साहित्य श्रृंखलामा ‘टाँकीका फूलहरु’
टोपबहादुर याक्खा
January 11, 2019
३० डिसेम्बर । सृजना वाचन तथा समीक्षा गर्दै ८० औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो ।
संयोजक डी.बी. पालुङवाको अध्यक्षतामा जोर्डनस्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त श्रृंखलामा चित्रकार तथा साहित्यकार दिपेन्द्र राईले चित्रकार तथा साहित्यकार लैनसिंह वाङदेलको ९९ औं जन्मोत्वसको अवसरमा उनले नेपाली साहित्य तथा चित्रकारिता क्षेत्रमा पुर्याएका अतुलनीय योगदान बारे चर्चा गरेका थिए ।
त्यस्तै गरि दाजु गुरुङ, सुनिता गिरी, पूर्णिमा शाह, डी.बी. पालुङवा, सपना पौडेल, लालबहादुर गुरुङ, चन्द्र सम्बाहाम्फे लगायतले आफ्ना सृजनाहरु वाचन गरेर सुनाएका थिए ।
कार्यक्रमको अन्तमा संयोजक पालुङवा तथा सह–संयोजक सुनिता गिरीद्वारा केही पहिले विमोचित श्रृंखलाका संरक्षक दाजु गुरुङको कथा संग्रह ‘टाँकीका फूलहरु’माथि आफ्ना भनाईहरु राखेका थिए । उनीहरुका अनुसार संग्रहमा हामीले देखे भोगेकै कथाहरु समाहित रहेको र समग्रमा यो हङकङकै प्रतिनिधिमूलक पुस्तक भएको बताएका थिए ।
कमेन्ट गर्नुहोस्














