• सरगम साँझ : दीप श्रेष्ठको आधा शतक

  • प्रस्तुतिको क्रममा दीप श्रेष्ठ । तस्बिरः टोपबहादुर याक्खा ।

    ३० डिसेम्बर । सदाबहार गायक दीप श्रेष्ठको गायन यात्राको ५० औं वर्षगाँठसंगै ‘सरगम साँझ–३’ सम्पन्न भयो ।

    नेपाल क्लब हङकङद्वारा आयोजित कार्यक्रममा लाइभ ब्याण्ड सहित उत्रिएका उनले आफ्ना चर्चित गीतहरु ‘म पत्थरको देवता होइन…’, ‘भन्थी मेरी उनी…’, ‘मुटुको ढोका खोलेर राख्छु…’, ‘हर रात सपनीमा…’, ‘म त दूरदेखि आएँ…’ लगायतका गीतहरु सुनाएर दर्शक तथा शुभचिन्तकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

    याउमातेई कम्युनिटी सेन्टरमा आयोजित उक्त सांगीतिक कार्यक्रमको युगल तथा सामुहिक गीतहरुमा भने छोरी दृष्टि श्रेष्ठका साथै स्थानीय सरला गुरुङ, रोशा लिम्बू, पवित्रा राई र हर्षित आलेले साथ दिएका थिए । उक्त अवसरमा संगीतकार दिनेश सुब्बाले गायक श्रेष्ठको जीवनी वाचन गरेका थिए ।

    गायक दीप श्रेष्ठ लगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको उक्त सांगीतिक कार्यक्रमलाई नेपाल धरानबाटै आएकी आर.जे. ईक्सा मादेनले संचालन गरेकी थिइन् । कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीकोसमेत उपस्थिति रहेको थियो ।

  • कमेन्ट गर्नुहोस्