• चासोक तङ्नामको रौनक

  • किरात याक्थुङ चुम्लुङका कलाकारहरु केलाङ प्रस्तुत गर्दै । तस्बिर: टोपबहादुर याक्खा ।

    २५ डिसेम्बर । यले सम्वत ५०७८ चासोक तङनाम (उधौली)को अवसरमा किरात याक्थुङ चुम्लुङद्वारा मंकि हिलमा औपचारिकसहित विविध कार्यक्रम सम्पन्न भव्यताका साथ आयोजना गरियो ।

    चुम्लुङकी अध्यक्ष कमल कुमारी लिम्बू (असली वनेम)को सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रमको प्रमुख अतिथि लिम्बु समुदायका ज्येष्ठ महिला चेम्जोङ नेम्वाङ रहेकी थिइन् भने हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, आदिवासी जनजाति महासंघका अध्यक्ष किसन राई, गैर–आवासीय नेपाली संघकी अध्यक्ष राधिका गुरुङ लगायत विभिन्न जातीय तथा क्षेत्रीय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथि रहेका थिए ।

    सभापति र प्रमुख अतिथि बुद्धमाया चेम्जोङ नेम्वाङद्वारा पानस बालेर उद्धघाटन गरिएको उक्त कार्यक्रममा अतिथिहरुले चासोक तङनामको अवशरमा शुभकामना मन्तव्य राख्दै आफ्नो भाषा, भेष भुषा, संस्कृति र चाड पर्वहरुलाई जगेर्ना गर्दै लैजानु पर्नेमा जोड दिएका थिए ।


    महासचिव ईन्द्र लेक्समद्वारा संचालन गरिएको औपचारिक कार्यक्रमकै क्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने लिम्बू समुदायका व्यक्तित्व, कलाकार, उत्कृष्ट भेषभुषा, छेलो लगायत विभिन्न खेलका विजेतालाई पुरस्कार तथा प्रसंशा पत्र सहित सम्मान गरिएको थियो ।

    औपचारिक कार्यक्रमको समापनसंगै सुरु भएको सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका कलाकारहरु प्रकृति थलङ, निर्मल लिम्बू, सुरज मादेन, एकदेव लिम्बूका साथै स्थानिय कलाकारहरु रोशा लिम्बू, सक्थिम योङया, राजु आङदम्बे लगायतले गीत गाएर मनोरञ्जन दिएका थिए भने अन्य विभिन्न कलाकारहरुद्धारा एकल तथा सामुहिक नृत्य, केलाङ नाच, धान नाच, पालम, हाक्पारे आदि प्रस्तुत गरिएको थियो ।

  • कमेन्ट गर्नुहोस्