आज बाँचेको पुच्छारघरे कान्छा (कथा)
पुच्छारघरे कान्छा अर्थात पूर्णबहादुर । साइनोमा उनी मेरा पान्छाके दाजुभाइभित्रका काका हुन् । उमेरका हिसाबले पनि एकबीसमाथि नै छन् । हामी एउटै टोलबासी, माने छिमेकी । काका सोझा प्रवृत्तिका साधरण लेखपढ भएका गाउँले हुन् । परिवार दुईमात्र, बाउ–आमा, काका सानै छंदा बितेका’ रे । दुई दाजुभाइसंगसंगै बस्दै आएका काकी ल्याएपछि छुट्टै बस्न थालेका थिए ।
जोडी बाँधेको पाँच–सात वर्ष बिते पनि काकाको कुनै सन्तान भएको थिएन । खोट दुईमा कस्को थियो आजसम्म कुनै जाँच पडताल भएको थिएन । काकाको आफ्नो माहिंलो काका पनि निसन्तान थिए’ रे । तेसैले होला गाउँलेहरु संका गर्थे कि खोट कान्छो मै होला । दोस दुईमा कस्को भनी नखुटिए पनि काकाले आपूmमै बढी संका गरेभैंm लाग्थ्यो । तेसैले हो वा आफ्नो पत्निको मायाले उमाथि सौता हाल्न मन नलागेर हो उसले दोश्रो बिहे गर्नेतिर कहिलै सोचेन । ती दुई, ढुकुरका जोडीजस्तै संगसंगै मेलापात, घरधन्दा, वस्तुभाउ स्याहरसंभार आदि मै व्यस्त रही खुसीखुसी नै दिनहरु बिताइरहेका देखिन्थे । हुन पनि दुईजनाको परिवार, च्याउँच्याउँ म्याउँम्याउँ नही, सानो भान्सा, तरकारीमा थोरै झोल सिठोपिठो जेहोस मीठै बनाइ खान्थे । एकसरो राम्रै लाउँथे । जोई–पोइ, परालको आगो झल्याकझुलुक देखिन्थ्यो कहिलेकहीँ । तर निभाउनु कहिल्यै धुरिनु पर्दैनथ्यो छिमेकी ।
जेजस्तो छ बनाइतुलाई गरिदिने, भोकतिर्खा हेरिदिने, दोहारो ज्यानकी, संगै हाँस्ने संगै रुने सधै साथैमा भएर होला काकालाई सन्तान नभएकोमा खासै कुनै विस्मत भएजस्तो लाग्दैनथ्यो । बरु काकीभने हाम्रो घरमा आउदा मेरी आमासंग कहिलेकहीँ गुनासो पोख्थिन् । एक दिन भन्दै थिइन,« “अर्को बिहे गरभन्दा मान्दैन, अर्की ल्याएर के गर्नु, आखिर मै उस्तो हो भने हुने केही होइन बेकार तैंले सौतामात्र पाउँछेस् भन्छ । दिदी, तपाईं सहर बजार डुल्नुभएको मान्छे सबै थाहा छ । मैले सुनेको सहरमा जाँच गर्छन्’ रे आउदो हिउँदमा बालीनाली थन्काएर जाने मन गरेको छु । म बूढोलाई फकाउँछु दिदीले जसरी भएपनि लगिदिनु पर्छ है ।” विचरी काकी, मातृत्व मोहले आशाका किरणहरु आपूmभित्र छर्दै मेरी आमासंग गुहार मागिरहेकी थिइन् ।
“तँ भन्छस् भने जाउँला तर उमेर छ आत्तिनु पर्दैन, भर्खर उन्तीस त पुग्दैछस्, कसैको ढिलै हुन्छ । कतिको विहेको पन्ध्र–बीस वर्षपछि त भैरहेको छ । तिमीहरुको त सात–आठ साल त हुदै छ । किन हरेस खान्छस् ।”
आमाको ढाडसमा थोरै आश्वस्त हुदै काकीले अभैm चिन्ता थपिन्, “ तपाईंले भन्नुभएको पनि हुन त हो दिदी, आशा त अभैm पनि मारेको छैन तर के गर्नु अब त मैले पनि निकै उमेर खाइसकें, बूढो त झन म भन्दा आठ वर्ष जेठो । बिहे भएको पनि यत्रो वर्ष भैसक्यो…..।” बीचैमा कुरो काटेर आमाले भन्नुभएको थियो, “हाम्रो पो उमेर पुगेपछि बेत रहन्छ, लोग्ने मान्छेको त वैतरणी गर्ने बेलामा पनि रहन्दैन लाटी, किन आतिन्छेस् ।” आमाको कुराले खिस्स हाँसेकी थिइन् काकी ।
“घाँस काट्न हिडेको, तपाईंसगको कुरैकुरामा साँझ पो पर्न लागे छ । अब आज मुखैभरि खावोस् ज्यामाराजहरुले पनि हरीयो घाँस । तेही परालको मूठा हालिदिन्छु । कत्ति चाकर गर्नु तिनीहरुको मात्र, तिनीहरुलाई स्याहार्दा स्याहार्दै उमेर बितिसक्यो आपूmलाई स्याहार्नेको अत्तोपत्तो छैन ।” अन्तमा आमासंग विदा मागी गन्गनाउँदै छेवैको रित्तो डोको टिपेर रित्तै मन काकी बाटो लागेकी थिइन् ।
एक दिन बाउले त्यही पुच्छारघरे कान्छा काका कहाँ मकै भाँच्ने खेताला माग्न मलाई पठाउनु भयो । रात पर्न लागेकोले खुरुरु दौडिएँ ओरालो । घरको सिकुवामा पुग्दा भित्र काकी खितिति हाँसेको सुने । दैलोबाट यसो चिहाएको काका चुल्हाको ओल्लोपटी एउटा हात अम्खोरामाथि राखेर पलेटी कसी भात खान बसेको रहेछ । काकी पल्लोपटी हाँस्दै भात तिहुन पस्कन्दै थिइन् । भित्र पस्न के लागेको थिएँ काका प्वाक्क बोल्नुभयो, “हैन साँच्चै तिम्रो चोखिएन ?” यो सुनेर मेरा उठेका पाइला अनायसै आपैंm रोकिए ।
“केको चोखिनु भर्खर आज चार दिन त हुँदै छ ।” बोलिसकेर काकीले एकनजर काकातिर पुलुक्क हेरिन् ।
“ए चार दिन भयो भने त चल्छ ।” काका अलिक आङ् तन्काउदै भन्दै थिए ।
“अँह आज त चल्दैन, एक–दुई दिन पनि कुर्न सक्दैनौं ।” काकीले छड्के नजर लगाए काकालाई । म ती कुरा सुन्दै सोच्दै थिएँ, “के हो यो चल्ने–नचल्ने ?” काका भन्छ चार दिन भयो चल्छ । काकी भन्छे आज चल्दैन एक–दुई दिन कुर्नु पर्छ । म कुरा नबुझी यसै अलमल परेर बाहिरै उभिरहेको थिएँ । काका फत्फताउनु भयो, “यहाँ मान्छे ऐँठन परेर रातभर सुत्नै सकेको छैन, छटपट लागेर मर्ने बेला भईसक्यो ।”
“यही त होला ऐँठन पारेर रातभर सुत्न नदिने खैखैई यसलाई म ठीकपार्छु ।” काकीले छेवैको ठेउला टिपेर काकाको कान्छो भाइलाई ट्वाक बजाए तर बिस्तारै । फेरि झन्डै थपेकी थिइन् तर काकाले हत्तार दुवै हातले भाइलाई छोपेर धन्न बचाए । काकी मजेत्रोले मुख छोपेर बेसरी हाँसिन् । यो सब देखेर मेरो पनि हाँसो फुट्यो । म हाँसेको सुनी दुवै झस्किए । मेरो प्रवेशले काकीको मुन्टो थोरै निहुरियो । काका हाँस्दै बोले, “ए मोरा सबै देखिस् कि क्या हो ?”
देखेँमात्र होइन काका सबै सुने पनि तर बुझिनँ । क्या हो यो चल्ने नचल्ने, ऐँठन प¥यो पनि भन्नु हुन्छ । निन्द्रा लागेन छट्पटि भयो पनि भन्नु हुन्छ । फेरि काकीले झन्डै बिताइन् ठेउलाले ।
काका मुस्कुराउँदै बोल्नु भयो, “यो मोराले त सबै सुने छ । मोरा, तिमीहरु ठेट्नाले यस्तो कुरो बुभ्mदैनस् अहिले । पछि बिहे गर अनि थाहा पाउलास, कस्तो हुन्छ ऐँठन । महिनै पिछे चारपाँच दिन कसरी ढोकामा भोटे ताल्चा लाग्दो रहेछ देख्लास् ।” काकी हाम्रो कुरो सुनेर मुसुमुसु हाँसिरहनु भएको थियो । मैले कुरो त बुझिनँ तर पनि बुजेझैं खिस्स हाँसिदिएँ । ठेट्नो भन्दा भित्रभित्रै झोँक पनि चल्यो । “अँ अनि तँ यो रात पर्नु लागेको बेला कताबाट आइस नि माइला ?” मैले बाबुको खबर काकालाई सुनाएँ । काकाले आपूm आउने जानकारीसंगै बिदा पनि दिए । दैलोबाट बाहिर चिहाउदा कालो देखियो । अगेनाको ठूलोचाहिँ अगुल्ठो टिपेर हुतीहुती बनाउँदै दौंडिएँ उकालो घरतिर ।
अरु चार–पाँच वर्ष बित्दा पनि उनीहरुका कुनै सन्तान भएन । काकीले बारम्बार जचाउँन जाने कुरा गर्दा पनि काकाले टेरपुच्छर लगाएनन् । सन्तान नभएकोमा काका पनि चिन्तित त थिए होलान् । तर काकीले भने सारै दुःख मानेकी थिइन् । हेर्दाहेर्दैको त्यस्तो मोटोघाटो दोहोरो ज्यान अहिले सुकेर ख्याउटे भइसकेको थियो । जचाउँनै नमानेपछि, काकाले यसो मिल्दोजुल्दो हेरेर एउटा लेवोस र विचार गरौं भन्ने काकीको अर्को मनसाय थियो । भएछ भने भएछ भएन भने पनि हामी दुई दिदीबहिनी मिलेरै बसौंला भन्थिन् बिचरी काकी । आइमाईको जातलाई सौता सबैभन्दा नपचाउने कुरा भएर पनि आजसम्म सन्तान नहुनुमा आपूm नै दोषी हूँ कि भन्ने आशंकाले होला काकालाई अर्की भित्राई दिएर एकपल्ट जाँच्न खोज्थिइन् काकी । काका यो पनि पटक्क मान्दैनथे ।
आज हाम्रो बीसमुरे खेतको आँठाबाँझो गर्ने दिन । काका–काकी दुवै सघाउन आएका थिए । काका र म पुच्छारबाट मेलामा पस्यौं । अरु कोही बीचबाट पसे कोही सिरानबाट । जेठको महिना चर्को घाम, बेसीको खेत गर्मी औधि थियो । तीन–चार गह्रा आँठाभित्ता ताछेर त्यही गह्रा छेउकै कटहरको विरुवा बोटको फेदमा स्याँल ताप्न बस्यौं काका भतिज । काकी पाँच–सात गह्रामाथि असिनपसिन आँठा ताछिरहेकी थिइन् । काका एकोहोरो काकीतिरै हेरेर टोलाईरहेका थिए । “सारै माया लाग्छ कि क्या हो काकीको ! खुबै टिठ्याएर पो हेर्नु भयो त ।” काकाको हेराइमाथि ठट्टा गर्दै भने मैले ।
“माइला काजी भन्छस् नि, के गर्नु, जतिको होला तेसको माया यो मनमा । मैले भित्राउँदा तेस्तो दोहोरो ज्यानकी थिई अहिले सिनकौलीको पात भइसकी । जति भने पनि मान्दिन, सन्तान भएन भनेर सधै सुर्ताइरहन्छे । अर्की ल्याउ भनेर कर गर्छे । कसरी ल्याउनु अर्की ? त्यत्रो माया लगाएर भगाई ल्याएको यसलाई कसरी सौता हाल्नु । पापै लाग्छ यसको तेसो गर्नु म सक्दिनँ ।”
मैले गरेको ठट्टामा त काकाले साँचै नै मनको दुःख पो पोख्न थाल्नु भयो । यसो हेरेँ काकातिर, घोप्टो मुण्टो लगाएर खै के के सोच्दै हुनुहुन्थ्यो चाउरिएको अनुहारमा मैले अड्कल लाउन सकिनँ । तर काकीलाई थोरै सघाउनु प¥यो भन्ने मनसायले काकालाई कोट्याएँ कुराले । “अनि काका, काकीको कुरो पनि ठीकै हो । आखिर सरसन्तान पनि त चाहिन्छ । ल भैगो अर्को बिहेको कुरो छाडौं तर दुबैजना जचाउन जाउँभन्दा पनि तपाई मान्नु हुन्न’ रे । किन यसो गर्नु भएको ? यसो काका–काकी एकपल्ट गएर आए त भइहाल्यो । दुईचार पैसा खर्च जुटाउन मुस्किल छैन । सहर पनि घुम्न पाइने, मोटरगाडी पनि चढ्न पाइने । किन मन नगर्नु भएको नि ? काकीलाई त्यत्ति धेरै माया गर्नेले भनेको थपक्कै माने त भइहाल्यो नि !”
“होऽऽऽ त्यसैको मायाले त हो नगएको नत्र गईहाल्थें नि !” काकाको यो उदेगलाग्दो कुरोको भेउ पाउन नसकेर मैले आश्चर्य पोखेँ । काकाले सुरुगरे गाँठी कुरो । “तँ बुभझ्ैनस् माइला काजी । तिमीहरु जस्तो अल्लारे केटाहरुले बुझ्ने कुरो पनि होइन यो । बिहे गर पहिले अनि थाहा पाउँछस् जोईपोइको माया कस्तो हुन्छ ।” काकाले आठदश कान्लामाथि बिसाइरहेको काकीतिर एक नजर च्याएर फेरि बिस्तारै खुल्न थाले । “सुन, सहर जाउँला’ रे जाँचपड्ताल गराउँला’ रे त्यपछि डाक्टरले मेरो दोष देखाएछ भने त ठीकै छ । तर तेरो काकीमै खोट छ भनिदियो भने बर्बाद भएन । तेसपछि त तेसले मलाई अर्को बिहे नगरी धरै दिन्न नि !”
“अनि तेस्तै परे के गर्नु त, रहरले होइन कर परेपछि ल्याउनु नि त एउटा ।” मैले बीचैमा कुरो थपेँ ।
कम्ताको चिम्सो आँखा अभैm चिम्स्याउदै अरु पोखिए काका । “आइमाईको लागि सौता कुनै पनि हालतमा औषधि हुदैन । जेजस्तै भएपनि पछि गएर विषै हुन्छ । भन्न त भन्छे नि, मेरो कर्मैमा यस्तो लेखेको होला बूढा अर्की ल्याउ । चित्त दुखाउदिनँ, रुन्न पनि जस्तै भएपनि सहन्छु भनेर । भनिसक्नै नपाई मेरो छातिमा गल्र्याम्म छाँद हालेर बेस्सरी निचोरिन्छे । रुन्न भन्छे अघि आँशु झारिसकेकी हुन्छे । तेसलाई रुवाएर म एक्लै हाँस्न सक्दिन माइला ।”
मनभित्र पहिले कहिलै नभएको अर्कै नौलो खै कस्तो–कस्तो अनुभूति गर्दै काकासंग कुरो अगाडि बढाएँ । “हुन त तपाईंको कुरो पनि ठीकै हो काका । तर आफ्नो सेखापछिको लागि पनि त सोंच्नु प¥यो नि !”
काकाको अनुहारभरि अनगिन्ति वक्र रेखाहरु कोरिए । तर बोलीमा भने अरु दृढता थपिए भैंm लाग्यो । “के सोच्नु सेखापछिको कुरा, पहिले आफ्नै पालाको सोच नँ । चाहिएको छैन मलाई नभएको सन्तान । आपूmसंग भएकै प्यारो छ । नआएका तिनीहरुलाई ल्याउन आपूmसंग भएकीलाई ओछ्यानबाट पर लखेटेर अर्की सुताउनु ? भयो, मलाई साखा पनि चाहिएन, सन्तान पनि चाहिएन । त्यही माया लगाएर ल्याएको तेरो काकी भए पुग्छ । यत्रो वर्ष तेसले मसंग बिताई, सुख के थियो र मसंग, भएभरको दुःख सबै बाँडी । आजसम्म एकै वचन अर्घेलो बोलेकी छैन । तेस्तिलाई मैले कसरी सौता हाल्नु । तेसै त त्यो बाँझिएँ भनेर आपैmँ दुःखी छे तेसमाथि अर्को पीडा थपीदिनु ? बरु सम्झा न तेरो काकीलाई नभएको सन्तान नखोज्नु भनेर । मरेपछि डुमै राजा के को साखा न सान्तान ।” काकाको कुरा सुन्दा लाग्थ्यो, काकीलाई पछाडि राखेर कसैलाई अगाडि देख्न चाहन्दैनन् उनी । हुन पनि विचरी काकी घाइँघुइँ कुरा चल्दा बाउआमाले नदिने छाट देखाएपछि आपैm भागेर पोइलो आएकी थिइन् काकासंग । तेत्रो मन पराएको लोग्ने बाँड्ने रहर त काकीलाई पनि कहाँ पो होला र । काकीमाथि काकाको अघात प्रेमभावलाई देखेर पतिपत्नीबीचको मायाको सागर अथाह गहिरो हुदोरहेछजस्तो लाग्यो मनमा । त्यहाँदेखि उसो केही भन्न सकिनँ काकालाई । काका पनि अरु केही नोबोली बिस्तारै उठेर कोदालो टिपी लागे मेलोतिर । म पनि उठेर भित्ता ताछ्न सुरु गरेँ । माथिबाट काकी काकालाई भन्दै थिइन्, “एऽऽऽ होई पानी नखाने ?”
“पखपख मेलो जुधेपछि भेटि हालिन्छ त्यसपछि खाउँला ।” काका धमाधम एकतालमा आँठा ताछ्दै बोले । मानौं हतार छ काकालाई कि मेलो चाडै जुधोस् र भेटौँ काकीलाई ।