• सीएमआई विद्यालय : मौलिकतामा आघात

    सीएमआई विद्यालय : मौलिकतामा आघात
  • ८ जुलाई । हङकङ नेपाली महासंघको शैक्षिक बहसमा आमन्त्रित वक्ता सीएमए चोइ चेउङ कोक सेकेण्डरी स्कूलकी लेइजन अफिसर प्रिन्सेस गुरुङले चिनियाँ माध्यमको विद्यालय अध्ययन गर्नु परेकोमा पछुतो व्यक्त गरेकी छन् ।
    विद्यालयको वातावरणले गर्दा आफ्नो सांस्कृतिक, भाषिक पहिचानबाट विमुख हुन परेकोमा उनले दुःख व्यक्त गरेकी थिइन् । स्थानीय भाषा सिकाइलाई प्राथमिकतामा राखेर अध्ययन गर्ने क्रममा नेपाली समुदायबाट टाढा हुनु परेकोले मौलिक भाषा, संस्कार र संस्कृति बारे अनभिज्ञ रहेको उनले बताएकी थिइन् ।
    ‘हङकङको एजुकेसन बारेमा मेरो प्यारेन्ट्सलाई थाहा थिएन, सबैले नानीहरुलाई सीएमआई (चाइनिज एज मिडियम इन्सट्रक्सन) स्कूल पढायो भने राम्रो हुन्छ भनेकोले हामी सबैलाई चाइनिज मिडियम स्कूलमा भर्ना गरियो’, प्रिन्सेस गुरुङले भनिन्, ‘चाइनिज भाषा त राम्रो भो हाम्रो । भाइ, बहिनी र म क्यान्टोनिज भाषामा बोल्थ्यौ तर बाबुआमासंग बोल्न नसक्ने भयौ ।’
    साथीभाइ पनि सबै चिनियाँ भएकोले नेपाली चाडबाडको वास्तै नहुने स्थानीय चाडबाडमा रमाउने, आफ्ना–आफन्तसंग भेटघाट गर्नै मन नलाग्ने गरेको अनुभव उनले सुनाइन् । उनका अनुसार गैर–चिनियाँको बाहुल्यता भएको ठाउँमा जान परे समस्या हुने गथ्र्यो । उनले युनलङस्थित चान लुइ चुङ ताक मेमोरियल कलेज अध्ययन गरेकी हुन् ।
    त्यसो त उनले सीएमआईको फाइदा पनि सुनाएकी थिइन् । भाषामा राम्रो दखल हुदा स्थानीयले हेर्ने दृष्टिकोण फरक हुने उनको अनुभव रहेको छ । अस्पतालमा दोभाषे नचाहिने, स्थानीय विषयवस्तुको बारेमा जान्न परेँ जो कोहीलाई सोध्न सकिने, दैनिक जीवनमा समस्या नहुने उनको भनाइ रहेको थियो ।
    अर्का वक्ता देवराज राईले पनि क्यान्टोनिज भाषा नै सबथोक नरहेको बताएका थिए । उनका अनुसार क्यान्टोनिज भाषा जान्नेले राम्रो काम पाउछ भन्ने भ्रम नेपाली समुदायमा रहेको छ । स्थानीय भाषाको कारणले पाउने भनेको अधिकांश शारीरिक काम (ब्लु कोलार)मात्र रहेको उनले बताएका थिए । पेशागत कामको लागि भाषा भन्दा ज्ञान आवश्यक रहेकोमा उनको जोड रहेको थियो ।
    उनले नेपालमा पढिरहेका विद्यार्थीलाई हङकङ ल्याउनको लागि अभिभावकहरुले निकै विचार पु¥याउन आवश्यक रहेको बताएका थिए । उनले भने, ‘प्राथमिक तथा माध्यमिक कक्षाका नेपाल पढिरहेका नानीहरुलाई यहाँ ल्याउन निकै सोच्नुहोस् । नेपालमा पनि राम्रो पढाई हुन्छ, बीचैमा यहाँ ल्याउदा समस्या हुन सक्छ । त्यस्तो छ भने उच्च शिक्षाका लागि मात्र ल्याउनुहोस् ।’
    कार्यक्रममा इस्लामिक कसिम ट्युट मेमोरियल कलेजका शिक्षकद्वय नन्दलाल थोकर र शैलेन्द्र सिं बोगटी पनि अतिथि वक्ताका रुपमा रहेका थिए । उनीहरुले विद्यार्थी भर्ना, विद्यालयको खोजी, पाठ्यक्रमलगायतको बारेमा प्रकाश पारेका थिए ।

    शैक्षिक अन्तत्र्रिmयाका अतिथि वक्ताहरु । तस्बिरः मिलन गुरुङ ।

  • कमेन्ट गर्नुहोस्