• सरकारी सम्मान पाउन डीएबी नै हुन पर्ने !

  • २ जुलाई । चिफ एक्जिक्युटिभ्स कमेन्डेसन फर कम्युनिटि सर्भिसबाट यस पटक मैनबहादुर थापा सम्मानित हुने भएका छन् । यसबाट सम्मानित हुने उनी बाह«ौ नेपाली हुन् भने आठौं डेमोक्रेटिक एलायन्स फर बेटरमेन्ट एण्ड प्रोग्रेस अफ हङकङ (डीएबी)का सदस्य हुन् ।

    माथिको तथ्याङ्कले के देखाउछ भने सम्मानित हुने नेपाली दुई तिहाइ डीएबीका सदस्य हुन् । त्यसो त उनीहरु डीएबीको सदस्य भएकैले मात्र सम्मानित भएका होइनन् उनीहरुले समाजमा योगदान पनि दिएका छन् तर त्योसंगै प्रश्न उठ्ने गरेको छ डीएबीको सदस्य नभएकाले समाजमा योगदान दिएकै छैनन् ?

    सम्मानका लागि नेपालीलाई सिफारिस शतप्रतिशत याउचिममोङ जिल्लाबाट भएको पाइन्छ । उक्त जिल्लाका नेपाली समुदायसंग नजिक जिल्ला पार्षद् डेरेक हुङ व्यक्तिले समुदायमा पु¥याएको योगदानको आधारमा सिफारिस हुने र त्यसको लागि छुट्टै प्यानल रहने दावी गर्छन् ।

    सोही जिल्लाका अर्का पार्षद् बेन्नी युङ नेपाली समुदायका लागि काम गरिरहेका र योगदान दिएकाहरु धेरैजना डीएबी पार्टीमा आबद्ध भएकोले सम्मानको लागि सिफारिस गर्दा उनीहरु धेरै परेको हुन सक्ने बताउछन् । हुङ र युङ डीएबीबाट पार्षद् हुन् ।

    लामो समयदेखि नेपाली समुदायसंग काम गरिरहेका युनलङ जिल्ला पार्षद् केन चाउ भने सरकारी सम्मानमा पक्षपात हुने र विकृतिपूर्ण रहेको बताउछन् । उनी सरकार निकट लिवरल पार्टीको तर्पmबाट जिल्ला पार्षद् रहेका छन् ।

    सम्मानित रीता गुरुङ याउचिममोङ जिल्ला परिषद्मा डीएबीको बहुमत रहेकोले सिफारिसमा उक्त पार्टीका सदस्यहरुको बाहुल्यता रहनु स्वभाविक ठान्छन् । त्यति हुदाहुदै पनि योगदानको आधारमा सिफारिस हुने उनको दावी रहेको छ । डीएबीको सदस्यता नलिने नेपालीले समुदायमा योगदान दिएका छैनन् ? भन्ने प्रश्न उनले भनिन्, ‘त्यसो त होइन, डीएबीको सदस्यता नलिएका पनि सम्मानित भएका छन् ।’

    बेलायतकालिन समयका शिक्षिका पुष्पा गुरुङ पनि सम्मानित हुने नेपाली अधिकांश डीएबीको सदस्य रहेकोमा आश्चर्य व्यक्त गर्दै भन्छिन्, ‘सम्मानित हुने कतिपयको योगदान समुदायलाई भन्दा बढी डीएबीलाई देखिन्छ । उनीहरुको अनुपातमा समुदायको लागि योगदान दिनेहरु धेरै छन् तर त्यस्ताहरु सिफारिसमा पर्दैनन् ।’

    व्यावसायी कमल पौड्याल भने सिफारिसमा डीएबीको बाहुल्यता रहनुलाई स्वाभाविक मान्छन् । उनले नेपालको उदाहरण पेश गर्दै भने, ‘पञ्चायतकालमा पञ्चले, कांग्रेसको सरकार हुँदा कांग्रेसीले र कम्युनिष्टले आफ्नै सदस्यलगायतलाई सम्मानित र पुरष्कृत गरेको देखिएकै हो, हङकङमा डीएबीका सदस्यले सम्मान पाउनु कुन आश्चर्य हो र ! सरकार पक्षको र ठूलो पार्टी भएकोले आफ्नै सदस्यलाई सिफारिस गर्छन्, अस्वभाविक मान्नु पर्ने कारण छैन ।’

    गैर–आवासीय नेपाली संघका भूतपूर्व अध्यक्ष दुर्गाबहादुर गुरुङ पनि पौड्यालसंग सहमत छन् । त्यसो भए डीएबीका सदस्य बाहेक अन्यको सामुदायिक योगदान छैन त ? उनले भने, ‘भए पनि सिफारिस गर्ने निकायमा डीएबीको बाहुल्यता रहे पछि तिनले आफ्ना सदस्य बाहेक अरुलाई देख्ने कुरा पनि त भएन !’

    चिफ एक्जिक्युटिभ्स कमेन्डेसन फर कम्युनिटि सर्भिसबाट सम्मानित हुने डीएबीका सदस्यहरु बुद्धिबहादुर थापा, कूलप्रसाद गुरुङ, अरुणा गुरुङ, चुराबहादुर थापा, अशोक सुनार गहतराज, दीप थापा, रीता गुरुङ र मैनबहादुर थापा रहेका छन् । अन्यमा पुष्प राई, शर्मिला गुरुङ, पुष्पा गुरुङ र राधिका गुरुङ रहेका छन् ।

  • कमेन्ट गर्नुहोस्