रममा साहित्यिक भलाकुसारी र सिर्जना वाचन गरिएका थिए ।

    मैले भन्नु छ आज पर्ख युगकी द्रष्टा थियौं बालक
    कस्तो लागिरहेछ जीवनकला यो फूलमालातक
    आमा बाँच चिरायु भन्छु म यही केही नमानी धक
    हाँस्दै थाम्नु छ सृष्टिकर्म थपको धर्ती नमर्दातक
    (काफ्लेको ‘आमाको जन्मदिन’ शिर्षकबाट)

     

    सल्लाहकार बज्रकुमार राईको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई संरक्षक दाजु गुरुङले संचालन गरेका थिए भने संयोजक डी.बी. पालुङवा, सरंक्षक राजकुमार राई तथा सल्लाहकार लालबहादुर गुरुङले मन्तव्य राखेका थिए ।

     

  • कमेन्ट गर्नुहोस्