• भंगेरीको पीडा (कथा)

  • यौवनावस्थामा पाइला टेकेका जोडी भंगेरा चिरबिर–चिरबिर गर्दै छिनभर चर्दै, डुल्दै दिनहरु बिताइरहेका छन् । मानव जातिका रोमियो–जुलियट, लैला–मजनु, मुना–मदनको शाश्वत प्रेमझ्ैं चराचुरुङ्गीमा पनि हुँदोरहेछ भन्ने यी भंगेराको जोडीले देखाउँछ । कहिले घर नजिकको रुखमा, कहिले फूलबारीमा, कहिले घरको बार्दली–कौशीमा, अनि कहिले आँगनमा बिहानैदेखि साँझ्सम्म नछुट्टिकन साथै रहन्छन् । उनीहरुको आफ्नै भाषामा ख्याल ठट्टा रमाइलो गर्दैै एक आपसमा मुखको चुच्चो जोडाजोड गर्दै कहिले पालैपालो खेदाखेद गर्दै अत्यन्त रमाइलोका साथ खेलिरहन्छन् । यिनीहरुको दिनचर्या र मिलेको जोडी देख्दा लाग्छ मान्छेको पनि यिनीहरुकोजस्तै जुनी भएको भए कति गजब हुँदो हो ! सप्तरङ्गी इन्द्रेणीको धुनमा मुजुर नाचेझ्ैं नाच्दै, कहिले चटकीको चटकझ्ैं एक–आपसमा चुच्चोे जोडदै, घरीघरी भंगेरीमाथि भंगेरा चढ्दै यौन क्रिडामा तल्लिन हुन्छन् ।

    यिनीहरुको पवित्र माया झँगिएर कैयौं दिन बिते । गुडको स्थायी टुङ्गो भने गरिसकेको हुन्न । साँझ् परेपछि बिजुलीको खम्बामा, कहिले दलिनको च्यापमा, कहिले गाह्रोको टोड्कामा, कहिले निदालको खोपीमा रात बिताउँछन् । सायद उनीहरुको बालबच्चा नभएर होला । यसरी नै दिन बित्दै जाँदा प्रकृतिको नियम न हो, परागसेचनको प्रक्रियापश्चात भंगेरीमा पुङ्केशरको मुना पलाउँछ । यसैले होला दुवैले स्थायी बास स्थानको लागि उनीहरु चर्ने–घुम्ने घरको गाडी पार्कको भित्ताको एउटा प्वाललाई रोज्छन् ।

    बास स्थान चयनपछि त गुँड तयार नहुन्जेल बिहानदेखि साँझ्सम्म उनीहरु पात, पतिङ्गर, छेस्का–छास्की, त्यान्द्रा–त्येन्द्री आदि खोज्दै तल्लिन हुन्छन् । भंगेरा जोडी घर बनाउन थकाइ नमारी काममा तल्लिन हुन्छन् । उनीहरु संकल्प पूरा नभएसम्म कमिलाझ्ैं अति व्यस्त हुन्छन् । यसैले केही दिनभित्रै यी परिश्रमी भंगेरा जोडीको घर तयार हुन्छ । चिटिक्क परेको गुँड बनेपछि बढी मात्रामा गुँड रुङ्ने काम भंगेरीले गर्छे । सायद उसको बोझ्लिो शरीरले गर्दा पनि होला । त्यसैले आजकल भंगेरा र भंगेरी कमै मात्रामा संगै डुल्ने गर्छन् । किनभने भंगेरीले नियमित रुपले अधिकांश समय ओथारोमा बिताउनुपर्ने हुन्छ । बिहानैदेखि झ्मििक्क साँझ्सम्म जोडिएर हिँड्ने युगल आजभोलि भंगेरामात्र न्यास्रो मानेर गुँड वरिपरी घुमिरहन्छ । न्यास्रो लाग्नु पनि स्वभाविक हो, आफ्नी प्रेयसी भने पनि साथी भने पनि परिवार भने पनि हरेक दुःखसुख साथै रहने जोडी उही मायालु भंगेरी न थिइन् ।

    उनीहरुको मायाको सौगात, केही दिनमा नै भंगेरीले दुईवटा अण्डा पार्छे । उसले गुँड वरिपरी सुरक्षा दिइरहने भंगेरालाई तुरुन्त जानकारी गराउँछे । भंगेरा पनि हौसिंदै गुँडभित्र छिरेर हेर्छ । उनीहरुको हर्षको सीमा रहदैन, खुशीले दुवै पुलकित हुन्छन् । अण्डा पारेपश्चात् झ्न् भंगेरी एकैछिन पनि गुँड छोड्दै छोड्दिन, बेलाबेला खाना–पानी खान मात्र निक्लिन्छे । न्यानो र नियमित ओथारोको अवधि पुगेपछि केही दिनभित्रै भंगेरीले बच्चा कोरल्छे । उनले पुनः भंगेरालाई जानकारी गराउँछे । जब भंगेराले आफ्नो सुन्दर दुईटा आत्मीय बचेरा देख्छ, हर्षले गद्गद् हुँदै त्यसै–त्यसै नाचिदिन्छ । बच्चा कोरलेपछि उनीहरु आफ्नो नानीहरुको स्याहार–सुसार, खाजा–भुजामा व्यस्त हुन्छन् । कामको थप जिम्मेवारी उनीहरुमा आएको हुन्छ । किरा, फट्याङ्ग्रा, गेडागुडी आदि बटुल्न हरेक ठाउँ जोडी नै पुगिरहेका हुन्छन् ।

    केही हप्तामा नै बाबा–आमाको न्यानो स्नेह पाएर बचेराहरु तङ्ग्रिन्छन्, भनौं चाँडै आँखा उघ्रेर चकचके उमेरमा प्रवेश गर्छ । त्यसैले होला अब त बचेराहरु खानेकुरो पनि निकै खाने भैसकेका छन् । यसैले दुवै बाबा–आमा चारतिर घुम्दै निरन्तर आफ्ना नानीहरुको लागि आहारा खोजेर ल्याइदिन्छन् । भनिन्छ; हरेक प्राणीको सांकेतिक भाषा र इशारा हुन्छ । त्यसैले उनीहरु पनि हरेक साँझ् दुःखसुखको वार्तालाप गर्छन् उनीहरुकै लवजमा । उनीहरुमा पनि मानिसको जस्तै आत्मा छ, विवेक र भावना छ । जेहोस्, भंगेरा परिवार एकप्रकारले आनन्दको जीवन बिताइरहेका हुन्छन् ।

    विडम्बना ! अकल्पनीय र दर्दनाक घटना । एक दिन सधंैझ्ैं यी भंगेरा–भंगेरी एकाग्र भएर आफ्नै सुरमा बचेराहरुको चारो ओसार्ने क्रममा घरकोे छतमाथि बसेर खानेकुरा टिप्दै गरेको मात्र के हुन्छ, कहिलेदेखि ढुकेर बसेको पापी हुचिलले तिखो नंग्रा र पखेटा फिँजाउँदै निरीह भंगेरालाई च्याप्प समातेर लैजान्छ । विचरा भंगेरा त्यो दुष्टको अगाडि सानै भए पनि आफ्नो प्राण बचाउँन प्रतिकारसंगै आग्रहको लागि च्याँऽऽऽ च्याँऽऽऽ च्याँऽऽऽ गर्दै अत्यन्त मार्मिक वेदना पोख्छ । उसकी प्रियसी झ्न् आत्तिएर कराइरहेकी हुन्छे । दुष्ट हुचिलको अघि रुनु र कराउनुको कुनै अर्थ रहेन । यसरी भंगेरीकै सामु आफ्नो प्राणेश्वर पति हृदयको टुक्रा खोसेर लान्छ । त्यो त्रासदीपूर्ण दृश्य लुप्त नभइन्जेल निरीह भएर हेरिरहन्छे । ऊ यति रुन्छे, छट्पटाउँछे, चिच्याउँछे, त्यसको कुनै सीमा हुँदैन । हुन पनि दुईटा मुटु, एउटा आत्मा, एउटै विचार अनि एउटै लक्ष्य लिएको जोडीलाई सधैंको लागि खोसिदिन्छ । ज्यानमारा हुचिलले गर्नुसम्म ग¥यो । त्यसलाई के थाहा ? त्यसको आहारा कसैको प्राणमात्र नभएर बालबच्चाको संरक्षक पनि थियो भन्ने कुरो ।

    भंगेरी घार हराएको एक्लो मौरीझ्ैं निकैबेर निरास्सिएर, टोलाएर एउटा हाँगामाथि बसिरहन्छे । आफ्नो आँखासामुको दृश्य आफ्नो सहारा मायालुलाई त्यो पापी राक्षसले जिउँदै कसरी चिथोर्दै खान्छ होला ? बचेराहरुलाई कसरी एक्लै हुर्काउने होला ? आदि विभिन्न मनका बिलौनाहरु पुकार्दै, रुँदै, कराउँदै बसिरहन्छे । निकैबेर निस्सासिएर बसेपछि अर्ध पागलझ्ैं फेरि झ्स्किन्छे । आज त निकैबेरदेखि बच्चाहरु भोकै छन् । सधैं दुईजना मिलेर चारो खुवाएको खुवाएकै गर्दा पनि अघाउन मुश्किल पथ्र्यो भने अब त चारो खोज्न बाहिरिएको निकै समय बितिसक्यो । बचेराहरुले बाबा खोजे भने के जवाफ दिने ? यस्तै–यस्तै दुःख बिलौना मनमा खेलाउँदै केही चारो लिएर भंगेरी गुँडमा पुग्छे । दुर्घटना भयो भनेर चिन्तित भैरहनुभन्दा वर्तमान र भविष्यमा आउने समस्याहरुलाई कसरी समाधान गरेर लैजाने ? नहुनु भैगयो आदि–इत्यादि सोचका साथ भंगेरी लामो सुस्केरा हाल्दै संयमित हुन्छे । आफ्ना बचेराहरुलाई आफू एक्लैले हुर्काउने प्रण गर्छे ।

    समयको गतिसँगै अब त बचेराहरुको पखेँटा पलाउन सुरु गरिसकेको छ । त्यसैले थोरै खुराकले उनीहरुको थैला नभरिने भैसकेको छ । भनिन्छ; हरेक आमा आफ्नो बच्चाको निम्ति समर्पित हुन्छे । माकुराले त सिङ्गो शरीर बच्चालाई खान दिएर आफ्नो जीवन नै समाप्त गरिदिन्छ । हो, आज यी भंगेरीले पनि बचेराको निम्ति आपूmलाई समर्पित गरेकी हुन्छे । भौतिक शरीर सिद्राझ्ैं सुके पनि आफ्नो दुःख लुकाई भंगेरीले प्यारा बचेरालाई न्यानो वात्सल्य दिइ नै रहेको हुन्छे ।

    दिनहरु बित्दै जान्छन् बचेराहरु पनि छिट्टै बाहिरको संसार घुम्ने मीठो कल्पनामा डुब्छन् । कहिले गुँडदेखि बाहिर निस्कन खोज्छन् किनभने बाहिरी संसारको बारेमा आमाले वर्णन गरेकी हुन्छे । उनीहरु आफ्नी आमाको वर्णनले बाहिर निस्कन लालायित हुन्छन् । यसरी दुईवटा बचेरासँगै भंगेरीले दुःखसुखसँग भोकै–तिर्खै संघर्ष गर्दै जसोतसो समय बगाइरहेकी हुन्छे । उसको सहारा भने पनि साथी भने पनि मुटुका टुक्रा जोडी बचेराहरु नै हुन् । फेरि अब त उनीहरु आफ्नी आमासँग धेरै कुरा गर्ने र धेरै कुरा बुझने पनि भैसकेका छन् । यसैले भंगेरीले बच्चाहरुको चुलबुले पनमा आफ्नो दुःख भुलेकी हुन्छे ।

    अकल्पनीय समयको हुरी कति निष्ठुरी र दर्दनाक हुँदो रहेछ । उनीहरुको गुँडमुनि राखिने गाडीमा झर्ने गरेको विष्टाबाट दिक्क भएका गाडी मालिकले के सम्झ्यो हो आपूmसंगै लिएर आएको पानी स्वाट्ट पारेर प्लाष्टिकको बोतल चाहिँ भंगेराको गुँड भएको टोड्कामा घुसाइदिन्छ । उसको दानव आत्माले सोचेन चरामा पनि आत्मा हुन्छ । हुर्कन लागेका ती मुनाका पीडादायक च्याँऽऽऽ च्याँऽऽऽ च्याँऽऽऽ कारुणिक रोदनले रत्तिभर छुँदैन निर्दयी, कलुषित मनोग्रन्थी बोकेको स्वाँठलाई ।

    भंगेरी सधैंझ्ैं बिहानैदेखि आफ्ना हुर्किन लागेका बचेराहरुलाई चारो खोज्न गएकी हुन्छे । मुखभरी चारो लिएर गुँडभित्र पसौं भन्दा अप्रत्यासित र अनपेक्षित प्वाल बन्द देख्छे । सुरुमा त गलत ठाउँमा आइयो कि भनेर दायाँ–बायाँ, तल–माथि सबै हेरी उसले । कसरी गलत हुन्थ्यो र ! दिनरात बिताएको आफ्नो घर । निकैबेर कराउँदै बोतलको छेउमा उड्दै हेरी । पीडाले प्रताडित भंगेरी कराई, चिच्याई, आत्तिई । तर, त्यो भावविह्वल रुवाइको अर्थ बुझ्दििने र सुनिदिने कोही हुँदैन । यसरी घण्टौं कराएर, छट्पटाएर उसले रात पारी । उसले धेरै सम्झ्ी आफ्ना मुटुका टुक्राहरु भोकले कति छट्पटाउँदै होलान्, आमालाई कति पर्खे होलान्, कति बोलाए होलान्, आदि । दुःखसुखका साथ हुर्किएर उड्न लागेका बचेरा सम्झेर उसको छातीमा डढेलो लाग्छ । त्यो रात गुँडको वरिपरी बत्तीको उज्यालोमा रात बिताउँछे ।

    भोलिपल्ट उज्यालो हुँदा उसलाई झ्निो आशा पलायो । गँुडभित्र थुनामा परेका अवोध जोडी बचेरा भने कतिखेर आमा आउछिन् र खानेकुरा ल्याउछिन् । हाम्रो घर दिनमै पनि किन अँध्यारो ? श्वास फेर्न पनि मुश्किल भनेर एकआपसमा कुरा गर्छन् । अब त आमा आउनुहुन्छ, आउनुहुन्छ, आज आमाले किन ढिला गर्नुभयो ? भनेर निकैबेर प्रतिक्षा गर्दा पनि धेरै समय बित्छ । आमाको अनुपस्थितिमा बचेराहरु भोकले, प्यासले छट्पटाउँछन्, कराउँछन्, हृदय विदारक पीडाले आकुलव्याकुल हुन्छन् ।त्यो निर्दोष बचेरालाई के थाहा ? पापी मानवले आमा आउने मूलद्वार नै बन्द गरिदिएको छ भनेर । मायालु आमाको अनुपस्थितिमा पट्यारलाग्दो लामो समयको पीडाको छट्पटाहटमा बाह्य संसारको अनुभूति गर्न नपाइ बाल चिच्याइ मन्द–मन्द हुदै विलिन हुन्छ ।
    शोक र सुर्ताले केही नखाई हाड र छालाको कमजोर शरीर लिएर भंगेरी बोतलको बुजो लगाइएको टोड्का वरिपरी मुटुका टुक्रा भेट्ने आशामा दिनरात स्वर सुक्नेगरी दुखान्त गीत गाउँदै रोइरहन्छे । गन्तव्यहीन यात्रीझ्ैं, अर्धपागलझ्ैं भौंतारिरहन्छे ।

  • कमेन्ट गर्नुहोस्