किरात प्रदेश नै किन ?
प्रदेश क्रमाङ्क–१ को नामाकरण साझा बनाउने विषयमा किरात याक्थुङ चुम्लुङ(कियाचु) ले आप्mनो १० औं महाधिवेशनको पूर्वसंघारमा पत्रकार सम्मेलन गरेर किरातवादी शक्ति किरात राई यायोक्खा(किराया) सँग औपचारिक वार्ता थाल्ने बताएपछि एउटा सुखद विषयको सुरुवात भएको थियो । तर, महाधिवेशन नजिकिदैँ जाँदा किराया र कियाचुबीच भएका ‘वार्ता’ हरु औपचारिक सिलसिलामात्र सिमित भयो । निकासको कुराभन्दा पनि आ–आफ्ना धारणा एकअर्कालाई सुनाउने काम भयो, जो पहिले नै पनि सुनाईसकिएको थियो । यतिबेला दुईवटै शक्ति आ–आफ्ना धारणा बोकेर कित्ताकाटको स्थितिमा छ ।
आफ्नो सांगठानिक नामको अगाडि ‘किरात’ जोडिएका किराया र कियाचु दुवैले आ–आप्mना महाधिवेशनबाट क्रमशः ‘किरात प्रदेश’ र ‘लिम्बुवान प्रदेश’ को माग उठाएको छ । दुवै शक्तिहरु प्रदेशको नामको सवालमा फरक देखिए पनि दाबी गरिएको भूगोल एउटै हुनुमा मिलनविन्दुको अघोषित संकेत पनि देख्न सकिन्छ । एउटै भूगोलका दुई फरक नामका प्रस्तावकहरु एउटा कित्तामा उभिन सके पहिचानसहितको प्रदेशको नामाङ्कन साँच्चै नै सार्थक हुनेछ । यद्यपि, अहिले प्रदेश क्रमाङ्क–१ को दृश्य हेर्दा एउटै कित्तामा उभिन सक्ने देखिन्न । पहिचानी नामाकरणको लागि साझा शक्ति बन्न एकीकृत हुनु पर्नेमा आ–आफ्नै माग वा मुद्दा उराल्ने लयमा देखिएको छ । जसले गर्दा ‘पल्टने भाग्य’ को कथा पुनरावृत्ति हुने देखिएको छ । त्यसैले कथाको पुनरावृत्ति हुन दिनुभन्दा माग र मुद्दाको सवालमा किरायाले उठाएको ‘किरात प्रदेश’ ऐतिहासिक, समाजिक, राजनीतिक तथा तार्किक रुपले जसरी पनि बहस गर्न सकिने र प्रवेश गर्न सकिने भएकोले यसैलाई पहिचानी नाम बनाएर जान आवश्यक छ । जसको बारेमा बहसकोलागि तलका बुँदाहरु छनौट गरिएको छ ।
शाब्दिक रुपमा किरात
‘किरात’ शब्द आफैमा विशाल अर्थ बोक्ने शब्द हो । शब्दार्थको रुपमा हेर्ने होभने ‘किरात’ शब्द मनचिन्ते झोला (Pandora box) हो । जहाँबाट जुन अर्थ लगाए पनि पाउन सकिन्छ । अर्थात, वृहत अर्थ दिने किरात शब्द कोही कसैले लेखक हुने धुनमा लेखेको आत्माज्ञानी इतिहास वा राजनीति गर्नकोलागि आफू अनुकुल गरेको व्याख्या नभइ हजारौं वर्षको कसीमा घोटिएर निरन्तर चलन वा व्यवहारमा आएको शब्द हो । त्यैसैले किरात शब्दले सभ्यता बोक्छ, इतिहास बोक्छ, संस्कृतिको मानक बन्छ र मनोविज्ञान नै पनि बोकेको छ । अहिले ‘किराती’ भन्ने बित्तिकै आमरुपमा बुझिने जुन विम्ब छ, त्यो विम्ब अहिले भर्खरै कोही कसैले उत्खनन् गरेको वा चलाएको नभइ हजारौं वर्षदेखिको निरन्तरताको सार बुझाई हो ।
प्रा.डा. टङ्क न्यौपानेले मञ्चबाटै भाषण गरेर ‘किरात प्रदेश’ नाम प्रदेश क्रमाङ्क–१ को लागि ‘साझा हुने’ देख्नुमा सभ्यता, इतिहास, संस्कृति र मनोविज्ञानको साररुप हो । वैदिक कालदेखिको लिखित व्याख्याको निरन्तरता र ऐतिहासिकरुपले प्रमाणित गरिएको तथ्यका कारण नै प्रा.डा. न्यौपानेजस्ता विद्वानहरु किरात प्रदेशलाई वैचारिकरुपले स्वीकार गर्न तयार रहेकाछन् । वेदका ऋचाहरु हुन् वा पुराणका पानाहरु ‘किरात’ नामलाई कुनै न कुनै रुपले स्वीकार या व्याख्या गरिएको छ । जसलाई चाहनेहरु केहीक्षणमात्र तोडमोड गर्न सक्छन् ।
भाषिकरुपमा किरात
माथि नै पनि भनियो, किराती भन्ने बित्तिकै आउने विम्ब अनुभूतिको गहिराईबाट आएको वस्तु होइन । यो विम्बकोलागि हजारौं वर्षहरुको निरन्तरता छ । यही निरन्तरता भाषाको सवालमा पनि लागू हुन्छ । ‘पूर्वी हिमालय क्षेत्रमा बसोबास गर्नै किराती’ (चटर्जी)१ को विम्बमा पर्नेहरुले बोल्ने भाषालाई पनि आमरुपमा किराती भाषा (Kiranti languages) भनेर परिभाषित गरिएको छ । (तुम्बाहाङ)२का अनुसार भाषिकरुपले हायु, सुनुवार, राई,याक्खा र लिम्बूहरु किरात भाषी अन्तर्गतको समूहमा रहेको छ । तुम्बाहाङको यो स्वीकारोक्तिअघि नै भौगोलिक कोणबाट किरातीको वस्ती भएकोलाई वल्लो किरात, माझ किरात र पल्लो किरात भनिएको जिकिर इतिहासकार हड्सनले गर्दै आएको छ । हड्सनको दावी छ, सो तीन किरात क्षेत्रमा बोलिने अलग–अलग भाषिक विशेषता छ, जसलाई समग्रमा किराती भाषा भनेर बुभ्mन सकिन्छ ।
अर्थात, भाषा पनि हजारौं वर्षदेखिको अभ्यास हो । कोही कसैले भाषा बनाउँछु भनेर बन्दैन । यही भाषिक आधारमा पनि ‘किरात’ नाम जोडिएर आएको कुरा इतिहासले देखाएको छ ।
सामरिक महत्वमा किरात
खम्बुवान स्वायत्तता माग राख्दै आएको गोपाल खम्बू अन्ततः सामरिक कारणले नै ‘गोपाल किराती’ भएर देखा परेका हुन् । वि.सं. २०५८ सालभन्दा अगाडि दुई बेग्लै संगठन खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको महान जनयुद्धमा थिए । ती फरक दुई संगठनको एकीकरणपछि साझा नाम ‘किरात राष्ट्रिय मोर्चा’ राखिएको थियो । त्यसबेला गोपाल खम्बूले स्वतन्त्ररुपमा हाँकेको अरुणपारिको खम्बुवानी लडाइँ जिर्ण र छिन्नभिन्न हुँदै गइरहेको थियो । यसैगरि अर्काेतिर माओवादीको संलग्नतामा भक्तराज कन्दङ्वाले हाँकेको अरुणवारिको लिम्बुवानी लडाइँ प्रचारमुखी र नामकोलागिमात्र थियो ।
क्रान्तिलाई एकीकृतरुपमा उठाउन आवश्यक भएको ठानेर नै दुई शक्ति मिलाएर नयाँ एक शक्ति ‘किरात राष्ट्रिय मोर्चा’ निर्माण गरिएको थियो । दुई शक्तिको मिलनपछि जन्मिएको नयाँ शक्तिले नै महान जनयुद्धको क्रममा पूर्वको विभिन्न स्थलहरुमा ठूला–ठूला हमला गर्न सफल भएको थियो । अर्थात, सामरिकरुपमा खम्बुवान र लिम्बुवानको शक्ति किरातमा एकीकृत भएको थियो । गोपाल किराती दाजुले ‘किरात राष्ट्रिय मोर्चा’ को गठनपछिको भेटमा यो पंक्तिकारलाई गोपाल किराती दाजुले भन्नुभएको थियो–‘साना शक्तिहरुमा विभाजित हुँदा सत्रुले दुवाली थापेजस्तो कम मेहनतमै हाम्रो मुक्तिको अभियानलाई ध्वस्तमात्र होइन कहिले पनि उठ्न नसक्ने बनाउँछ । त्यसैले शक्ति एकीकृतकोलागि नयाँ संगठन बनाईयो ।’
महान जनयुद्धभरि ‘किरात’ नाममा जति शक्ति वा उत्साह देखिएको थियो, अघिल्ला समयमा त्यस्तो देखिएको थिएन । त्यसैले अहिले पनि शक्ति एकीकृत गराउन ‘किरात’ शब्द साझा हुने देखिन्छ ।
फरक मत
सरकारले घोषणा गरेको प्रदेश क्रमाङ्क–१ मा पूर्वी नेपालको १४ जिल्ला समेटिएको छ । सरकारको यो घोषणा करिब–करिब किरायाले प्रस्ताव गररेको १६ जिल्लाको ‘किरात प्रदेश’ सँग निकै नजिकको सम्बन्ध राख्छ । अर्काे किरातवादी शक्ति (सांगठानिक नामकोअगाडि किरात जोडेको हुनाले) कियाचुले भने ९ जिल्लालाई समेटेर प्रदेश बनाउने प्रस्ताव राखेको छ । राजनीतिकरुपमा माग वा मुद्दा आ–आप्mना हुन सक्लान । तर, न्युनतमरुपमा प्रस्तावको वरिपरि हुने गरि आएका अर्काे प्रस्तावलाई पनि स्वीकार गर्न सक्नुपर्छ ।
‘नौ नम्बर’ को नै जुत्ता खोज्नु राजनीतिकरुपले ठीक भए पनि सतहको सम्भावनालाई बुभ्mन भावुक होइन कठोर विश्लेषण र चेतना आवश्यक हुन्छ । नौ नम्बरको जुत्ताकोलागि बनिसकेको १४ नम्बरलाई आप्mनो आकारमा ल्याउनुपर्छ । जो भावनात्मकरुपले सजिलो र सम्भावनाको नजिक छ । र, उत्तिकै कठिन र दुरुह पनि छ । महान जनयुद्धकै क्रममा दुई शक्ति एक हुनुले पनि यो कुरालाई पुष्टि गरिसकेको छ । सरकारले घोषणा गरेको १४ जिल्लाको प्रदेशबाट ५ वटा हटाएर के गर्ने ? वा कसलाई दिने ? यसको वैज्ञानिक र तार्किक जवाफ नभएसम्म नौ नम्बरको जुत्ता बनाउने अभियान बौद्धिक घेराबन्दीमा पर्नै देखिन्छ । तसर्थ, फरक मत राख्दै तत्काललाई साझा नाममा जान सके पहिचानवादी नामको सवालमा निर्णायक बन्न सकिन्छ । त्यो साझा नाम ‘किरात’ बाहेक अन्य हुन सक्दैन ।
‘पल्टने भाग्य’ को कुरा
म सानो हुँदा सुनेको पल्टने (लाहुरे) को कथा हो । त्यसबेला पल्टनेहरु तीन वर्षमामात्र पल्टनबाट घर फिर्न पाउँथ्यो । त्यसपछिमात्र उसले आप्mनो परिवारसाथमा लिएर पल्टन जान पाउँथ्यो । कथाअनुसार पल्टन जानुअघि विवाह गरेका पल्टनेले छुट्टिमा घर फर्कदाँ बाटोमा अर्काे केटीसँग विवाह गरेछन् ।
पल्टनेको बिदा सकिएपछि पल्टन जाने कुरामा पल्टनेको जेठी र कान्छी श्रीमतीबीच विवाद भएछ । दुवै श्रीमतीले आफ्ना अडान छाडेनन् । त्यसपछि निर्णय गर्ने जिम्मा पल्टनेको काँधमा आइलागेछ । उनले अर्काे प्रस्ताव गरेछन्–पल्टन लानकोलागि अर्काे श्रीमती बिहे गर्ने ।
दुवै श्रीमतीले पल्टने श्रीमानको प्रस्ताव यो अर्थमा स्वीकार गरेछन् कि–त्यसको शेखी झारिदिएँ । पल्टने भागमा तेस्रो श्रीमती पर्यो र त्यही श्रीमतीले नै पल्टन जाने मौका पाए । जेठी र कान्छीबीच सहमति हुँदो हो त, पल्टनेको पारिवारिक विवरणमा पल्टन लगेको पहिलो श्रीमती मर्यो भनेर अर्काे श्रीमती बिवाह गरेर ल्याएको भन्न पाइन्थो । यसोगर्दा दुवै जना श्रीमती पालैपालो पल्टन जान पाउँथे ।
हो, अहिले दुई किरातवादी शक्तिहरु पल्टनेसँग को पल्टन जाने भन्ने कुरामा अड्डि लिएर बसेका छन् । आ–आफ्नो अड्डिले पल्टनेलाई अर्काे मौका मिल्ने स्थिति देखिएको छ ।
निष्कर्ष
यो बेला दुई किरातवादी शक्तिले को पहिला पल्टन जाने ? कुरा गर्नुभन्दा पनि साझा विन्दु नै खोज्नु उत्तम हुन्छ । यसकोलागि कुनै पनि शक्तिले आफ्नो ‘मुद्दा ओझेलमा पर्ने’ जस्तो तर्क पाल्नुहुन्न । आपूmले प्रस्ताव गरेको नाम अस्वीकार भयो भने आफू निकटको शक्तिलाई भए पनि स्वीकार गर्ने फराकिलो मन बनाउन सक्नुपर्छ । भारतमा संघीय प्रदेशको इतिहास हेर्ने हो भने सन् १९५० जनवरी २६ मा प्रदेश घोषणा भएको आसामबाट मेघालय (सन् १९७२ जनवरी २१) र मिजोरम (सन् १९८७ फ्रेबुवरी २०) जस्ता दुई अर्काे संघीय राज्य बनेको इतिहास छ । पटकपटकको एकीकृत आन्दोलनकै कारण सन् १९५३ अक्टोबर १ मा घोषणा भएको आन्द्र प्रदेशबाट तलगांना (सन् २०१४ जुन २) छुट्टिएर भारतको २९ औं प्रदेश भएको छ ।
त्यसो त किसान वर्गको प्रतिनिधित्व गर्दै थालिएको चिनिया जनवादी क्रान्तिलाई सफल बनाउन माओत्से तुङले आवश्यकताअनुसार आफ्नै विरोधी शक्ति च्याङकाई शेकसँग पनि हात मिलाएका थिए । त्यो हात मिलाईपछि नै जापानविरुद्धको प्रतिरोध आन्दोलन सफल भएको थियो । अहिले ‘किरात प्रदेश’ भन्दा फरक नाम राखियो भने पछि पहिचानी नामको अर्काे प्रदेश बनाउन निकै जटिल हुन्छ । जति पहिचानी नाम ‘किरात प्रदेश’बाट अर्काे प्रदेश बनाउन सजिलो हुन्छ । त्यसोभए एउटै किरातवादी शक्ति ‘किरात’ नाममा किन एकीकृत शक्ति नबनाउने ? एउटै शक्ति किन हात नमिलाउने ?
१. चटर्जी, From language to DevelopmentÙ 2009:32 मा गोविन्दबहादुर तुम्बाहाङले उल्लेख गरेको
२.गोविन्दबहादुर तुम्बाहाङ, From language to DevelopmentÙ 2009:34